........................................................................with words, with issues!!!

Jul 4, 2013

टप पाँच अखबारी लेखकहरु



टप टेन प्लस-टूहरुको सूची निकालेर अखबार र म्यागेजिनहरुले भर्खरै फुर्सद पाएको बेला मलाई भने तिनै अखबारमा कलम दौडाउने कलमजीवी हस्तीहरुको सूची निकाल्ने सकसक लाग्यो ।  तर, यो कुनै सरकारी वा गैरसरकारी संस्थाबाट जनमत सर्वेक्षण गरेर प्रकाशित लिस्ट भने होइन है, नितान्त व्यक्तिगत लहडमा निकालिएको टप फाइब सूची हो ।

१. सौरभ:

२०६४ सालको कान्तिपुरको कुनै अंकमा ‘तराई राजनीतिका खाडल’ शीर्षकमा उनको लेख छापियो ।  त्यसअघि उनको नामसम्म नसुनेको मलाई त्यो लेख पढिसक्दानसक्दै लाग्यो- अरे बाबा! के के मात्रै जानेको छ यार यो मान्छेले! उनको ज्ञान र तर्कशक्तिको विशालता देखेर अवाक् हुनुबाहेक अर्को प्रतिकृया मसँग थिएन ।  तराई राजनीतिले देशलाई तताइराखेको त्यतिबेलाको पृष्ठभूमिमा उनले त्यहाँ ‘पपुलर सेन्टिमेन्ट’ विरुद्ध बहने साहस गरेका थिए ।  मधेस आन्दोलन, ‘एक मधेस एक प्रदेश’ को गगनफेदी माग र सदियौंदेखि उत्पीडित मधेसलाई स्वायत्तता दिनुपर्छ भन्ने बढ्दो बुद्धिजीवी आवाजका बीच उनले मधेसी नेता र पार्टीहरु भारतनिर्देशित छन् भन्दै इतिहासदेखि वर्तमानसम्मका कुराहरु कोरलेका थिए लेखमा । क्लिष्ट लेखाईका महारथी सौरभले दिने प्रसंग र उदाहरण बुझ्नु जोकोहीको बुताभन्दा बाहिरको कुरा हो, किनकि उनी सविस्तार सप्रसङ्ग व्याख्या गरेर लेख्दैनन् ।  हो, उनका लेखाइ र निष्कर्षसंग असहमत भने हुन सकिन्छ।   म पनि उनका धेरैजसो लेखहरूका निष्कर्षसँग पुरै असहमत हुन्छु, तर पनि उनका लेखहरुलाई ‘इग्नोर’ गर्न सकिन्न ।  लोभलाग्दो छ उनको ‘ट्रेडमार्क’ लेखनशैली ।  बीचमा ‘नेपाल’ साप्ताहिकमा पनि केहीकाल कलम चलाएका सौरभ आजभोलि पनि कान्तिपुरमै झुल्किरहेका हुन्छन्, संघीयताविरुद्ध आगो ओकल्दै ।  विदेशी हस्तक्षेपको सिकार भएको छ देश, यो चार कक्षाको फुच्चेले पनि जानेको कुरा हो, तर यो हदसम्मको डरलाग्दो हिसाबले भारत र पश्चिमा देशहरुले खेलिराखेका छन् यहाँ संघीयता र धर्मनिरपेक्षताका नाममा भनेर अन्दाज लगाउन चाहिँ सौरभलाई नपढी सकिंदैन ।  “धर्मनिरपेक्ष संविधान बनाउन नेताहरुलाई बाँडिएको ५ करोड डलरपछिपनि धर्म परिवर्तन गराउने ७ अर्ब रुपैया खर्च भैसकेको छ ।  अन्तरिम संविधानमा सम्बन्धित वाक्यमा काकपद चिन्ह हालेर माथिपट्टि ‘धर्मनिरपेक्ष’ लेखिदिनेले कति लाख डलर पायो, त्यो खोजीको विषय हो ।  मुद्दा लिम्बुवान लगायत एक मधेस एक प्रदेशको भन्दा पनि दक्षिणी सुडान जन्मनेतिर बढ्दै गैरहेको देखिन्छ । ” हाकाहाकी कान्तिपुरमा यति गम्भीर र भयावह कुरा लेख्दा सप्रमाण उत्रिनुपर्थ्यो उनी, तर सस्तो लोकप्रियताका लागि लेख्ने हलुका लेखकजस्तो देखिए बिना प्रमाण लेखेर ।  फेरि पनि उनका तर्कलाई खारेज गर्नसक्ने ठाउँ जतिपनि छ, तथापि उनीमाथि यतिविधि ‘इन्ट्रेस्ट’ हुनुका पछिका कारण उनको (कु)तर्कशीलता, उनमा निहित सूचना र ज्ञानको महासागर अनि लेख्ने मौलिक शैली नै हुन् ।  आफैँ भन्छन् उनी: “नेपालमा मैलेजति स्तरीय पाठक कसैले पाएको छैन, पढालिखा र प्रोफेसनल ।”  आफैले आफ्नो डम्फु बजाउन उनीजत्तिको लेखकलाई कत्तिको सुहाउँछ, त्यो बेग्लै प्रश्न हो, तर त्यो दाबीमा दम भने पक्कै छ ।
पछिल्लोचोटि उनी ‘साहित्य मेरालागि रछ्यान’ भनेर चर्चामा आए ।  २०३८ मा साहित्यसँग सम्बन्ध तोडेयता एक अक्षर साहित्य पढेको छैन भनेर सगर्व घोषणा गर्ने सौरभलाई नेपाली साहित्यको निन्दा गर्ने अधिकार कहाँबाट आयो भनेर प्रश्न गर्नेहरु थुप्रो निस्किए ।  जेहोस्, कुनै जमानामा दिनको १६ घण्टा पढ्ने गरेको दाबी गर्ने यी घागडान पढैयामा निहित प्रखर विश्लेषकीय क्षमताले उनलाई नम्बर एक अखबारी लेखकको पगरी गुथाइदिन कुनै आइतबार कुरिरहनु पर्दैन ।

२. सीके लाल:
देश डुबिसक्यो, बर्बाद भयो भनेर हुने दिनहुँको कोकोहोलोका माझपनि सीके लाल भनिरहेका हुन्छन्- “प्रशव बेदनाका बेला अप्ठ्यारो त अवश्य भैहाल्छ नि, आतिनुहुदैन ।  कि त यो झमेलाको बाटो भो भनेर सिजारियन गर्नुपर्यो, होइन राम्रो स्वस्थ बच्चा जन्माउनु छ भने अलिकति असजिलो त झेल्नैपर्छ ।”  उनका लेखसितको मेरो साइनो अलि पुरानै हो ।  २०५८ ताकाको ‘हिमाल’ देखि उनलाई पढ्न थालेको म त्यसयता नागरिक, रिपब्लिका, नेपाली टाइम्स देखि हिमाल साउथ एसियासम्म डुलें लालको लेखनी चाख्न ।  नेपाली र अंग्रेजी दुवैमा उत्तिकै दख्खल राख्ने थोरै लेखकहरुमा उनी अग्रपंक्तिमा आउँछन् ।  उनका लेखहरु पनि राष्ट्रिय, अन्तराष्ट्रिय ‘रेफरेन्स’ हरुले भरिपूर्ण हुन्छन् र लेखको सन्दर्भलाई बुझाउन र तर्कलाई पुष्टि गर्न सहायकसिद्द हुन्छन् ।  बेलाबेला यो कस्तो ताइं न तुइंको ‘रेफरेन्स’ राखेको होला जस्तो पनि नलाग्ने होइन, तर पृष्ठभूमिमा ऐतिहासिक सन्दर्भहरु जोडेर घटना-परिघटनालाई हेर्ने उनको लेखकीय शैली रोचकै छ ।  तत्कालको राजनीतिलाई विश्लेषण गर्नेहरुमाथि कैले कोसँग नजिक भएको भनेर बात लाग्छ त कैले कोसँग भनेर ।  लाललाई पनि माओवादी र मधेशवादीहरुको पुच्छर भन्नेहरु थुप्रै निस्कन्छन् ।  काठमाण्डौको मध्यमवर्गीय ‘एक्टिभिस्ट’ को समुहलाई परिवर्तन नरुचाउने, ब्रान्डेड सामान चलाउने सेतो टिसर्टधारी जमात भनेर होच्याऊंदा थुप्रै युवाहरुको तारो बनेका थिए उनी ।  सामाजिक संजालहरुमा उनी कतै देखा पर्दैनन्, नत्र भने उनी भारतमा अरुन्धती रोयकै स्तरमा यहाँको पनि पोलराइजिंग लेखक नं ओन हुनेमा कुनै शंका थिएन ।

३. कृष्णज्वाला देवकोटा: 
आक्रामक लेखनका अग्ला मानक भन्छु म नयाँपत्रिकाका यी सम्पादकलाई ।  कान्तिपुरमा ‘फरक मत’ स्तम्भ लेख्दा जति आक्रामक हुन्थ्यो उनको लेखाइ, नयाँपत्रिकामा यदाकदा छापिने उनका लेखहरुसम्म आइपुग्दा पनि त्यो विद्रोहीचेतको पारो अरु बढेको होला, घटेको फिटिक्कै छैन ।  लाल र सौरभले जति भएभरका अन्तराष्ट्रिय सन्दर्भहरु पस्केर पाठकको आइक्यु र जिके जाँच्ने काम यिनले नगरेपनि कुनै रोचक ऐतिहासिक सन्दर्भबाट विषय उठान गर्नु उनको लेखकीय शैली हो । ‘सुकिला सरहरुलाई एउटा ज्ञापनपत्र’ शीर्षकमा “सरहरू ‘विधि’को कुरा गरिसिन्छ तर एउटा प्रधान सेनापतिको उमेरसम्बन्धि मुद्धामा तीन वर्षसम्म फैसला गर्न नसक्ने अदालत न्यायालयका नाममा कलंक हो भन्न सरहरूसँग जिब्रो छैन । सरहरू ‘सिस्टम’ का पक्षपाती होइसिन्छ तर आर्थिक अभावका कारण आफ्ना बच्चाको उपचार गर्न नसकेर पहिले बच्चालाई मार्ने अनि आत्महत्या गर्ने मधेशकी विपन्न आमाको आत्महत्या सिस्टमको आत्महत्या हो भन्ने स्वीकार गर्न सरहरूसँग छाती छैन । सरहरूले बनाइदिएका विधि र सिस्टमका मानक असफल भइसके, सर । सरहरू राष्ट्रपतिलाई शिखन्डी बनाएर वाण हानिसियोस्, सेनापतिको बर्दीमुनि लुकेर छिर्के मारिसियोस्, दूतावासहरूका ढोकामा लाम लागिसियोस् तर अब मैलो मान्छेले आफ्ना विधि र सिस्टमको मानक आफैं बनाउनेछ । मधेश हेरिसियोस्, थारु हेरिसियोस्, कर्णाली हेरिसियोस्, मजदूर हेरिसियोस् र भनिसियोस्, अब सरहरूको कमान्ड कहाँ छ र ?” लेख्ने देवकोटा आफैमा कत्तिका ‘सुकिला सर’ हुन् वा होइनन्, ‘हाइपोकृट’ हुन् वा होइनन्, मैले जान्ने कुरा भएन ।  तर इमान्दार लेखक हुन् भने उनले कोरेका यी शब्दसँग विमति जनाउनुपर्ने कारनै के छ र ? भन्नैपर्दैन, उनका ‘हाइ भोल्टेज’ लेखहरु विशेषत: युवावयका ‘क्रान्तिकारी’ हरुमा बेग्लै उत्तेजनाको संचार गराउन सफल छन् । शासकीय प्रणाली कस्तो हुने भन्ने बहस गरमागरम भैरहेको एकबेला उनले माथि ‘सर’ भनेकाहरुलाई नै ‘प्रचण्ड नबने कार्यकारी राष्ट्रपति हुन्छर ?’ भनी प्रश्न गर्दै लेखेका थिए- “प्रचण्डकै कारण कार्यकारी राष्ट्रपतिमा जान हुँदैन भन्ने कुतर्कले प्रचण्डलाई कुनै घाटा छैन । चुनावअघि नै यस्तो विचित्र ‘वाक्ओभर’ इतिहासमै अन्यत्र कतै देखिँदैन । मतदानअघि पहिल्यै हार र आत्मसमर्पणको यति नांगो उदाहरण सायदै भेटिएला । राजनीतिमा कसैलाई घृणाको केन्द्र बनाइरहनु र निरन्तर आक्रमण गरिरहनु उसलाई अझ बलियो बनाउनु हो भन्ने राणाकालदेखिका भारदारहरूले बुझेका छैनन् । सवाल भावी राष्ट्रपति को बन्नुपर्छ वा बन्न सक्छ भन्ने होइन । सवाल शासकीय प्रणालीको हो । सवाल सक्षम प्रान्त र सबल केन्द्र हो । शासकीय प्रणालीको यो जटिल बहसलाई व्यक्तित्वको बहसमा बदलेर केही चतुरेहरू संसदीय व्यवस्थाको सिनोमा भन्किएका माखा धपाइरहेका छन् ।”
‘नयाँपत्रिका’ मार्फत ट्याब्लोइड पत्रकारिताको सफल परीक्षण गरेका देवकोटाले अखबारी लेखनमा पनि बेग्लै छाप छोड्न सफल छन् ।
 
४. विष्णु सापकोटा:
 कुरा नचपाइकन प्रष्ट विचार पोख्ने ‘स्ट्रेटफरवार्ड’ लेखकका रुपमा चिन्छु म उनलाई ।  धेरै गोलमटोल कुरा नलेख्ने, एउटा खास विषय उठाउने, अनि सुरुमै यो आलेखले यो विषयलाई केलाउनेछ भन्दै त्यही खास मुद्धाका वरिपरी आफ्ना तर्कहरु घुमाउने ‘टू द प्वाइन्ट’ सापकोटा शैली पनि मज्जाको छ ।  विदेशी हस्तक्षेपको डरलाग्दो चित्र पोत्ने अरु लेखकहरुभन्दा यस अर्थमा भिन्न छन् कि उनी यो हाउगुजीलाई हाम्रो हीन मानसिकताको प्रतिविम्बभन्दा ज्यादा केही ठान्दैनन् । “चीन र भारतको नेपालमा आ-आफ्नै प्रकारका स्वार्थ होलान्, संघीय प्रदेशहरू कस्ता र कतिवटा बनाउँदा ती देशका आ-आफ्ना सामाजिक र राजनीतिक रणनीतिहरूलाई सहयोग पुग्छ भन्ने आधारमा उनीहरूले दाहाललाई प्रभाव पार्न खोज्लान् । यतिसम्म सबैले बुझ्ने नै कुरा हो । तर समस्या कहाँनेर गएर सुरु हुन्छ भने जब एकथरी विश्लेषकहरू कस्सिएर लेख्न-बोल्न थाल्नेछन् कि अब संघीय प्रदेश यस हिसाबले बन्नेछन्, किनभने चीनले यस्तो भनेको छ वा भारतले यस्तो भन्दैछ । यस्तो हीनतावादी चिन्तन एक प्रकारको बौद्धिक रूपमा उपनिवेश नै भएको ठानेको मनोवैज्ञानिक स्थितिले गर्दा पनि हो”- कान्तिपुरमा धेरैचोटि लेखेका छन् उनले आफ्नो यो थेसिस पुष्टि गर्न । आफ्ना आलेखमा रोगको ‘डायग्नोसिस’ मात्रै होइन, ‘प्रेसक्रिप्सन’ पनि साथै लेखेर समाधान सुझाउने लेखकका रुपमा यी स्थापित छन् ।

५. कनकमणि दीक्षित:
 अंग्रेजी र नेपाली दुवैमा उत्तिकै पकड भएका यी अर्का उम्दा लेखक हुन् ।  भक्तप्रसाद भ्यागुताको नेपालयात्रा समेटिएको ‘धुमधामको घुमघाम’ नामक रोचक र जानकारीमूलक बालकिताब पढेर यिनीबारे पहिलोपटक जानेको हुँ । दोश्रो जनाअन्दोलनका बेला नागरिक समाजको तर्फबाट जनउभार ल्याउन महत्वपूर्ण भूमिका खेलेका दीक्षित त्यसयता चाहिँ माओवादीहरुको कट्टर विरोधीका रुपमा चर्चित छन् । बाबुराम भट्टराईले त ट्वीटरमा लेखे नै: "Quite amusing to read jitters of ex-royal courtiers like KMD in TKP. No doubt, republicanism and federalism are indigestible for royalists"। हुनत माओवादी सम्बद्ध एउटा अखबारले उनलाई जनदुश्मन भनेर घोसनै गरेको पृष्टभूमिमा यस्ता ट्वीटलाई सामान्य नै मान्नुपर्ला । वास्तवमा दीक्षितले जतिसुकै सोचनीय कुरा गरेपनि मानिसहरु उनका लेखको ‘कन्टेन्ट’ मा कम बहस गर्छन् र ज्यादातर समय उनीमाथि ‘डलरमणि’, ‘सम्भ्रान्त’, ‘ज्ञानेन्द्रको संचारमन्त्रीको आकांक्षी’ जस्ता आरोपहरु तेर्स्याएर व्यक्तिगत चरित्रहत्या गर्नपट्टि मजा मान्छन् ।
कानूनीराज, लोकतन्त्र, बहुलवादका एजेन्डा बोकेर उनी माओवादीविरुद्ध निरन्तर खनिइरहेका छन् ।  पुकदाको व्यक्तिगत लाभका निम्ति कार्यकारी राष्ट्रपति स्वीकार्ने महाभूल गर्नुहुन्न भनेर निरन्तर लेखेका उनले संघीयताको सवालमा पनि पहिचानभन्दा महत्वपूर्ण कुरा सामर्थ्य हो र उत्तरदक्षिण मोडेलको प्रदेशले मात्रै हामीले चाहेको  समृद्धिको ग्यारेन्टी गर्नसक्छ भनेर लेखिरहेका छन् ।  भारतको ‘द हिन्दुस्तान टाइम्स’ मा पनि बेलाबखत लेख्ने गरेका दीक्षितको ‘अन्तराष्ट्रिय प्रभाव’ व्यापक छ भनिन्छ, जसको  प्रयोगद्वारा बान कि मुनको गतवर्षको नेपाल भ्रमण रद्द भएको थियो । धेरैले यसलाई केटौले कामको संज्ञा दिंदै राष्ट्रिय छविलाई झनै कमजोर पारेको भनेर आलोचना गरे, तर पुकदाको निमन्त्रणामा पुकदाका रक्तरंजित हातहरु धोइपखाली गरिदिन उनी आउनलागेकाले भ्रमण रोक्नैपर्थ्यो भन्दै दीक्षितले ‘डिफेन्ड’ गरिरहे ।
साझा यातायातको पुनःसंचालन हुँदा पत्रकार दिनेश वाग्लेले यिनका बारे एउटा व्यक्तिचित्र लेखेका थिए जसमा उनको भर्साटिलिटीका बारे भनिएको थियो: “एउटा मान्छेले जिन्दगीमा कति सम्म या मात्र गर्न सक्छ ? न्युजरूममा रिपोर्टरहरूलाइ आकास मुनी र माथिका समेत विषयबारे उत्तिकै सूसुचित ढंगमा स्टोरी आइडिया दिनेदेखि विदेशी उर्दू कविहरूका सिर्जनामाथि बहस गराउने, दक्षिण एसियाली बृत्तचित्र महोत्सव काठमान्डूमा गराएर मुलुकमै त्यो माध्यमबारे चेतना फैलाउने, सर्वोच्चले अपराधी ठहर्याएका हत्यारालाइ जेल सजाय हुनुपर्यो भन्दै मानवअधिकारबादी अभियान चलाउने, अनि न्याय माग्दै दैलेख पनि पुग्न भ्याइहाल्ने, नेपालको एउटा प्रमुख म्यागेजिन निकाल्ने, दक्षिण एसियामै सम्मानित अर्को म्यागेजिन सम्पादन गर्ने, काठमान्डुकै उत्कृष्ठ मध्येको एउटा स्कुल खोल्ने, नेपाली समाज र राजनीतिबारे कितावहरू अनि राष्ट्रिय र अन्तर्राष्ट्रिय पत्रिकाहरूमा लेख लेखिरहने, नेपालका प्रधानमन्त्रीले विदेशी राजधानीमा दिने औपचारिक भाषण ड्राफ्ट गर्नेदेखि र ब्लगहरू पढेर तिनमा प्रतिकृया पनि दिन भ्याउने, दक्षिण एसियाली सहरहरूबीच च्यारीटी कार यात्रा पनि गरिहाल्ने । अनि अब आएर बससेवा पनि चलाउने । ” मलाई लाग्छ, दीक्षितको बहुआयामिकताका बारेमा यो भन्दा ज्यादा टिप्पणी गरिरहनु पर्दैन ।

र, यी पनि:
खगेन्द्र संग्रौला:
 कुन्सांग काकाका रुपमा एकताका सबैका प्यारा रहेका संग्रौला अहिले धेरैका आँखामा बिझाउने लेखकमा दर्ज छन् । दरबार हत्याकाण्डलगत्तै ‘भतिज दीपेन्द्र, मलाई माफ गर’ जस्तो साहसिक लेख लेखेर वाहवाही बटुलेका संग्रौला पछिल्लो समय बढी नै एकपक्षीय देखिएपछि पाठकमंचका पानाहरु उनीप्रति विषबमनले भरिएका हुन्थे । आजभोलि त सायद पाठकहरुले वास्तै गर्न छाडेर हो वा किन हो, जमानाका सुपरहिट यी कलमबाजका लेखमा प्रतिकृयाहरु पनि उतिसारो आउंदैनन् । यिनका रचनाका मुख्य विषय सिमान्तकृत समुदायका दुखपीरहरु नै हुन् । तर लेख्दालेख्दै स्वैरकाल्पनिक कथा रच्दै भद्दा व्यक्तिगत गालीगलौजमा उत्रिने उनको ‘गालीशिरोमणि शैली’ रोचक त हुन छोडेको छ नै, बेलाबेला अपाच्य पनि लाग्छ । शब्द खेलाउने शिल्पमा उनी नं वानै हुन् । शैली पनि यति पृथक छ कि लेखमा उनको नामै छुटेछ भनेपनि पाठकले यो संग्रौलाले लेखेको हो भनेर सजिलै खुट्याउन सक्छ । तिखा शब्दवाण हानेर विरोधीहरुको हुर्मत लिन माहिर यिनलाई निर्भिकताका निम्ति भने सम्झिरहनुपर्छ ।

Read More

Jun 27, 2013

Propagating the Mandelian trait


While the whole world has become one in wishing Nelson Mandela a speedy recovery, many know deep within that the time has finally come to let him have his final walk to freedom. Madiba, as he is lovingly called, is said to be under life support and is expected, sadly, to be declared dead anytime soon. Hope people won’t be foolish enough to label a death at 94 ‘an untimely death’!

As far as I remember, we had one chapter in our Grade 9 English book which carried a newspaper report “Mandela walks a free man”. It was stunning for us to read that a mortal can go to the lengths of being ready to get behind the bars for an astounding 27 years for the sake of his damn convictions! Then, we had not the slightest of idea about what values those convictions and principles held for the leaders like Mandela. Nonetheless, that chapter instilled in us a sense of respect to this legend. The same year perhaps, we had one short biography of him in our Nepali textbook. This used to be a recurring question in our exams, so we had no way but to mug it up. Hence grew our acquaintance with him a little further. And as a third and last event in the same year itself, I happened to read his autobiography ‘Long Walk to Freedom’. It was in fact recommended and given to me to read by my Social Studies teacher Narayan Sharma sir. I am not sure how much could I understand and grasp from that phenomenal book at that tender age, but what I am sure of is that it left the indelible mark in my heart. 

Of course, I had heard of him since my early childhood, but it was long before I could understand him in detail. For many years, I thought him merely as a valiant fighter against the racist Whites in South Africa. Merely, because I had seen many a freedom fighter back at home putting up a disappointingly dismal performance once ascended to power. During their struggle days against the despotic monarchs, our now-tainted leaders too were no less than Mandela. Their unflinching courage and determination were unquestionable. But no sooner did they assume the reins of power than their true colors revealed. In the same vein, I had revered Mandela for his personal sacrifice, but had little idea about how he fared as a ruler in post-apartheid South Africa. Now that I’ve got the idea, I can proudly say: Mandela is a hero for all the struggles he did to dismantle the racial segregation, but even more heroic is his courageous leadership that created the ‘rainbow nation’ during his stint as president. Though many leaders, here and elsewhere, seem like Mandela during struggles, they fail the crucial acid test as rulers. This is where the path starts to diverge from the real Mandela.

Mandela adopted a reconciliatory approach to his erstwhile perpetrators and formed the government in collaboration with them. His magnanimity averted the imminent civil war and rather created an environment where the blacks and whites could increasingly intermingle in the society with increased level of trust. That he chose not to seek vengeance but forgive the ones who kept him confined to the dark cells for three decades was the measure of his greatness. How he managed to address the crimes committed under apartheid through the formation of the 'Truth and reconciliation commission' is a lesson to be learned by post-conflict nations like Nepal. Add to that his unwillingness to run for a second term as president. He paved the path for the younger generation and showed this rare trait of a politician: unselfishness. He proved through his deeds, he was no power-hunger. Plus, even as an octogenarian, he didn’t afford to become a mute spectator to the ghastly social ills grappling the world. Through the Nelson Mandela Foundation, he was engaging himself in activism like in combating HIV/AIDS which is endemic in the African continent.


The current generation of African National Congress (ANC) leaders is facing the wrath of its people for all the mesh S. Africa is in today. Not only the ANC leaders, but leaders across the globe would do well to remember Mandela at this point and carry on his legacy by trying at least to emulate the Mandelian traits.
Read More

Jun 7, 2013

A TRIBUTE TO DR. NAJEEB

A born teacher!

Last few weeks, I watched scores of Dr. Najeeb’s hours-long Youtube videos activating the ‘nonstop’ mode. And believe me- while I can barely stand a 2 hour movie, I didn’t feel one iota of boredom on watching Dr. Najeeb for 3-4 hours straight in a day. Now having attended his numerous lectures on topics ranging from Basic sciences to Internal medicine, I too have the same feeling going on as thousands of other med-students: If only I had him in my medical school!

Right now, I am throwned back to the flood of remembrances of my schooldays. I remember- when I was younger (young, I still am), there were very few options for students like me when it came to studying. Wake up, go to the school, load your brain with all those exam-friendly facts and figures, return home all tired and fatigued , get drowsy while writing tomorrow’s homework (of course, out of fear of Mr. Strict’s sticks and slaps) and finally manage to catch some Zs only to wake up tomorrow and get trapped in the same vicious cycle. When I now talk to my peers from diverse locations, they too share the same story. Hostellers have even greater plights to share. Anyway, schools were the only centres of ‘learning’ and kids were supposed to extract as much as they could from their teachers. Back then, my place boasted of having one public library, which was the only other place where I could hover to quench my thirst. I now feel pity on the way I and my colleagues were raised and educated in our schools when I hear from my sisters in The Netherlands about how liberal the schools are over there and how scientific is their education system (I know, I know there’s no room for gripe anyway, for how dare I compare Nepal with The Netherlands!).

Life is way easier these days. They invented this equipment called internet (not that it came into being just recently, but this was not as global back then). Unsatisfied, they marched on to invent another stuff named Youtube. And most of all, He had already invented Dr. Najeeb. I discovered it rather late. Again, it’s not that I was devoid of the likes of Dr. Najeeb in my schooldays (how can I forget my favourite Madhav sir who was a master in leading the horses to water!!). However, speaks my experience- we live in a teacher-desert, the only form of oasis being Dr. Najeeb. And thanks to these inventions named internet and Youtube, we’ve been able to attend his classes no matter where he lectures from. And yes, without any fear of sticks and slaps.

Recently, I had come across an article that cited a research suggesting a correlation between teacher enthusiasm and student’s intrinsic motivation to learn. This ‘teacher enthusiasm’ factor is what turns out to be the most pivotal of all that elevates an ordinary teacher to that of Dr. Najeeb’s stature. While teaching any subject matter, no matter how hard or easy it is, Dr. Najeeb becomes so engrossed in his world of teaching that it is hard for his students not to reciprocate. He has this magic wand that simplifies the toughest of topics into an easily-understandable form. He takes ample time, but leaves no stones unturned in making concepts crystal-clear to his students. Parrot-learning has no place in his teachings. Each and every facts and figures must be supported by logic. In fact, his motto speaks for itself: Lasting Knowledge from Clear Concepts. And of course, plumbing the depths of topics remains his signature style. Even in this multimedia age, he prefers to draw diagrams by hand and uses markers to illustrate his points. Here again, speaks my experience, Dr. Najeeb’s white-board is way superior to the Microsoft Powerpoints of our modern-day professors. He equally knows to make his classes all the more absorbing by adding the humour factor. I have not observed the riot of laughter as that in Dr. Conrad Fischer’s (another talented medical educator) class, but yes Dr. Najeeb appears too concerned to make sure that the class ends before it starts losing its crucial vitality. He thus comes up with witty remarks at times helping spice up the class. Of course, Dr. Najeeb sir, there is no fun in telling that (in your trademark style, sir) you have all the qualities of a master educator and we have benefitted a lot from your teachings. You are a hunger-producing machine; a hunger to learn and explore. At a time when we are in a serious short supply of quality medical teachers, your nexus with Youtube has come as a real boon for us.

Do you think it needs big intelligence to guess (again in your trademark style, sir) that a lot many med-students have fallen in love with you? And no doubt, so have I. Looking forward to enjoying scores of other “So what really happens??”, “Let me tell you one thing!!”, “This is what every doctor knows, but only a very good doctor knows…”. For now, the class is dismissed!!
Read More

May 18, 2013

हरिबहादुरको चिना पर्गेल्दा


         
किताबको अगाडिपट्टिको गातामा छ- ठाँटसित कुर्सीमा बसेको, जाँच दिइरहेको विधार्थीझैँ कापीकलमसित पोज मिलाइरहेको अलि गम्भीर भावमुद्राको हरिवंश । हरिबहादुरलाई चिन्ने आम नेपालीले यो आवरणचित्रसँग त्यो हरिबहादुरलाई ‘रिलेट’ गर्न गाह्रै पर्छ । तर किताबको ब्याककभरमा आइपुग्दा जेन्टलम्यान हरिवंशलाई उट्पट्यांग हरिबहादुरले प्रतिस्थापित गरिदिएको छ । र नै उही लुगा, उही लोकेसन र उही समयमा खिचेको भएपनि ब्याककभरको फोटोमा त्यही एलियन लाग्ने जेन्टलम्यान सबै नेपालीले अपनत्व महसुस गर्नसक्ने छट्टु नम्बर एकमा कायाकल्प भएको छ । तर रिल लाइफका उरण्ठेउला चरित्रहरुको जबर्जस्त छापले गर्दा जतिखेरसुकै उनीबाट उरण्ठेउलोपन मात्रै खोज्ने हामी दर्शकहरुले रियल लाइफमा उनी कति जेन्टलम्यान छन् र हाँसोको वरदान पाएर पनि जीवनमा कति पिडाहरु पिएका छन् भन्ने थाहा पाउन एकचोटी उनको पाठक पनि बनेर यो आत्मकथालाई पर्गेल्नैपर्छ ।

चिना खोज्दै ब्लगर
आजको दिनमा आइपुग्दा हाँस्यकलाकारहरु गनिसाध्य छैनन् । जानीनजानी शरीर अलिकति बंग्याएर, नानाथरीका थेगोहरु ओकलेर, हाउभाउ बिगारेर हाँस्यव्यंग्यको व्यापार गर्नेहरु टेलिभिजनमा च्याउसरि उम्रेका छन् । तर, विडम्बना यो छ कि प्रस्तुतिमा हाँस्य रस होला, व्यंग्यचेत फिटिक्कै हुँदैन; अथवा व्यंग्य गर्ने चिजहरुको कुनै सर्टेज नभएको यो बेला थोरबहुत घोचपेच पाइएला, तर हाँस्यरसको ‘ह’ पनि भेट्टिदैन । त्यसैले होला, फालाफाल कलाकारहरु भएको यो बेला पनि त्यो भिडमा सर्लक्कै चिनिन्छन् अग्ला कदका हरिवंश । किताबहरुको अतिवृष्टिको यो बेला पनि हारालुछ हुन्छ एकजना गैरसाहित्यकारको किताब । मान्छेहरुको यतिविधि माया पाइरहनुमा जस्तोसुकै अभिनय पनि मज्जाले गर्नसक्ने उनको अद्वितीय प्रतिभाले नै काम गरेको हो, त्यो पनि अरुलाई पेट मिचिमिचि, खित्का छोडिछोडि हसाउँदै ।

के के मात्रै चरित्र निभाएनन् उनले । बूढी आमादेखि लिएर बूढा बा, तन्नेरी आवारादेखि अधबैसें गोज्यांग्रो, नामुद ठगदेखि गम्भीर युवा- सायदै त्यस्तो रोल होला जसमा हरिवंश फिट नभएका होउन् । रोलहरुमा भरमार विविधता भएपनि समानता एउटै थियो- उनले हँसाउन चाँहि फिटिक्कै छोडेनन् ।  जुनसुकै भूमिकामा पनि जमेर खेल्नसक्ने यही भर्सटाइल चरित्रले गर्दा नै हो- पुस्तकप्रति उतिसाह्रो लगाव नराख्नेहरू पनि हरिवंशको आत्मकथा भनेपछि नपढीरहन सकेनन् ।

यो आत्मकथामा उनले आफ्नो जीवनका उकालीओरालीहरुको रेखांकन गरेका छन् ।  पढ्नलाई मज्जा आउनेगरी आफू बालखै हुँदादेखिका अनेकौं किस्साहरू गजबले जोडेका छन् ।  सानैमा बाउआमा गुमाएको एउटा बालकको अनाथ हुनुको पिडा कहेका छन्, अभिभावकत्व हराउँदा बढेको उपद्र्याईको फेहरिस्त प्रस्तुत गरेका छन् र उतारेका छन् अर्काको दुरुस्तै नक्कल गर्नसक्ने खुबी प्रयोग गर्दै रंगमञ्चमा छिर्दाको संघर्षगाथा । भलै उनको व्यक्तिगत जीवनमा आरोहअवरोहहरु आइनै रहे, तर तीसको दशकमा रंगमञ्च पसेदेखि कलाकारका रुपमा उनको आरोह मात्रै भएको छ ।  अवरोह कस्तो हुन्छ, उनलाई थाहा छैन किनकि त्यसबेलादेखि नै आजसम्म पछाडि फर्केर हेर्नुपरेको छैन ।  एउटा कलाकारका रुपमा यो नै उनले जितेको सबैभन्दा ठूलो तक्मा हो ।

विभिन्न नाटक, प्रहसन, फिल्म र टेलिफिल्महरु बनाउँदा अनि खेल्दाका रोचक संस्मरणहरु उनीसंग जति पनि हुनुपर्ने हो ।  तर किताबमा तिनलाई पस्कन कन्जुस्याइँ गरेझैं लाग्छ ।  चरित्रहरु तयार पार्दा कसरी आफ्नै वरिपरीका मान्छेहरुका अलिकति असामान्य लाग्ने हाउभाउ र बोलीचालीको सिको गर्थे भन्ने चाहिँ खुलाएका छन् । चारखाल अड्डाको चौरमा भेटिएका ‘है है है’ भन्दै विचित्रसँग हाँस्ने एकजना कर्कस आवजधारी ख्याउटे मान्छेबाट ‘वनपाले’ को त्यो साधुराम सुकुम्बासी, पहिलो पुस्ताका हाँस्यअभिनेता ओस्ताद भैरवबहादुर थापाको हाउभाउ, बोल्ने तरिका र आँखा सापटी लिएर बनेको ‘कान्तिपुर’ को वडाध्यक्ष अनि भक्भकाएर बोल्ने गुठी संस्थानको कर्मचारीमा गुच्चा खेल्ने साथीको ‘उस् उस् उस्’ फ्युजन गराएर तयार ‘लालपुर्जा’को ध्रुबराम आदिलाई उदाहरणका रुपमा राख्दै ती हाँसउठ्दा चरित्रहरु कतै शुन्यबाट फुत्त झरेका थिएनन्, हाम्रै समाजबाट टिपिएका थिए भन्ने प्रस्ट्याएका छन् । साधारण भाषामा हाँस्यरस घोलेर लेखेकाले पढ्दा आनन्द आउँछ, जसरी उनले सामाजिक सन्देशमुलक टेलिफिल्महरु पनि हाँस्यरसले सुगरकोट गर्दा हेर्नेहरुको दिलखुस हुन्छ । कुष्टरोग, क्षयरोग, एच.आइ.भी, मधुमेहजस्ता रोगहरु अनि भ्रष्टाचार, संविधानसभा र वातावरणजस्ता मुद्धाहरुमा हाँस्यरसले सुगरकोट गरेका उनका प्रस्तुतिहरुले समाजमा पारेको सकारात्मक असरहरुको विवरण पढ्दा पनि मन पुलकित हुन्छ । आजभोलि खुबै सुनिने ‘कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी’ कर्पोरेट संस्थाहरुले कति बहन गरेका छन्, छैनन्- उनीहरु नै जानून्, तर ‘मह सोसल रेस्पोन्सिबिलिटी’ मा चाहिँ यो जोडी खरो उत्रेको पढ्दा दिल गार्डेन गार्डेन नभई मान्दैमान्दैन । हरिवंश राम्रो कलाकार मात्रै होइन, असल मानिस पनि हो भन्ने आमबुझाइलाई पुस्तकले थप बलियो बनाएको छ ।

पुस्तकको पछिल्लो खण्ड मीरा आचार्यसँगको वियोग अनि रमिला पाठकसँगको मिलनमा केन्द्रित छ । यो भोगाई भोग्नेले मात्रै अनुभूत गर्नसक्ने कुरा हो । सायद पत्नीवियोगको यही दुखद घडीमा लेखेकाले होला, धेरै प्रसंगहरु छुटेको भान हुन्छ । नरमाइलो ह्यांगओभरबाट विस्तारै उत्रिंदै गरेका हरिवंश आउने संस्करणमा छुटेका कुराहरु थपथाप गर्दै अझ बेजोड ढंगले आउनेछन् भन्ने आश गर्न सकिन्छ । महजोडीको यतिलामो सहकार्यले इतिहास रचेको बेला महको बारे विस्तारमा कुराहरु राखून् भन्ने पाठकीय अपेक्षा अस्वाभाविक होइन । त्यस्तै ‘बलिदान’ जस्तो ऐतिहासिक फिल्मको मुख्य पात्रका नाताले त्यस फिल्म निर्माणका दौरान भएका घटनाहरु जोड्न सकेको भए अझै राम्रो खुराक हुन सक्थ्यो पुस्तक । भाषिक शुद्धतामा पनि जोड दिनुपर्नेछ अर्को संस्करणमा ।

कलामा अलिकति पनि रुची राख्ने हरेक नेपाली हरिबहादुरको फ्यान हो र फ्यानलाई आफ्नो स्टारको आत्मकथा पढ्न कुनै समीक्षकले  नानावली प्रशंसाका बुट्टा भरेर रेकमेण्ड गरिरहनु पर्दैन । ‘चिना हराएको मान्छे’ पनि रिभ्युतिर आँखा नलाईकनै फ्यानहरुले कतै मुख मिठ्याउँदै, कतै अमिल्याउँदै रित्याइसकेका छन् ।

Read More

May 6, 2013

ट्वीटे र फेसबूकेका नाममा लोकमानको खुलापत्र


ट्विटर र फेसबुकका आलाकाँचा ठिटाठिटी हो,

केही दिनदेखि तिमेरु मसित बेस्कनै ठुस्केका छौ । म बुझ्छु तिमेरुका मनोभावना । चौबीसैघण्टा प्रविधिसित खेल्ने तिमेरुको पुस्ता नै यो देशको भविष्य हो भन्ने कुरामा मलाई कत्ति पनि शंका छैन, त्यसैले त तिमेरुको यो जुझारु पुस्तासँग मलाई निरन्तर communicate गरिरहन मन लाग्छ । विचार आदानप्रदान गरिरहन रहर लाग्छ । तर आजकाल तिमेरु मसँग अलि बढी नै आक्रोशित छौ झैँ लाग्यो । ट्विटर र फेसबुकका टाइमलाइनहरु हेर्दा थाहा पाएँ । बडो नमज्जा लाग्यो र नै भ्रम निवारणका निम्ति यो पत्र कोर्दैछु ।

तिमेरु मलाई आरोप लगाउछौ होइन, जनआन्दोलनको दोषी भनेर! मलाई पत्यार लाग्दैन, रातविरात इन्टरनेटमा खेल्नेहरुको पुस्ताको आरोप हो यो भनेर । वास्तवमा तिमेरु एजेण्डा होइन, एउटा व्यक्तिको पक्ष-विपक्षमा मिडियाबाजी गर्नेहरुको सम्मोहनमा पर्यौ । कान्तिपुर र सेतोपाटीजस्ता पीतपत्रकारिता गर्नेहरुले जे छाप्छन्, त्यसलाई तिमेरुजस्तो skeptic र critical mass ले बिना कुनै सोचविचार face value मा लेउला भन्ने मलाई एकरत्ति लागेको थिएन । विश्वसनीयतामा निखारिएको पत्रिका त लोकमानपूर्ण पोस्ट पो हो । सायद तिमेरुले त्यो पढ्न भ्याएनौ र कान्तिपुरको लहलहैमा आएर मविरुद्ध तथानाम अनर्गल प्रचारबाजीमा उत्रियौ । अलेक्जेन्डर पोपले लेखेको ‘A little learning is a dangerous thing’ सम्झेर आइन्दादेखि हरेक इस्स्युमा आफ्नो अपिनियन बनाउनुअघि लोकमानपूर्ण पोस्टका गहकिला समाचार टिप्पणीहरु पढ्न तिमेरुले नभ्याउने छैनौ भन्ने विश्वास लिएको छु । अहिले म अख्तियारको हाकिम भाको विषयमा पनि तिमेरुले कान्तिपुरलाई लात मारेर लोकमानपूर्ण पोस्टतिर डेरा सर्यौ भने सबै कुरा छर्लंग हुनेछ । म कति निर्दोष रहेछु, कति उच्च नैतिकवान रहेछु, तिमेरुले पत्तो पाउनेछौ । सर्वोच्च अदालतका न्यायाधीश माननीय श्रीमान गिरिशचन्द्रलालले त्यो कान्तिपुरे ठिटोलाई अदालतबाटै गलहत्याउनु भाको हो कि होइन भन त ? तिमेरु त न्यायपालिकाको सर्वोच्चता चाहनेहरुको उदात्त पुस्ता! अदालतले नै गलहत्याएको पत्रिका पढेर भ्रष्टाचारविरुद्द आधिबेहेरी ल्याउन तम्तयार भएर बसेको एउटा राष्ट्रसेवकमाथि यति निर्मम ढंगले प्रहार गर्न सुहाउँछ तिमेरुलाई ? ए, भन त सुहाउँछ तिमेरुलाई ? हो, हन्ड्रेड पर्सेन्ट सुहाउँदैन र त म बारम्बार रेकमेण्ड गरिरहेछु- तिमीहरुलाई सुहाउँदो पत्रिका लोकमानपूर्ण पोस्ट नै हो भनेर । तिमेरुका खेर जाने ट्वीट पनि फोकटमै छाप्छ क्यारे त्यसले । खैर, सबै कुरा तिमेरुले लोकमानपूर्ण पोस्ट सविस्तार पढेपछि बुझ्ने नै छौ, अहिलेलाई भने म छोटकरीमा तिमेरुका आरोपमा केन्द्रित हुन चाहन्छु ।
    
आरोप नम्बर एक: उही महान जनआन्दोलनको दोषी, होइन त ? ओए जनआन्दोलनका निर्दोषीहरु हो, तिमेरुको जनआन्दोलनको धोति फुस्केको आज हो र ? जनआन्दोलन, जनआन्दोलन भन्दै फुइँ लाउन छोडे हुन्छ । लोकतन्त्र र गणतन्त्रका राग अलाप्न अब त लाज माने पनि हुने हो । परिवर्तन परिवर्तन भन्दै घोक्रो सुकेन्जी चिच्याएर जीउलाई दुख दिन पनि कति मजा आको हो ? तिमी मुर्खहरु !! बिनाकामको जनआन्दोलनको घाँडो देशमा भित्र्याएर कति न ठूलो पल्टेका !  के थाहा छैन तिमीहरुलाई कति ठूलो मूल्य चुकाइरहेछ देशले त्यो बाह्रबुँदे नामको खोस्टाबाट ? देखेका छैनौ कि नदेखेको स्वांग पारिरहेछौ ए केटा हो, यो नाङ्गो विदेशी प्रभुहरुको रासलीला ? लुटतन्त्र, भ्रष्टतन्त्र र भागबण्डातन्त्र नै लोकतन्त्र हो भन्ने तिमेरुको बुझाइ हो कि के हो ? होइन भने त मजस्तो उच्च नैतिकवान, जोकसैसंग पनि सहकार्य गरेर अघि बढ्न सक्ने, पंचायत र प्रजातन्त्र दुवै कालखण्डको प्रचुर अनुभव संगालेको अनि यो सबै भद्रगोलबाट पार लगाउन अख्तियार प्रमुख भएको मान्छेलाई यसरी विवादमा तान्ने दुस्साहस तिमेरुबाट नहुनुपर्ने हो । खासमा जनआन्दोलनका दोषी त यी दलहरु पो हुन् । खोई, कुरो बुझ्या ? यिनेरुकै महान जनआन्दोलन होइन, यो सबै भाँडभैलोको जननी ? म विचरोले त सकुन्जी यसलाई avert गर्नै खोजेको हो नि । त्यो पाजी रायमाझी कि केजाते आयोगले डाम्यो भन्दैमा यत्रो कोकोहोलो गर्नु कहाँको न्याय हो, हँ फेसबुके र ट्वीटे हो ? के हैसियत छ यार त्यसको ? मल्लिक आयोगले केही लछार्न सकेन भने रायामाझी आयोगले जोरी खोज्न मिल्छ, त्यैमाथि लोकमानजस्तो सबैले बोक्नुपर्ने मान्छेसित ?

My dear Tweeples, पितपत्रिकासितको साँठगाँठमा तिमेरुले लाको आरोप नम्बर दुई: सुनकाण्डमा मुछिएको, होइन त ? अरे बाबा, यसमा पनि त तत्कालिन प्रधानन्यायाधीश मोहनप्रसाद शर्माले २०५६ सालमै म निर्दोष भएको फैसला सुनाइसकेका छन् नि यार् । हुन त फैसला भाको समय भनेको तिमेरु केटाकेटी हुदै हो, त्यैभएर तिमेरुलाई थाहा नभाको हुन सक्छ । त्यैभएर मैले अघि quote गरेको 'A little learning is a dangerous thing'।  फेरि गोयबल्सजस्ता सयचोटि दोहोर्याएर सफेद झुटलाई पनि सत्य बनाउने पितपत्रिकाहरुको फन्दामा छौ तिमेरु । तर अब आशा छ, समष्टिगत रुपमा कुरो बुझिसकेपछि मात्रै तिमेरुले ट्वीटनेछौ, फेसबुक्नेछौ ।

तिमेरुका ट्वीट र स्टाटस पढ्दा आरोप नम्बर ३ मैले भेटिन । स्वाभाविकै हो, किनकि पितपत्रिकाले प्रचार गरेकै यी दुइटा कुरा हुन् । प्रचार पनि यसरी गरेका छन्, मानौँ तिनेरुको गीता ‘रायमाझी प्रतिवेदन’ ले डामेको भयङ्कर अपराधी मैमात्र हुँ । राजु बस्नेतजस्तो जण्ड आर्मी अफिसरको बढुवा हुँदा पित्कोजति पनि नदुखेको तिनीहरुको लोकतन्त्र एउटा लोकमानको नियुक्ति हुँदा कसरी सामूहिक बलात्कारमा पर्यो, मैले जति दिमाग लाउँदा पनि बुझ्न सकेको छैन । कसैले बुझेको भए बुझाइदिने कष्ट गर्नू ल । अनि, काण्डमा मुछिने बित्तिकै अयोग्य ठहरिने भए त त्यो सुनकाण्डको बेला विमानस्थल भन्सारको प्रमुख भगवती काफ्ले थिए । मुछ्न त उनी पनि मुछिए तर पछि अख्तियारको सचिव हुन रोक्यो र कसैले उनलाई ? अरे बाबा, ठुलोबडो मान्छे भएपछि यस्ता काण्डसाण्डमा त routinely मुछिरहिन्छ नि । ठुलोबडो हुनुको अर्थ के हो, माने के हो, महत्व के हो, केही नबुझेका स्वाँठहरुको हालीमुहाली भएको पितपत्रिकाहरु के बुझुन यस्ता कुरा ?

१४० अक्षरमा ट्वीट्न बानी परेकाहरुलाई यत्रो लम्बेतान पत्र देखेर बोर लागिसक्यो होला । तर, फेसबुकेहरुका नाममा पनि यो पत्र लक्षित रहेकाले थप केही कुरा राख्न चाहन्छु । कसरी केही कुरामा मिल्न नसक्ने, कुकुरबिराला झैँ झगडा गरिरहने दलहरु मेरो कुरामा चैं एकजुट हुनसके भन्ने खुल्दुली होला तिमेरुका मनमा । तर यत्ति जाबो बुझ्न कुनै सिके लाल भैरहनुपर्दैन । बुझ्नेलाई कुरो सरल छ- जहाँ स्वार्थहरुको मिलन हुन्छ, त्यहाँ बाँकी सब खुद्रा विमतीहरु आफैँ पाखा लाग्छन् । सबै दललाई आफूले गरेका भयानक भ्रष्टाचार समाजसामू ओपन सेक्रेटका रुपमा रहेको छ भन्ने थाहा छ । तर लोकलाज नभएपनि जेपी गुप्ता वा खुमबहादुरहरुको हाल हुने हो कि भन्ने थोरै त्रास चैं छ । त्यसैले अख्तियार नपसोस् भन्ने हेतुले उनीहरु मलाई त्यहाँ लग्न हतारिएका हुन् । म पनि परें एउटा गौप्राणी, एउटा उच्च नैतिकवान्, सबैसँग सहकार्य गरेर अघि बढ्न सक्ने मिलनसार, सबैलाई रिझाउन सक्ने सर्वस्वीकार्य पात्र । सबैले हात जोडेर विन्ती गरेपछि नाइँ भन्न सकिन । यसमा मेरो के दोष, ट्वीटेगण ?

तर मेरो अगाडिको रोडम्याप बडा क्लिएर छ । मलाई यी दलहरुसँग कृतज्ञ हुनुछैन । भ्रष्टाचारविरोधी जेहाद छेड्नकै निम्ति मैले यो अख्तियार रोजेको हुँ । मेरो नियुक्तिसंगै यसको सुरुवात भएको छ । तिमेरु हेर्दै जाओ, अब कोको जान्छन् मामाघर ? मैले मुद्दा चलाउनेछु, सम्माननीय न्यायाधिस श्रीमान गिरीशचन्द्रलाल तु फैसला गर्दै जाक्नुहुनेछ सालाहरुलाई । पितपत्रकारिता गर्ने कान्तिपुरबाट यसको श्रीगणेश हुनेछ । मलाई विश्वास छ, भ्रष्टाचारमुक्त देश बनाउने मेरो यो पहलकदमीमा तिमी ट्वीटे र फेसबुकेहरुबाट अभूतपूर्व सहयोग हुनेछ । मेरो यो सन्देशलाई आफ्ना ट्वीट र स्टाटसबाट संसारैभरि फेलाओ केटा हो !

श्री लोकमानले तिमीहरु सबैको रक्षा गर्नेछन् !        


Read More

Apr 27, 2013

यमलोकका आत्माहरु

      [करीब दुई वर्षअघि किशुनजीको स्वर्गवास हुँदा लेखिएको कथा हो यो ।]

 रात छिप्पिदै जाँदा ट्वाँकेहरु झन् बढी झ्याप हुँदै गइरहेका थिए । मात्तिनेहरु अरु बेसी मात्तिइरहेका थिए । चिच्याउनेहरु साउन्ड बक्सबाट घन्किरहेको रकलाई माथ गर्न अरु जोडले चिच्याइरहेका थिए । स्वर्ग पार्टी प्यालेसको झिलीमिलीमा सबैजना आ-आफ्नै तालमा मस्त थिए । उनीहरु यसरी एकसुरले कम्मर हल्लाइरहेका थिए, मानौँ कसैलाई कसैको पर्वाह थिएन ।
Source: Flickr.com
सन्देह छैन, त्यो पार्टी नै थियो । तर सबैजना त्यो नाँचोको भीडमा एक्ला देखिन्थे । कारण, त्यहाँ स्त्रीजाति पूरै गयल थियो । सन्देह छैन, त्यो पूरापूर डान्स पार्टी नै थियो । तर घडीको सुइले दश नहान्दै सबैका जीउ गलेर लखतरान परिसकेका थिए । कारण, त्यहाँ GenNext को सहभागितै थिएन । सन्देह छैन, त्यो एन्टर्टेनिंग साँझ नै थियो । तर सबैका गफमा ह्वास्सै गन्हाउने राजनीतिको गन्ध थियो । कारण, त्यो गेट टुगेदरमा त मरेका नेताको प्रेत पो थियो ।
                                                  ····
स्वर्गवासीहरु आज आफ्नो लोकमा एउटा नयाँ पाहुना भित्रिएकामा खुशीले फुलेल थिए । ‘सन्तनेतालाई यमलोकमा हार्दिक स्वागत छ’- ठाउँठाउँमा तुलहरु टाँगिएका थिए । स्वर्गवासीहरुको तर्फबाट किशुनजीको भव्य अभिनन्दन गरिँदै थियो । सम्राट इन्द्रले पनि कुरोको सुइँको पाइहाले । झट्टपट्ट  आफ्ना दूतहरुलाई स्वर्ग पार्टी प्यालेस पठाएर आफ्नो तर्फबाट किशुनजीको सम्मानमा एउटा बृहत कार्यक्रम गर्ने तारतम्य मिलाउन अह्राए । बस्, अब के चाहियो ? पार्टी प्यालेसमा चहलपहल बढ्दै गयो । पार्टीभित्रै अन्र्तघात गरी उनलाई एक्ल्याउने गिरिजा सबभन्दा अगाडि आइपुगे । नेपाली राजनीतिको क्षितिजमा एक्कासी उदाएका र किशुनजी प्रधानमन्त्री रहेकै अवस्थामा उनलाई चुनावमा पछारेर ख्याति कमाएका मदन भण्डारी दोस्रो नम्बरमा हाजिर भए । अनि क्रमैसँग आए बीपी कोइराला, गणेशमान सिंह र सम्मानित हुने पात्र किशुनजी । यतिञ्जेल रैथाने स्वर्गवासीहरुले पार्टी प्यालेसको कार्यक्रम कक्ष भरिभराउ भइसकेको थियो । उद्घोषक कार्यक्रम शुरु गर्न तम्तयार भइबसेको थियो, त्यतिखेरै चार सहिदहरु पनि कार्यक्रमस्थल आउन लागेको गाइँगुइँ सुनियो । चार सहिदको प्रवेश भयो, मान्छेहरु श्रद्धापूर्वक निहुरिए । अब कार्यक्रम शुरु भयो । प्रमुख अतिथि थिए सम्राट इन्द्र । सम्मानित हुन लागेका किशुनजीलाई यो सब देखेर उल्का लागिरहेको थियो । औपचारिक कार्यक्रमको अन्त्यमा किशुनजीलाई बोल्न निम्त्याइयो । उनी बोले –“सम्राट इन्द्रबाबु, म किन पहिल्यै मरिनँ ?”
                                          ····
यी भूतपूर्व नेताहरु एक नम्बरका ट्वाँके परेछन् क्यार । मात्तिने, चिच्याउने अनि कम्मर हल्लाउने क्रम शुरु भयो । यिनीहरु अचम्मसँग कम्मर हल्लाउँथे, मानौँ त्यहाँ साक्षात सकिरा आएर “Hips Don't Lie” भनिरहिछे । यिनीहरु अजिवसित कपाल नभएको तालु हल्लाउँदै डाको छाडेर चिच्याउँथे, मानौँ त्यहाँ साक्षात ब्रायन एडम्स् हाजिर भएर "Lets Make a Night to Remember" गाइरहेछ ।  यिनीहरु यस्तरी मात्तिँदै रुन्चे स्वरमा “एक्लै तिमी नआउ म मात्तिएका बेला” भन्थे, मानौँ तिनीहरुका अगाडि परीका परी लाइन लागेर उनीहरुलाई आमन्त्रण गरिरहेछन् ।
                                         ····
 गलेर लखतरान परेपछि भूतपूर्व नेताहरुको डफ्फा पार्टी प्यालेसको शयनकक्षतिर हान्नियो । गिरिजा, बी.पी, गणेशमान, मदन भण्डारी र किशुनजी पाँचै आत्माका लागि एउटा Attached bathroom सहितको Common Room बुक थियो । ग्वारग्वार्ती आत्माहरु कोठाभित्र छिरे र पाएको पलंगमा विन्दास पल्टिए । तर गिरिजाबूढाको मुहारमा अघिदेखि एकतमासको औडाहा देखिरहेका थिए बीपीले । बीपी वाणी निस्क्यो –“हैन, तँलाई के भा छ हँ ?” कसले सोध्ला र भनूँला भन्दै पर्खिरहेका गिरिजाबूढाले कुरोको चुरो चुहाए "हेर्नूस् न सान्दाजु, यताको लोकमा आएको पनि एक-डेढ वर्ष भइसक्यो । चाइने के भने कुनै प्रगति गर्न सकेको होइन । यसो कतै लाउडा साउडा खान पाइँदैन भन्या ?" बूढाले जोड दिएर थपे –“सुज्जुले पनि लास्टै रहर गर्थी क्या ! घरीघरी चाइने सपनामा पनि घच्घचाइरहन्छे भन्या !”  बूढाको नानीदेखि लागेको बानी न हो, त्यसै त के जान्थ्यो ? बीपी जंगीहाले "इस् खालास् लाउडा! पृथ्वीलोकमा भएभरका लाउडाहरु घिचेर तँ अझैँ अघाइनस् ? रैछस् अगस्ति !" बूढाले बीपीका रापिला आँखासँग आँखा जुधाउन सकेनन् । निउरीमुन्टी न बने । बीपीको पारो अझै घटेको थिएन  “यो तेरो पृथ्वीलोक होइन बज्या । यहाँ कुनै लाउडाहरु उड्दैनन् । यमराजको भैँसी छ सलाउडा भन् या चाइना साउथ वेस्ट ससबै त्यही वाहन हो ।” बूढामाथि बीपी अझैँ खनिए “के सम्म खाइनस् यार तैँले पाएसम्म ? त्यत्रो अथक दुख गरेर प्रजातन्त्र, राष्ट्रियता र समाजवादको जगमा रोपेको हाम्रो प्राणप्यारो पार्टीलाई त चुसीचुसी खोक्रो पारिछाडिस् भने अरु त झन् के बाँकी राख्थिस् ?” रिसले मुर्मुरिँदै गिरिजाबूढा पलंगको अर्कोतिर फर्किए । बीपी भने अबेरसम्म नानाथरि भन्दै फत्फताइरहे । बाँकी तीन आत्मा त बेहोसीमै निदाइसकेका थिए ..............बिन्दास् ।
                                           ····
 बिहान भालेको डाँकसँगै किशुनजी बिउँझिहाले । फटाफट नित्यकर्म सके र गीतापाठ गर्न बसिहाले । “अष्टादश पुराणेसु, व्यासस्य बचनद्धयम्” शुरु के गरेका हुँदा हुन्, टिनिन्न टिनिन्न डोरबेल बजिहाल्यो । एकाबिहानै कुन देवता मुन्टिएछन् यार मलाई डिस्टर्ब हान्न, गीतापाठ गर्दागर्दै सन्तनेता मुर्मुरिए । “यत्रैसिति ! देउता आए भन्दैमा सुरुवालमै मुत्नुपर्छ र ?” उनले डोरबेललाई बाल दिएनन् । बाल नदिएको झोंकमा टिनिन्न टिनिन्न बज्न छोडे पो ? मदन भण्डरीको कानै खाएछ क्यारे, पलंगबाट जुरुक्क उठे, छोटो हाई काढे, आंग तन्काए अनि सरासर ढोकातिर लम्के । ढोका उघार्दा त चार आत्माहरु लहरैसँग ठिंग उभिएका ।

‘अभिवादन कमरेड’- चारवटैले एकैसाथ हावामा मुठ्ठी कसे । कमरेडले पनि जवाफी मुठ्ठी फर्काए । “किशुनजीसँग हिजो बात मार्न पाएनौँ, त्यसैले....” आफूहरु त्यसरी झिसमिसेमै आउनुको कारण खुलाए चार सहिदले । चार सहिदलाई ढोकामा देख्नासाथै किशुनजी हातमा गीता बोकेरै दौडिहाले :“ओहो! How are you, My dear Martyrs?” “सञ्चै छौं” पनि भन्न नपाउँदै कमरेडले चारै आत्मालाई भित्र ल्याए र पलंगमा बसाले । कांग्रेसी त्रिमूर्तिहरु पलंगमै आँखा चिम्लिरहेका थिए । त्यहाँको कल्यांगमल्यांगमा पनि बिन्दास पल्टेका थिए, ह्यांगवभर सायद उत्रेको थिएन । ‘ट्वाँकेहरु सूतिराखून्’ कमरेडले यथास्थितिकै पक्षमा बोले ।

दशरथ चन्द गम्भीर भावभंगिमामा थिए । किशुनजीतिर फर्केर उनले कुरोको श्रीगणेश गरेः “हैन किशुनजी, देशको अवस्था यो के भा हो ? सोचेका थियौं, हामीहरु देश माथि उकाल्ने भर्यांग बन्यौं, तर के थाहा, हामी त नेताजीलाई कुर्सीमा उकाल्ने एकौटा भर्यांग यो बनेछौं । लाग्याथ्यो, हाम्रो बलिदानले देशका दुःखहरु मेटिनेछन्, तर हाम्रै रगतको आहालमा पौडेर नेताजीले सुस्ता, कालापानी र टनकपुरमा देशलाई झन्झन् पो दुखाइरहेछन् । लाग्याथ्यो, हाम्ले हाम्रो आजलाई सुम्पेर देशको भोलि शान्त र समृद्ध पार्दैछौं, तर दिन दुइगुना रात चौगुनाको दरले देश ओरालो लागिरहेको साक्षी पनि हामी नै पो बनिरहेका छौं । जता हेर्यो उतै अशान्ति, झगडा, लुटपाट, कुटपीट, मारकाट, भ्रष्टाचार, महंगी, तस्करी, कालोबजारी, नातावाद, कृपावाद......ओहो, के के हो के के!” बोल्दाबोल्दै उनको गला अवरुद्ध भयो । त्यत्रो अनन्य साहस र निष्ठाका खानी शुक्रराजका आँखामा पनि आँशु छचल्किरहेका थिए । “बचेखुचेको त्याग, इकान्दारी र समर्पण पनि, लाग्छ, तपाईंको प्राणपखेरुसँगै उड्यो किशुनजी”-धर्माभक्तले मुख फोरे । गंगालाल चुपचाप आत्मालापमा लीन थिए ।
                                               ····
बीपी, जीपी र जीएमले पलंग छोडिसकेका थिए । किशुनजीको गीतापाठ पनि सकिइसकेको थियो । बाक्ला चस्माभित्रबाट “टाइम्स अफ यमलोक”का अक्षरहरु छिचोल्दै थिए अहिले । मदन भण्डारी चाहिं अघिदेखि लापत्ता थिए । “कहाँ हराएछ यो बहुदलीय जनवादी कामरेड”- बीपीले खोजीमा भुइँपाताल कतै बाँकी राखेनन् । “कहाँ भागेछ कामरेड ?”- यमराजका दूतहरु पनि स्वर्ग पार्टी प्यालेसको त्यो शयनकक्षमा तरबार घुमाउँदै हाजिर भए । फेरि भुइँपाताल खोजी अभियान शुरु भो । खोज्दाखोज्दै कोठामा फुत्त टुप्लुकिए कामरेड । कान्छी औंला देखाएर पिस हान्न गएको संकेत गरे कामरेडले । “यत्रोबेर ?” बीपी ट्वाँ परे । बाँकीले पनि जिल खाए ।
                                           ····
“हैन मदनजी, म त क्यान्सरले थलिएरै यहाँ आएको हुँ । त्यो लोकका निम्ति केही न केही गरुँला भन्दाभन्दै यमराजले झ्याप्प कठालो समातिहाल्यो ।” खुइय सुस्केरा छोड्दै बीपी मदनसँग गफिइरहे-  “पाएको जीवन जम्मै संघर्षमा बिताएँ ।” आफ्नो कुरालाई अरु जोड दिंदै बीपीवाणी निस्किरह्यो, “तपाईंबाट बहुत ठूलो आशा र भरोसा गरेको थियो त्यो लोकले । कस्तरी उदाउनुभाथ्यो त्यहाँको क्षितिजमा, क्यासँग गर्जनुहुन्थ्यो यार भाषणहरुमा । राजालाई श्रीपेच फुकालेर चुनावी मैदानमा ओर्लन दिएको हाँक हिजै हो कि जस्तो लाग्छ । तपाईंको त्यो करिश्मादार व्यक्तित्वले नै त हो, Newsweek ले Karl Marx Lives in Nepal लेखेको ।” बीपीवाणीमा ती दिनहरु एकएक गर्दै रिप्ले हुँदै थिए- “साँच्ची मदनजी, ती सिधा मान्छेका सोझा मनमा ‘यो ठिटोले हाम्रो मुहार फेर्छ है’ भन्ने चैं बेस्सरी लाग्याथ्यो । यो लोकबाट निहारिरहेका अभागी सहिदका हृदयमा पनि ‘यो केटोले त हाम्रा सपना साकार पार्छ है’ भन्ने बेस्मारी छाप पर्याथ्यो । तर कठै!” बीपीवाणीमा एकछिन त्रासद ब्रेक लाग्यो । भक्कानिंदो स्वरमा ब्रेक खुल्यो-“आयो टप्प टिप्यो टारेर टरेन त्यो । थुइक्क त्रिशुली ।” भएभरको थुक निकालेर बीपीले पृथ्वीलोकतिर हुत्याइदिए । थाहा छैन, त्यो बीपीथुक त्रिशुलीमा पर्यो वा परेन । तर कमरेडको देहसँगै जनताको बहुदलीय जनवादलाई पनि आफूसँगै निल्ने त्यो त्रिशुलीलाई थुक्नु भने बीपीको कुनै अपराध थिएन ।
                                               ····
जति पिएपनि फाल्तु नबोल्नुलाई यो लोकमा गणेशमानीय विशेषता भनिन्थ्यो । हुन पनि उनी हिजैदेखि चुँसम्म गरेका थिएनन् । केही न केही त बोल्न लगाउनै पर्यो भन्ने ठानेर बीपी गणेशमानतिर फर्किए: “हेर गणेशमान, तिमीलाई बालुवाटार छिर्ने योग कहिल्यै जुरेन । २०४६ पछि वीरेन्द्रले अफर गर्दा पनि तिमीले नाइँनास्ती गर्यौ । आजभोलि ‘गणेशमान त सोनिया गान्धी नै हो यार्’ भनेको सुन्छु । तर गणेशमानभन्दा धेरै पछि सोनियाले त्यागको त्यो कीर्तिमान राखेकी हुन् । त्यसैले ‘सोनिया त गणेशमान नै हो यार्’ भन्नुपर्छ । तर त्यो स्तरको सर्वमान्य नेताले पछि गएर आफैंले कत्रो कष्ट सहेर हुर्काएबढाएको पार्टीसँग कट्टी गरेर चुपचाप पर्दापछाडि छेलिन खोज्नु मलाई त एकरत्ति पनि निको लागेको थिएन यार् ।” बीपीले टुंग्याए । जति पिएको भएपनि छुँदै नछुने गणेशमानलाई अन्तत: बोल्न करै लाग्यो । भनिदिए –“हेर्नूस् दाजु, तपाईंको महाप्रस्थानपछि पार्टीलाई भुइँफुट्टा वर्गको कब्जामा पर्नबाट मैलै रोक्न सकिनँ । तपाईंको प्राणसँगै पार्टीको प्राण ‘समाजवाद’ त उड्यो उड्यो, २०४६ पछि मैले जोडतोडले उठाएको आर्थिक क्रान्तिको कुरा पनि जोक बन्यो । जुन जनताका नाममा जीवनभर लडाइँ छेडियो, लडाइँ सफल भएर फल चाख्ने बेला तिनै जनता पाखा पारिए । केन्द्रमा खेल खेल्नेहरु आफूआफू मोटाउने र आफ्नाआफ्ना पोस्ने दाउपेचमा मात्रै अल्झिरहे । पञ्चायत हुँदा के थियो र प्रजातन्त्र आएपछि के भयो, भेद छुट्याउन नसकेर विचरा जनता नामको जन्तु कुहिरोको काग बनिरह्यो ।” लगभग स्पष्टिकरणकै शैलीमा गणेशमानले भनिदिए-“यही गाईजात्राले वाक्कदिक्क भएर पार्टीसँग कट्टी गरेको हुँ ।” कट्टी गर्ने अर्का पनि त्यहीं थिए, नवआगन्तुक सन्तनेता । “टाइम्स अफ यमलोक” का अक्षरहरु यतिञ्जेल छिचोलिसकेका थिए । पीडा ओकल्ने पालो यिनको थियो-“त्यत्रो अव्यवस्था र अराजकताको साम्राज्य थियो । तर पनि हामीले टुलुटुलु हेरिरह्यौं । कुनै तरुनीलाई हेरेको भा छोराछोरी जन्मन्थे, अस्तव्यस्तता हेरेको, नयाँ नेपाल जन्म्यो ।” सन्तनेता बोलिरहे-“अहँ, मात्र हेरिरह्यौं, कुनै निर्णायक हस्तक्षेप गर्न सकेनौं ।” यो लोकमा आएर त्यो लोकका धुरन्धर नेताहरु स्टेट्स्म्यानको तहमा उक्लन नसक्नुको दुख बिसाइरहेका थिए ।”
                                             ····
फेरि गिरिजाबूढातिर फर्किएर बीपी वर्षन शुरु गरेः “त्यहाँको राजनीति यतिविधि घिनलाग्दो हुनुमा सबभन्दा ठूलो तेरो हात छ, बुझिस्?” अब त अत्ति भो, गिरिजा फायर भए । वर्षदिन अघि आफू यता आउँदा त्यहाँ ओर्लेको मान्छेको सागर देखाइदिए बूढाले यूट्युबमा । बीपी दोस्रोचोटि ट्वाँ परे । बाँकीले पनि जील खाए । र समवेत् स्वरमा कराए-“यत्रो सागर त मेरो पालिमा पनि थिएन यार् ।” किसुनजी चाहिं गिरिजामाथि बीपीको आरोपमा केन्द्रित भएर भन्दै थिए-“जानुस् गिर्जाउ, हात धोएर आउनुस् ।”
                                           ····
घडीको सुइले दश हानिसकेको थियो । पार्टी प्यालेसबाहिर सूर्यदेव चम्किदैं थिए । चहलपहल बढ्दै थियो । आत्माहरु ठूलै हतारमा भएझैं यताउति दगुरिरहेका थिए । बीपीले बोलिहाले- “जाउँ अब त, हतार भइसक्यो ।” स्वर्ग पार्टी प्यालेसको रमाइलो रातलाई स्मृतिमा राख्दै पाँच आत्माहरु फटाफट बाहिर निस्के ।


   
             



Read More

Apr 14, 2013

Future of Nepali communists: through the lens of upcoming polls

    [ The article was also featured in the 'New Year Special Edition' of one of the most thought-provoking blogs of our time: South Asia and Beyond ]   

      In the face of repeated betrayals by the self-proclaimed communist parties of Nepal, the question of where will they stand in the upcoming elections is worth pondering.

Ours is that part of the world where people are easily swayed by communism. No wonder, no other ideology appeals to the youths left out in the cold as does the red letters of communism. The abject poverty and neglect with which our ‘working class’ is afflicted works a perfect recipe for the communist parties (CPs) to drag them to their folds. So, it’s not altogether surprising that we have witnessed the phenomenal rise of hotheaded revolutionary parties in our recent political history. It’s partly because of the fact that projecting oneself as the messiah of the oppressed lot and flourishing the isms of Marx, Lenin and Mao in as fertile soils as Nepal requires no more than distributing false hopes of ‘dictatorship of the proletariat’ and ‘a utopian society free of all injustices’. The ‘red books’ and the ‘great quotes’ are so designed as to make those hungry and half-clad hapless men completely indoctrinated so that from then onwards, communism becomes their only religion and the party their only savior. It thus comes as no secret that what makes this country’s people underprivileged is also what makes them so vulnerable to communist appeals: the feudal landscape. 
 
However, as I write, I sense in the new generation of emerging youngsters an allergy toward the ‘communist’ word itself. While the young turks are impatient for a complete overhaul of the system, there is a deep resentment and distrust to the current breed of political parties, even more so towards the communists. It’s easy to see why. When the supposed architect of one’s destiny hoodwinks at a scale never imagined before, the resulting frustration gets the outlet in the form of hatred. This brings us to the fact that; while little has changed in the dismal socio-economic status of the have-nots, the much-needed fuel for the survival of our type of CPs, the charm and charisma CPs possessed has become a ‘once upon a time’ story.

Just until a year back, the Nepali CPs were enjoying a widespread ‘popular mandate’ as evident in the power equation within the now-dissolved CA. It’s not that the CPs will be altogether swept away in the next CA, but the precious faith people had reposed in them has altogether faded away. Given that the non-CPs are no better, the sizable population is currently caught between the devil and the deep blue sea. Ultimately, the only feasible option remains ‘choosing the bad from the worst’, which in turn makes it hard to speculate on the chances of how the ‘comrades’ will fare in the upcoming elections. But, one thing is for sure, the ‘working class’ is utterly disenchanted with its ‘vanguard’ and whatever ‘Garibkaa din aaye’ type hope the last CA election had kindled are all crushed. Who knows, the apologetic mass may once again choose to vote these inept communists to power, but take it, that precious ‘enthusiasm factor’ has long been lost. Going by the reports, it is proving to be a Himalayan task for ‘Baidyabaa & Co.’ to recruit militias, let alone sustain the armed struggle, which they are reportedly mulling over. This dwindling communist base in the fertile soil as ours may have come as a respite for elites, but the gravity of the matter deserves serious discussions.

To start with, I base my argument on the premise that - None of our so-called CPs are concerned with the core ideas of Marxism and hence are not communists in their conducts.  Even the so-called ‘pure communists’ within breakaway Baidyabaa’s faction are interested not in the ideology and the ‘proletariats’, but in a proxy war with its mother party over power, position and prestige. While it goes without saying that UML has long been a flock of crows that have lost their way in a fog, the UCPN (Maoist) having abandoned the ‘glorious Janayuddha’ is in a even more glorious ‘Dhanayuddha’ drive. Meanwhile, Comrade Bijukche aka Rohit may well be resisting the temptations of Singha Durbar till date, but admit I must that I’m unaware of any substantial contribution his party, being confined to the smallest district, has made in the lives of the ‘workers and peasants’ at large . Regarding scores of other splinter CPs, do they really need a mention in the first place?

It’s interesting to note that the current largest party in the erstwhile CA, UCPN (Maoist), had taken its root in the wake of the fall of the Berlin Wall, when all other communist movements across the globe were either collapsing or had been defensive at best. Ironically, once it entered the political mainstream after fighting a decade-long civil war, it itself got so deeply immersed in the parliamentary shenanigans that it emerged out of this quicksand a completely changed party. For the top guns and the ‘Khaaobaadis’ within, this degeneration meant a ‘great leap forward’, but for the rank and file, nothing could be more heart-wrenching than to watch this tragic scene: the ‘dear party’ getting transformed by the system, instead of ‘transforming the system’ itself.  

Of course, in a welcome step, UCPN (M) has taken great strides in the ideological front since its inception some two decades back. It is no longer a traditional dogmatic CP that believes in state capture through the barrel of a gun. It has agreed to abide by the basic tenets of democracy, and has shown that a party can be ‘progressive and people-oriented’ (atleast in theory) by being democratic at the same time. But, the tragedy starts herein, when this ‘progressive and people-oriented’ approach gets locked in the narrow confines of its ‘dastaabej’. While in theory it remains a pragmatic CP; in conduct, it is nowhere near socialism, let alone communism. The lifestyle of leaders is lavish, thinking style borders on feudalism and working style is near authoritarian. The whims and caprices of a select few govern the party. No doubt, this is a malady afflicting not only the UCPN (M), but every single party in Nepal. The gap between what they preach in the election manifesto and how they behave while in power is too wide. Unless they sincerely try to bridge this, it’s impossible for them to regain the lost faith. Take for e.g. the BRB government’s move to evict the landless people from their makeshift homes. Or say the series of unnatural price hikes in essential daily commodities. Or say his open display of nepotism during various government appointments. That’s how he chose to antagonize his constituencies in sharp contrast to his pious written or spoken words. And that’s how his party degenerated in the hands of elites who were bent on stopping the wave of change. It still baffles me to see how soon a ‘people’s party’ that had shed its blood to end inequality and injustices of all sorts forgot its own history and started hobnobbing with its ‘class enemies’.

Personally, I feel that socialism is the only way forward for Nepal. But the problem is: even the communists are not ready for it. They are overtly socialists, but in theory alone. Until and unless these CPs are ready to translate their socialist ritualistic rhetoric into actions, their exposure as ‘false communists/socialists’ will continue to erode their fertile base. And a day will come when the disgruntled youths will stop being their cannon fodders forecasting something ominous for the future of communism. If however, our CPs can learn from their history and that of elsewhere, China and Russia in particular, and then move ahead in the path of rapid socio-economic growth accordingly, their future is not so bleak after all.
Read More

Apr 9, 2013

इतिहासको उत्खनन्



ग्याब्रियल गार्सिया मार्खेजले '२० औं शताब्दीका महानतम् कवि' ठहर्याएका चिलीका विश्वविख्यात कवि पाब्लो नेरुदाको शवको केही दिन अघिमात्रै अवशेष उत्खनन गरियो, मृत्युको चालिस वर्षपछि।  सन् १९७३ मा तानाशाह अगस्टो पिनोसेले सैनिक ‘कू’ गरी सत्ता हत्याउनु र साहित्यतर्फको नोबेल पुरस्कार जित्ने वामपन्थी कवि नेरूदा अनि समाजवादी राष्ट्रपति साल्भाडोर एलेन्डेको मृत्यु संगसंगै हुनु संयोग मात्र होइन भन्दै मृत्यु (वा हत्या ?) बारे थप अनुसन्धान गर्न शव उत्खनन गरिएको थियो।  मरेको २ महिनासम्म पनि शवयात्रा गर्न आलटाल गरेको पिनोसेको सत्ता नै उनको हत्यारा थियो भन्ने आमआशंकालाई शव उत्खनन कार्यले केही हदसम्म सम्बोधन गर्नेछ । करिब २ वर्षअघि एलेन्डेको पनि शव उत्खनन गरी उनको मृत्युबारे निष्कर्ष निकाल्दै भनिएको थियो कि- उनले आत्महत्या गरेका थिए ।

संदिग्ध मृत्यु बेहोरेका अर्का नोबेल पुरस्कार विजेता प्यालेस्टानी नेता यासेर अराफतको पनि केही महिनापहिले शव उत्खनन गरी फरेन्सिक विशेषज्ञहरुले अनुसन्धान गरिरहेका छन् जसको रिपोर्ट बाहिर आउन अझै केही महिना कुर्नुपर्ने बताइएको छ । उनका व्यक्तिगत सामानहरुमा रेडियोएक्टिभ तत्व पोलोनियम-२१० को मात्रा पाइएपछि इजरायलले विष खुवाएर मारेको ‘कन्सपिरेसी थ्योरी’ ले बढी बजार पिटेको थियो ।

त्यस्तै, ५० वर्ष भैसक्यो, जोन एफ. केनेडीको हत्याले पनि एउटा खास टुंगो पाउन सकेको छैन । हत्यालगत्तै गठन गरिएको ‘वारेन कमिशन’ ले लि हार्वे ओस्वाल्डलाई हत्यारा ठहर गरेपनि बहुमत अमेरिकी जनता त्यसलाई एउटा व्यक्तिको लहड नभई ठुलै षड्यन्त्र ठान्दछन् । अरु त अरु, २ शताव्दीअघिका नेपोलियन बोनापार्टको मृत्युबारे पनि बाझिने मतहरु थिए, जुन लामो समयको अनुसन्धानपछि बल्लतल्ल टुंगिएजस्तो देखिएको छ । पेटको क्यान्सरलाई नै उनको मृत्युको आधिकारिक कारण मानिएको छ अब ।

यी विषय उठाउनुको कारण के भने जति नै समय लागेपनि इतिहासको गर्भभित्रका रहस्यहरु एक न एक दिन खुल्छन् नै । बस् त्यसका आन्द्राभुँडी केलाउनेगरी गम्भीर अनुसन्धान र छानबिन हुनुपर्यो। तर भनिरहनु पर्दैन, ‘गम्भीर अनुसन्धान र छानबिन’ भनेको कुन चरीको नामझैँ हो नेपालमा । विडम्वना, रहस्यका अनेकौं पोका-पन्तुराले भरिएका घटनाहरु यहीँ छन् बग्रेल्ती। धेरै पर किन जानु, जेठ १९ को दरबार हत्याकाण्ड नै लिउँ न। इतिहासमा त्यत्रो महत्व राख्ने त्यस घटनाबारे छानबिन गर्न आजसम्म तारानाथ रानाभाटको ‘भटटटट’ आयोगबाहेक कुनै अर्थपूर्ण आयोग बनेन र आएनन् त्यसैले कुनै राय र ठहर सहितका तार्किक रिपोर्ट पनि। न त बने कुनै फिल्म वा वृतचित्र जसले समातेका होउन् कुरोको चुरो। त्यसैले सबैसबैजना कि त गनिनसक्नुका विरोधाभाषले ग्रस्त उही ‘भटटटट’ प्रतिवेदनमा भर पर्नुपर्यो, होइन भने बजारमा जति पनि पाइने ‘कन्सपिरेसी थ्योरी’ जिन्दावाद ! बचेको विकल्प एउटै छ – फेरि अनुसन्धान, अनुसन्धान, अनुसन्धान। पहिलेको जस्तो नाममात्रको अनुसन्धान होइन, जसले उत्तर दिनुको साटो छोडेको थियो थुप्रै प्रश्नका चांगहरु जो अद्यापि अनुत्तरित छन् ।

प्रविधिको अभूतपूर्व विकासले शताव्दीऔं पुराना पहेली त सुल्झाउन सकिन्छ भने यो त जाबो एक दसक पहिलेको कुरा न हो । पोस्टमार्टम नगरिएको, हतारहतारमा लास जलाइएकोले गर्दा त्योबेला सही अनुसन्धान गर्ने नियत त थिएन नै, भविष्यमा हुनसक्ने अनुसन्धानमा पनि तगाराहरु बिछ्याइएका थिए । झन् पछि त्रिभुवन सदन पनि भत्क्याएकाले  स्पष्ट छ –अनुसन्धान गर्ने आँट भएकाका लागि पनि फलामको च्युरा चपाउनुसरह नै हुनेछ।  तर त्यो नै अनुसन्धान नगर्ने बहाना हुनसक्दैन। आखिर राजतन्त्र मिल्किएको अवस्था छ, यसर्थ वातावरण सहज र अनुकुल छ छानविनका निम्ति। प्रत्यक्षदर्शीहरु जिवितै छन् । ‘वीरेन्द्रसँग हाम्रो कार्यगत एकता थियो’ भन्दै भावुक हुने प्रचण्ड र ‘नयाँ कोतपर्वलाई मान्यता दिनु हुदैन’ भनेर लेख लेख्ने बाबुरामहरु सरकारमा आउँदा यसबारे केही ठोस पहलकदमी लिन्छन् कि भन्ने आशाको त्यान्द्रो थियो, मर्यो। बरा प्रचण्ड कमरेड, भ्रष्टाचारमा आफैँमाथि छानविन होला भन्ने पिरले लोकमानको बुई चढ्दैछन्, त्यो मूला जेठ १९ को लीलामाथि छानविनको टन्टा किन लिउन् ! तर, जेहोस् ‘द ग्रेटर नेपाल’ र ‘दासढुंगा’ जस्ता ऐतिहासिक सिनेमा बनाउने जुझारु फिल्मकर्मी मनोज पण्डितले नै जेठ १९ का बारे पनि फिल्म बनाउने समाचारहरु बाहिर आएका छन्।  यो सकारात्मक कुरो हो ।

अर्को नसुल्झिएको पहेंली छ –दासढुंगा काण्ड। विडम्बना के छ भने ऊबेला सडकमा अहिलेको वैद्यलाई उछिन्ने गरी उफ्रिने एमाले त्यसयता थुप्रोपटक सत्ताको तर चाख्न भ्याइसक्यो, तर निकाल्न सकेन कहिल्यै फुर्सद दासढुंगा सम्झन। जेठ ३ का दिन कर्मकाण्ड पुर्याउन चाहिँ फूलमालासहित हाजिर भएकै हुन्छ त्यहाँ । आफ्ना अग्रज विचारकलाई सम्झने भनेकै यस्तै कर्मकाण्ड न हो उसका निम्ति। तर एमालेलाई मतलव भएन भन्दैमा अरुले पनि दासढुंगालाई बिर्सन मिल्दैन। मदन भण्डारी वामपन्थी शक्तिहरुलाई मूलधारमा ल्याउने देशभक्त चिन्तक भएकाले मात्रै होइन, घटना इतिहासको महत्वपूर्ण अध्याय भएको नाताले पनि यसको घनिभूत खोजबीन हुनुपर्छ। दासढुंगा दुर्घटना मात्रै हो कि नियोजित षड्यन्त्र ? त्यसबेला बनेका अनेक आयोगहरुमध्ये तुलाधर आयोग र ओली आयोगले षड्यन्त्र ठहर गर्यो, बाँकी केहीले दुर्घटना। चालक अमर लामाले पनि दुर्घटनै भने । तर पछि दिनदहाडै उनको पनि हत्या भएपछि दासढुंगा अरु रहस्यमय बन्यो ।अनुमानको खेती गर्नेहरुले औंलो सी.आई.ए सम्म सोझ्याए। तर जनता नामको जन्तु कुहिरोको कागै बनेर रूमल्लिरहेको छ आजपर्यन्त। किनकि राप र तापका बेला ‘दासढुंगा हत्याकाण्डको छानवीन गर’ भन्दै मान्छेका ज्यान लिनेगरी चलाइएका आन्दोलनहरु आजकाल धेरै भो, ‘मलाई कुर्सी दे’ तिर सोझिएका छन् ।अनि त्यसबेला बनेका अनेकौं आयोगहरुका प्रतिवेदन नजाने कुन कुनामा धुलो र माकुरोको गाता ओढेर बसेका छन् वा कुन परलोक पुर्याइसकिएका छन् !

यसबीचमा छानविन प्रतिवेदनहरुमै आधारित मनोज पण्डित निर्देशित ‘दासढुंगा’ नामको डकुड्रामाले केही बहस र छलफल निम्त्यायो । मजस्ता नयाँ पुस्ताका ठिटाठिटीलाई नयाँ शिराबाट घटनालाई बुझ्न मद्दत गर्यो । यस्ता प्रयासहरु टिठलाग्दो पाराले एकाध मात्र भएका छन् । जतिसक्दो प्रोत्साहन गर्दै फैल्याउनुपर्छ इतिहास खोतल्ने यस्ता सत्प्रयासहरु ।

जेहोस्, माथि दिइएका अन्य देशका दृष्टान्तबाट पनि प्रस्ट हुन्छ – इच्छाशक्ति हुने हो भने दशकौंअघि गाडेका लाशका अवशेष उत्खनन् गरेर भएपनि इतिहासमाथि न्याय गर्न सकिन्छ । हाम्रोमा लाश जलाइन्छन्, त्यसैले अप्ठ्याराहरू होलान्। तर फेरि पनि मुख्य कुरो अनुसन्धान गर्ने इच्छाशक्ति नै हो। यदि त्यो नै छैन भने अवशेष त के, लाशै ज्यूँदेर किटानी जाहेरी दिएपनि केही फरक पर्नेवाला छैन !
     
                 
Read More

Mar 15, 2013

The Metamorphosis


Yesterday, the helmsman of the judiciary woke up to find himself metamorphosed into the helmsman of the executive. It reminded me of Kafka’s ‘The Metamorphosis’, but where it differs from that of our CJ episode is that this was not an overnight process, rather a result of a month-long brainstorming of our leaders (do our leaders really have brains is entirely a different question). Unable to sort out their differences and reach a common point, the parties have taken this untrodden path, but is this path that smoother as expected and will it lead to new elections is a million-dollar question.
Arjundrishti on Elections

Opinions are sharply divided across the political spectrum but one thing is for sure- we had very limited options and however unconstitutional this may be, this was the best among the worst. After all, the interim constitution’s violation was not started yesterday; it was long back that parties started this business of interpreting and amending laws on their whims and caprices. Everyone knows- no sooner do they face a hurdle in their roadmap, they are used to resorting to develop a ‘Rastriya Sahamati’ and clear the way.

As citizens, periodic elections, the oxygen to democracy, is what we cherish. But the widespread sentiment across the nation echoes Jay Leno: “If God had wanted us to vote, He would have given us candidates”. Resentment to the politicos is at its all-time high and given that the same bunch of leaders will come to battle in the election field; this new election setup has failed to inspire any enthusiasm in its voters. However, there are some who believe – a non-politico like KhilRaj should take this as an opportunity and go the ‘Nayak’ way. Nab all the corrupt and criminal leaders and develop the nation overnight with a magic wand. I understand the inherent frustrations, but let’s be clear: It’s foolishness on our part to expect substantial results from the new government. Let us not pin high hopes on this technocratic government just because this doesn’t contain the tainted faces of the discredited leaders.  As evident from the outgoing BRB’s government, it’s extremely excruciating when your hopes are dashed. At the moment, we can just hope that it’ll be able to deliver on its election promise at the least by this year and pave way for a new course (or who knows, way for maybe the same old endless wrangling of post 2008 CA period!). Only that and nothing more. In fact, that alone is a herculean task. In a nation which cannot even ensure a fair SLC exam, rooting for free and fair elections may be asking too much. But, much of the CJ cum PM’s credibility now rests upon his ability to do just that. He should do all he can in order to free this election from the influence of muscle, money and clout. On other fronts, if he becomes able to just prevent further downslide and maintain the situation in status quo, that’ll be feathers added in his cap.

This is primarily an election government comprising of former bureaucrats and a new experiment in our political history. It was earlier reported that Mr. Regmi refused to toe the big four’s line during the negotiations that preceded his ascent to this thorny chair. But, it’s unclear, to how much extent will these parties have a say in the state affairs and the state coffers. Equally interesting will it be to see the leadership acumen of this new PM to tame the unrestrained leaders and cadres of the political outfits.

 Should it succeed in conducting this very thing with which it is entrusted, it will go down in history as one of the most successful cabinets of recent times. Challenging as it is, given the formidable opposition in the streets, media and elsewhere. However, even more challenging is the task to draft that common document called ‘constitution’ from that fractured elected body. For now, I can just wish Khilraj all the best to be able to metamorphose back into CJ a clean and competent man in a few months’ time.

Read More

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong