........................................................................with words, with issues!!!

Dec 28, 2012

मरणीदेवीदेखि बिन्दूकुमारीसम्म : नेपाली नारीको सकस

             वि.सं २०५८ ताका महोत्तरीकी मरणीदेवी साहलाई बोक्सीको आरोपमा मरणासन्न हुनेगरी भकुरियो । जबर्जस्ती मलमूत्र ख्वाउने, जिउँदै जलाउने, मुखमा एसिड हुत्याइदिनेजस्ता आततायी घटनाहरु यो मुलुकमा २०५८ सालयता मात्रै हुन शुरु गरेका होइनन् । तर अघिका त्यस्ता घटिया घटनाहरुलाई कुनै खास घटना होइन, एउटा स्वाभाविक नियति मानिन्थ्यो । गाउँको कुनै ठूलोठालुका आँखामा कोही आईमाई बिझायो भने बोक्सीको बात लगाइदियो...टन्टा...
Read More

Dec 6, 2012

अम्बेडकरका तीन कुरा

               संदर्भ: ५७औं अम्बेडकर पुण्यतिथि  सन् १९४९ नोभेम्बर २५ । भारतीय संविधानका जनक भीमराव अम्बेडकर तत्कालिन संविधानसभालाई आफ्नो अन्तिम सम्बोधन गर्दै थिए । त्यस अवसरमा उनले गरेका थुप्रै अर्थपूर्ण कुराहरुमध्ये मुख्यतः तीन कुराहरुको चर्चा लामो समयसम्म भइरहेको र भइरहने छ । आजको नेपालमा धेरै अघिका ती अम्बेडकर कुराहरु झन् बढी प्रासांगिक बनीआएका छन् । पहिलो, उनले हिंसात्मक राजनीतिलाई...
Read More

Dec 4, 2012

पुष्पा मामुका नाममा

भताभुंग राजनीतिका कारण चारैतिर विरक्तिमात्रै छाएका बेला पुष्पा बस्नेतले सीएनएन हिरोको उपाधि जितेको सम्बन्धी समाचार पढ्न पाउनु गौरवको विषय हो । विविध कारणवश कारागारमा परेका आफ्ना बाबु वा आमासँगै जेलको कष्टकर जीवन भोग्न बाध्य पारिएका निरापराध केटाकेटीहरुलाई त्यहाँबाट निकालेर सहारा र माया दिदैं हुर्काउनेबढाउने पुष्पाको कामको जति नै तारिफ गरेपनि कमै हुन्छ । सधैं नकारात्मक खबरहरु सुन्न अभ्यस्त हाम्रालागि देशमा केही पनि राम्रा कामहरु भएकै...
Read More

Nov 24, 2012

पालो कांग्रेसकै तर छ के साहस ?

                        विगत केही महिनायता कतिपय क्षेत्रबाट अपेक्षा गरिएबमोजिम नै राष्ट्रपतिले शुक्रबार नयाँ प्रधानमन्त्रीका निम्ति साझा उम्मेदवार आह्वान गरेर पोखरीको पानीझैं जमेर बसेको राजनीतिलाई गतिशीलता दिने जमर्को गरेका छन् । तर कति गर्दा पनि अहिलेसम्म मिल्न नसकेको कुरो राष्ट्रपतिको आह्वान आउनेबित्तिकै सातादिनको समयसीमाभित्र फ्याट्टै टुंगो लागिहाल्नेछ र राजनीतिक दलहरुबीच...
Read More

YET ANOTHER SYNDROME- THE SLEEPING BEAUTY SYNDROME

  Early in the morning, many of us are used to getting frankly irritated by the ‘taai taai & tuu tuu’ of our alarm clocks. Making commitment to oneself that I’ll get up early tomorrow and study or for that matter do any other chores remaining, one falls in the bed early with the alarms on his clock or mobile on, only to snooze or stop it every 5 or 10 minutes the next morning. Unable to resist the temptation to nap a little...
Read More

Nov 20, 2012

उर्गेनको घोडाबाट उत्रिसक्दा

                लेखकलाई पाठकले चिन्ने मूलत: उसका शब्दहरुबाटै हो । युग पाठकलाई मैले कान्तिपुरबाट चिनें । संविधानसभाको चुनाव भर्खरै सकिएको थियो, पूरै आधा पेज ढाकिने गरी ‘इतिहासको गति रोक्ने प्रयास’ शीर्षकमा लामो पाठकपत्र छापियो कान्तिपुरमा । यिनै पाठकले लेखेको त्यो पाठकपत्र मलाई त्यतिबेला असाध्यै शक्तिशाली लाग्यो । नारायण वाग्ले सम्पादक थिए तीनताक र अहिलको हिमाल मिडियाझैं त्यसबेला कान्तिपुर लागेको...
Read More

Oct 17, 2012

लघु उपन्यासका विराट आयाम

    बजारमा 'लू' कै चर्चा सेलाइसक्यो....यहाँ मलाई भने डेढ दसक बुढो उलार रिभिजिट गर्ने जाँगर चल्यो.... मध्यपश्चिमको एउटा प्रमुख केन्द्र नेपालगञ्ज म सिर्फ एकचोटि गएको छु । त्यो पनि धेरै सानो छँदा, सायद ०५५ सालतिर । घनघोर रात परेको बेला थियो त्यो र अहिले जोड लगाएर सम्झँदा पनि कानैभरि भुन्भुनाएका लामखुट्टेसिवाय केही याद आउँदैन । 'उलार' त्यसै समय निस्केको कृति हो । नयनराज पाण्डेले लेखेको यो लघुउपन्यास नेपालगञ्जकै एकजना रिक्साचालक...
Read More

Sep 30, 2012

अब त पाठ सिक्ने कि ?

                            गत केही महिनायता ह्वात्तै बढेको सडक दुर्घटनाको श्रंखलामा पछिल्लोपटक कहालीलाग्दो विमान दुर्घटना पनि जोडिएपछि नेपालको यातायात सेवाको त्रासद चित्र संसारभरि नै प्रेषित हुनगएको छ । काठमाडौंबाट लुक्ला जान लागेको सीता एयरको जहाज उडेको केही मिनेटमै दुर्घटित भएर सबै यात्रुहरुले ज्यान गुमाउन पुगेको यो भयावह घटनाले यहांको सडक मात्र होइन, आकाश समेत...
Read More

Sep 27, 2012

CHEATING BLUES

                                               Little less than a month ago, Harvard University revealed that it was investigating over the alleged cheating by their students in a final year exam in one of its undergraduate courses. While it came as a shock to many, some of my college friends were in their cloud nine....
Read More

Sep 25, 2012

अर्थहीन आन्दोलन

                            विपक्षी दलहरुले बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको कुर्सीबाट घोक्रेट्याक लगाउने एकसुत्रीय माग बोकेर सडक आन्दोलनमा उत्रने घोषणा त गरेका छन्, तर घोषणा गर्दैमा जनसागर उर्लने दिनहरु अब गए । कुनै अमूक नेतालाई सिंहदरबारबाट गलहत्याउने अनि अर्को त्यस्तै तोरीलाहूरेलाई भित्र्याउने अन्तहीन खेलबाट जनताहरु आजित भइसकेका छन् । सरकार परिवर्तनको मुद्दाबाहेक...
Read More

Sep 20, 2012

तेन्जिंगलाई नबिर्सौं

                               हालैका दिनमा केही विदेशी संचारमाध्यमहरुले एकजना बेलायती लेखकको प्रकाशोन्मुख कृतिको हवाला दिंदै सगरमाथाको चुचुरोमा तेन्जिंग नोर्गे नभई हिलारीले पहिले पाइला राखेका थिए भनी समाचार प्रकाशित गरेपछि ‘को पहिले’ भन्ने निरर्थक विवाद फेरि ब्युंतिएको छ । कृतिका अनुसार तत्कालिन समयमा नेपालमा बढ्दो औपनिवेशवादविरोधी भावनालाई साम्य पार्न...
Read More

Sep 15, 2012

स्वादको छ बर्फी

विजयकुमारले आजको आफ्नो स्तम्भमा लेखेका छन्- ठूल्ठूला हावादारी गफहरुको भ्रमजालोबाट हामी मुक्त नहुँदासम्म र साधारणझैं लाग्ने ससाना कामहरुमै आत्मसन्तुष्टि लिने प्रयास नगर्दासम्म हाम्रा हैरानीका स्रोतहरु बढीमात्र रहनेछन्, घट्नेवाला फिटिक्कै छैनन् । आजै हेरेको 'बर्फी' ले भन्न खोजेको कुरा पनि उस्तैउस्तै लाग्यो । जीवनका प्रत्येक क्षणहरु यादगार रहून्, यही दर्शन बोकेर हिंडेको बर्फी(रणबीर कपुर) हरपल रमाइलोका साथ बिताउँछ । तनावको पर्याय बनेको आधुनिक...
Read More

Sep 10, 2012

DATELINE UCMS

The ‘abhutpurba chahalpahal’ seen in UCMS these days was never seen before in its ‘a decade and half history’, say the locals here. Throwing an open challenge to the sulfurous summer, people from all lands and climes have gathered to be a part of the historic event. Dandyish fellas plus sultry damsels from medical colleges across the nation competing in sports as diverse as basketball and chess has made UCMS look like a Behuli ....
Read More

Sep 9, 2012

बधाई शक्तिलाई

                            जारी आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-४ मा  शक्ति गौचनले देखाएको जादूमयी बलिंगले यतिबेला चारैतिर वाहावाही पाइरहेको छ । मलेशियाविरुद्ध १० ओभरमा ८ मेडन सहित जम्मा २ रन खर्चेर ३ विकेट हात पारेका शक्तिले दुर्लभ कीर्तिमान खडा गरिदिएका छन् । खेल क्षेत्रमा लाग्नेको भविष्य छैन भन्ने हामीहरुलाई यतिबेला शक्तिले गौरवान्वित पारेका छन् । यसअघि...
Read More

Sep 4, 2012

शिक्षा व्यापार होइन

                    शिक्षाविद् डा. मनप्रसाद वाग्लेको केही अघिको कान्तिपुरको लेखले नेपालको शिक्षाक्षेत्रमा निर्बाधरुपमा चलिरहेको शैक्षिक माफियाहरुको हालीमुहालीका बारे थप प्रष्ट्याएको छ । आजको प्रतिस्पर्धी युगमा आफ्ना नानीहरुलाई प्राइभेट बोर्डिंग स्कुलमा भर्ना नगर्दासम्म भविष्यको सुनिश्चितता हुंदैन भन्ने आम मनोविज्ञान रहेको छ । एकदमै दयनीय अवस्थामा रहेका सरकारी विद्यालयका कारण सकीनसकी प्राइभेटकै शरण पर्नु अभिभावकहरुको विवशता बनेको छ । तर यो विवशतालाई बुझेर अभिभावकहरुको अपेक्षाअनुरुपको...
Read More

Aug 31, 2012

Kollywood Calling???

                                  A Historic departure Not so long ago, I used to be a subject of ridicule each time I went to watch a Nepali flick. The reasons were obvious. The formulaic films had the same recipes repeating week after week. A little bit of songs and dances, a few ‘dhisim dhisims’ and a couple of flimsy dialogues; what the Nepali...
Read More

Aug 28, 2012

काम कुरो एकातिर कुम्लो बोकी इरानतिर

                        काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं देश गहिरो राजनीतिक र संवैधानिक जटिलतामा अल्झेका बेला प्रधानमन्त्रीले भने असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा जान मरिहत्ते गरेका छन् । शीतयुद्धको उत्कर्षका बेला जन्मेको असंलग्न आन्दोलनको यो समयमा कुनै उपादेयता छैन भन्ने जान्दाजान्दै पनि त्यहां जान जिद्धी गर्नुले उनीमाथि थप प्रश्नहरु उब्जाएका छन् ।  के एकसमयको ‘जनताको हिरो’ यतिसम्म गैरजिम्मेवार भइसक्यो कि उसलाई लथालिंग घरको एकरत्ति पनि मतलब...
Read More

Aug 9, 2012

सलाम डा. गोविन्द केसी

                         गत साता कान्तिपुर टेलिभिजनमा प्रसारित दिशानिर्देश कार्यक्रममा डा. गोविन्द केसीलाई सुनिसकेपछि मनमा विभिन्न किसिमका तरंगहरु सृजना भए । लाग्यो, आजको युगमा पनि यस्ता मान्छेहरु रहेछन् जसले कहिल्यै पनि आफ्नो केही भनेन बरु हरदम अरुकै लागि खटिरह्यो । बिरामीहरुको निस्वार्थ सेवामा जति आत्मसन्तुष्टि अरु केहीमा हुंदैन चिकित्सकहरुका निम्ति । तथापि अक्सर चिकित्सकहरुका...
Read More

Jun 12, 2012

फोहोरी फिल्म

                झण्डै एक वर्षअघि नेपाल आएका बेला विख्यात भारतीय अभिनेता नसिरुद्दिन शाहले भनेका थिए- नेपाली फिल्म कस्ता बन्छन् भन्ने कुरा उसको पोस्टर हेरेरै थाहा हुन्छ । अब भने इन्टरनेटमा राखिएका प्रोमोहरु हेरेरै स्तर निर्धारण गर्न मिल्ने भएको छ नेपाली फिल्महरुको । पछिल्लो समयका फिल्महरुको प्रोमो हेर्ने हो भने कलिउड अब चांडै नै पोर्नशालामा परिणत हुंदै गरेको भान हुन्छ । यौन फिल्ममा बर्जितै हुनुपर्छ भन्ने होइन । यौनलाई विषयवस्तु बनाएका थुप्रै उच्चकोटीका फिल्महरु हलिउड र अन्य फिल्म उद्योगमा...
Read More

Jun 6, 2012

फुट्नुमै भलो छ

                  बाहिरबाट हेर्दा प्रचण्ड र किरण पक्षबीच पुर्नै नसकिने सैद्धान्तिक खाडल छ  जस्तो देखिन्छ । तर विवादको भित्री चुरो सत्ता र पदको लेनदेन नै हो भन्ने बुझ्न कुनै घागडान विश्लेषक भइरहन पर्दैन । प्रचण्डले अध्यक्ष छाड्नुपर्छ भन्ने हारगुहार अनि बाबुरामलाई गलहत्याइपाउँ   भनी केपी ओलीकहां गएर गरिने नम्र निवेदन कुन रातो किताबको सूत्र अन्तर्गत पर्छ, त्यो उनै जानुन् । तर जनवादी संविधान र साम्यवादको रुमानी सपना देख्ने, देखाउने उनको सनातनी व्यवसाय अब धेरै दिन टिक्नेवाला...
Read More

Jun 1, 2012

औचित्य छैन नयां चुनावको

Normal 0 false false false EN-US X-NONE NE MicrosoftInternetExplorer4 ...
Read More

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong