........................................................................with words, with issues!!!

Dec 28, 2012

मरणीदेवीदेखि बिन्दूकुमारीसम्म : नेपाली नारीको सकस


           

 वि.सं २०५८ ताका महोत्तरीकी मरणीदेवी साहलाई बोक्सीको आरोपमा मरणासन्न हुनेगरी भकुरियो । जबर्जस्ती मलमूत्र ख्वाउने, जिउँदै जलाउने, मुखमा एसिड हुत्याइदिनेजस्ता आततायी घटनाहरु यो मुलुकमा २०५८ सालयता मात्रै हुन शुरु गरेका होइनन् । तर अघिका त्यस्ता घटिया घटनाहरुलाई कुनै खास घटना होइन, एउटा स्वाभाविक नियति मानिन्थ्यो । गाउँको कुनै ठूलोठालुका आँखामा कोही आईमाई बिझायो भने बोक्सीको बात लगाइदियो...टन्टा खलास् । ठालूले बोलेपछि बोल्यो बोल्यो, सारा गाउँ जुरुक्क उचालिएर त्यो बिचरीलाई तातै निल्न आउँथ्यो । ती निरीह प्राणी भावीले छैंठीमा आफ्नो ललाटमा यस्तै कोरिदिएको सोच्दै बोक्सीको उपमा चुपचाप सकारिदिन्थिन् । तर पछिल्लो दशकमा भएको आमसंचार र जनचेतनाको विकासले बोक्सीका नाममा मध्ययुगीन अत्याचार गर्ने अधिकारबाट ठालूहरुलाई अलिकति भएपनि वञ्चित गरिदिएको छ । मरणीदेवीको केस मिडियामा आयो, जागरुक नागरिकहरु त्यसविरुद्ध आँधी भएर उठे र ढिलै भएपनि सही, उनलाई बोक्सी भन्नेहरु हच्किए । ती अदालतका फन्दामा परे । मरणीदेवी काठमाडौं खाल्डो आइन्, नारी वेदना र नारी संघर्षको प्रतिरुप बनिन् र पारिजात संघर्षशील पुरस्कारबाट सम्मानित भइन् ।


त्यसयता एउटा सिंगो दशक गुज्रिसक्यो । तर महिला हिंसाका सर्वथा नयाँ कलेवरमा नयाँ नयाँ मरणीदेवीहरु जन्मन रोकिएका छैनन् । हामीले मरणीदेवीलाई सम्मान गरेर नारी हिंसाका ती अँध्यारा पाटाहरुबाट बाहिर निस्क्यौं भनेको त झनै डरलाग्दा रुपरंगका अन्याय अत्याचारमा पो लिप्त हुँदैगएछौं । शिक्षाको विकासले पितृसत्तात्मक सामाजिक संरचनाको जगमा रहेको नारीप्रतिको अनूदार दृष्टिकोण बदल्यौं भनेको त झनै जरा गाड्दै पो रहेछौं । शिक्षित हुँदैमा मानिस विवेकी हुँदोरहेनछ । होइन भने, प्रहरी जवान सुन्तली धामी आफ्नै अफिसरहरुबाट दिनदहाडै प्रहरी कार्यलयमै त्यसरी पाशविक रुपमा बलात्कृत हुनुनपर्ने हो । मैना सुनुवारलाई सेनाले त्यस्तो बर्बर ढंगले यातना दिईदिई, तड्पाईतड्पाई, चरम यौन शोषण गर्दै नमार्नुपर्ने हो । मानवतालाई नै कलंकित पार्ने सोच्नैनसकिने घटनाहरु धमाधम घटेकोघट्यै नहुनुपर्ने हो । यो सबका पछाडिको जड कारणमा हाम्रो सामूहिक सोचाईपद्धति छ, जुन हाम्रै समाजले हामीलाई दिएको स्कुलिंगको उपज हो ।

नारी हामी सबैकी जननी हुन्, उनको पूजा गर्नुपर्छ भनेर मुखले जति फलाकेपनि व्यवहारतः हरेकले घरघरमा लैंगिक भेदभावको चित्र बच्चैदेखि पहिल्याउन थाल्छन् । सकीनसकी छोरोलाई बोर्डिंग भर्ना गरिदिने बाउआमाले 'अर्काको घर जाने जात' की छोरीलाई सानैदेखि घरगृहस्थी स्याहार्न सिकाउँछन् । एउटै कोखबाट जन्मेको एउटा आँगनमा मदमत्त खेल्दै हुन्छ, अर्की विचरी कि त भाइ खेलाउँदै होली, कि भने घरधन्दा गर्दै । भाइले केही विराम गर्दा पुल्पुल्याइ पाउँछ, उसले पाउँछे गाली । ‘तँ नकच्चरीलाई गाउँगाउँ डुल्दै हिंड्नुपर्छ ? लाजसरम केही नभाकी’- आमाको टोकाइले ऊ लाज के हो थाहा नपाउँदै आफ्नो लाजको रक्षार्थ जेहाद छेड्दै हिंड्नुपर्छ । विवाह के चीज हो अथ्र्याउनसक्ने नहुँदै दुलाहा छिनोफानो भइसक्छ । अथाहा औडाहा हुन्छ हुर्केकी छोरी घरमा हुने बाउआमाका मनमा । अलिकति बुझ्ने हुँदैगर्दा भाइले थाहा पाइसक्छ- दिदीभन्दा  त म ठूलो हुँ, घरमूली मै हुँ, घरको जेठोबाठो मै हुँ, शेषपछिको खाने मै हुँ । संस्कार दिंदा ठूलाबडाको सम्मान गर्नुपर्छ, छोरा- भनिन्छ तर नारीको सम्मान गर्नुपर्छ भनेर कहींकतै सिकाइँदैन । फलतः उसमा पुरुष अहं चढ्छ, नारीप्रति सम्मानभाव चढ्दैन । सहरबजारमा पनि मात्रा फरक होला, तर समस्याको चूरो त्यही नै हो । यो बराबरी व्यवहार गर्ननसक्नु बाउआमाको दोष होइन, हाम्रो सामाजिक-आर्थिक संरचनाको निर्माण भुइँतहदेखि उपरीतहसम्म नै त्यसहिसाबले भएको छ ।

पतिको जुठोपूरो र गोडा धोएको पानी पिउनुपर्ने नियम बसाल्ने समाजमा नारी स्वाभिमान कहिल्यै उँचो हुनसक्दैन । लोग्नेको खुट्टा मिच्दै अनि सासूका वचनवाण सहँदै बुहारी-जीवन गुजार्नुपर्ने गाउँहरुले नारीजातिलाई सधैं दबदबामै रहेको देख्न चाहन्छन् । मानौं नारी कुनै प्राणी होइन, भोग गर्ने मेसिन हो । रंकदेखि राजासम्मैको रीत यही हो । कोही सुन्दर तरुणी देख्नैनहुने, देख्यो कि त भोग्या बनाएर दरबार छिराइहाल्ने रणबहादुरको पालाका किस्साहरु जगदीश घिमिरेकृत ‘सकस’ मा पढ्दा निस्सासिएको थिएँ । बाहिर सज्जन र भलाद्मीको मास्क भिर्नेहरु नै भित्रभित्र कतिसम्म दुर्जन हुन्छन, सबैले देखेभोगेकै कुरा हो । महिलाअधिकारको साइनबोर्ड राखेर पसल खोलेकाहरु नै महिला हिंसाको साझेदार रहेका घटनाहरु नसुनिएका होइनन् ।

यो लेख्दैगर्दा दिल्ली अझैं आन्दोलित छ । दुई साता पहिले एक २३ वर्षीय किशोरीमाथि भएको जघन्य अपराधको विरोधमा सारा भारत स्वतःस्फूर्त रुपमा उठेको छ । वास्तवमा, सामूहिक बलात्कारमात्रै किमार्थ थिएन त्यो । बलात्कारले नमेटिएको प्यास मेटाउन आततायीहरुले फलामे रड घुसाए योनीभित्र । आन्द्रासम्म त्यसको असर पुग्यो र आखिर त्यो अपरेशन गरेर काटी फाल्नुपर्यो । दामिनी, निर्भय र अमानतजस्ता नामबाट पुकार्दैछन् मान्छेहरु उनलाई, जो अहिले जीवन र मरणको दोंसाधमा सफ्दरजंग अस्पतालबाट सिंगापुर लगिएकी छिन् [अपडेटः उनले भर्खरै जीवनसँगको संघर्ष हारिन् तर उनको मृत्युले उठाएका मुद्धाहरुले यी वीरांगनालाई अमर बनाएको छ ।]  धेरै भन्दैछन्- ती नरपिशाचहरुलाई क्यास्ट्रेट गर्नुपर्छ, झुण्ड्याउनुपर्छ । हो, कडाभन्दा कडा सजाय दिएर एउटा नजिर बसाल्नैपर्छ, ताकि आइन्दा यस्तो गर्नुअघि हरेक मान्छेले दशपटक सोच्नुपरोस् । तर दण्ड र विधिविधानमा मात्रै अल्झिएर बस्नुभन्दा हाम्रो सामाजिक प्रणालीमा नारीलाई हेर्ने दृष्टिकोणमा रहेको गम्भीर खोट सच्याउनेतर्फ पनि कम्मर कस्नुपर्ने हो । रेप क्यापिटल कहलिन थालेको दिल्लीले यसपटक अभूतपूर्व प्रतिरोध गर्यो, सायद घटनाको अतिशय गम्भीरताले पनि होला । यता हाम्रोमा लगभग दिनदिनैजसो बलात्कार र जिउँदै जलाइएका घटनाहरु बाहिर आउँदा पनि आक्कलझुक्कल धर्नाबाहेक कुनै प्रतिरोध हुननसक्नु दुखलाग्दो कुरा हो । बर्दियाकी १६ वर्षीय शिवा हसमी आफूसँग भाग्न नमानेको निहूँमा एउटा नरपिशाचबाट जिउँदै जलिन् र उपचारका क्रममा स्वर्गे भइन् । त्यति ग्ल्यामरस थिएन सायद यो विषय मिडियाबाजीका निम्ति, घटना त्यत्तिकै थामथुम भो । पिडकहरु थप हौसिए र अस्ति मात्रै बाराकी बिन्दूकुमारी ठाकुरको नियति पनि शिवाकै जस्तोगरी अन्त्य भयो । मान्छेहरु सोध्दैछन्- खै कहाँ हरायो मानवता ? कता हरायो, सायद कसैलाई थाहा छैन । तर यसैगरि मान्छेहरु यस्ता बर्बर उन्मादहरुप्रति आँखा चिम्लदै जाने हो भने, निश्चित छ- हराएको यो मानवता कहिल्यै भेट्टिनेछैन ।

हातमुख जोर्नैका लागि वैदेशिक रोजगारमा गएका महिलाहरुका आफ्नै कहर छन् । खाडी मुलुकहरु महिलाप्रति झनै कट्टर छन् र बुझ्ने कुरा हो- जहाँ कट्टरता हुन्छ, त्यहाँ नारी अस्मिता झनै खतरामा हुन्छ । तर अहिलेलाई त्यो पाटो बिर्सिदिउँ । यहाँ त बरु उताबाट सकुशलै फर्किएला, आफ्नै देशको सिमाना टेकेपछि चाहिं के हुने हो भन्ने भय देखियो । हाम्रो एकमात्र अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन विभागद्धारा महिनादिनअघि भोजपुरकी एक महिला खाइनखाई कत्रो दुखजेलो गरी कमाएर ल्याएको पैसासहित सर्वस्व लुटिएको समाचार आउनु के राष्ट्रिय लज्जाको विषय होइन ? त्यसमाथि एक महिनापछि मात्रै घटना बाहिर आउनु थप लज्जास्पद कुरा हो । आखिर बलात्कार गर्ने पुरुषको कुनै इज्जत नजाने तर बलात्कृत नारी चाहिं जीवनैभरि घोसेमुन्टो लाउँदै अपहेलित भएर बाँच्नुपर्ने समाजमा कति यस्ता घटनाहरु कार्पेटमुनि लुकाइएका होलान्, कसलाई फुर्सद अन्दाज लगाउन ? सरकारकै पुलिस र कर्मचारीहरुको मिलीभगतमा यस्ता घटना हुनथालेपछि प्रश्न उब्जिएको छ- अब कहाँ छन् सुरक्षित चेलीबेटीहरु ? के आफ्नो जीउको रक्षा गर्नैका निम्ति बन्दूक बोकेर हिंड्नुपर्ने समय आएको हो ?

दाइजोका नाममा हुने महिला हिंसा त्यत्तिकै पीडादायी छन्, बम्बईका दलालबाट बेचिने चेलीहरुका कथा उस्तै दर्दनाक छन् र छन् उत्तिकै हृदयविदारक महिनावारीका बेला दशबाह्र दिन गोठको बास झेल्नुपर्ने सुदुरपश्चिमेली महिलाका छाउपडी व्यथाहरु । नेपाली नारीहरुको यो अग्निपरीक्षा आखिर कहिलेसम्म हो ? शिक्षा, चेतना र संचारको द्रुत विकास भएको यो एक्काइसौं शताब्दीमा पनि कसरी दिल्लीको वा बाराको जस्तो पाशविक र अमानवीय घटनाहरु भइरहेका छन् ? केबल भोग गर्ने शरीरका रुपमा मात्रै नारीलाई हेर्ने सनातनकालदेखिकै लेन्समा किन परिवर्तन हुनसकेको छैन ? मुखमा ‘यत्र नायस्तु पुज्यन्ते रमन्ते तत्र देवता’ र बगलीमा छुराको व्यवहार किन दोहोरिरहेको छ ? समाजसामु तेर्सिएका यी गम्भीर प्रश्नहरुको उत्तर खोज्न र तदनुरुपको बाटोमा समाजलाई हिंडाउन जति ढिला हुँदै गर्छ, नयाँनयाँ कलेवरमा नयाँ नयाँ मरणीदेवीहरु, नयाँ नयाँ दामिनीहरु क्रूरताका सबैखाले पराकाष्टाहरु नाघ्दै यो समाजले जन्माइरहने पक्का छ ।            
         

Read More

Dec 6, 2012

अम्बेडकरका तीन कुरा



               संदर्भ: ५७औं अम्बेडकर पुण्यतिथि 

सन् १९४९ नोभेम्बर २५ । भारतीय संविधानका जनक भीमराव अम्बेडकर तत्कालिन संविधानसभालाई आफ्नो अन्तिम सम्बोधन गर्दै थिए । त्यस अवसरमा उनले गरेका थुप्रै अर्थपूर्ण कुराहरुमध्ये मुख्यतः तीन कुराहरुको चर्चा लामो समयसम्म भइरहेको र भइरहने छ । आजको नेपालमा धेरै अघिका ती अम्बेडकर कुराहरु झन् बढी प्रासांगिक बनीआएका छन् ।


पहिलो, उनले हिंसात्मक राजनीतिलाई परित्याग गर्न आह्वान गरे । फिरंगीहरुको उपनिवेश बनेर रहनुपर्दा सडकमा निस्कने हाम्रो अधिकार थियो, अम्बेडकरले भनेथे, सायद बन्दूकै भिर्नु पनि हाम्रो अधिकार थियो । तर आज जमाना फेरिएको छ । स्वतन्त्र, सार्वभौम र लोकतान्त्रिक आजको भारतमा कुनै पनि गैरसंवैधानिक बाटाहरु सर्वथा अस्वीकार्य छन् । न्यायका निम्ति कानूनका बाटाहरु चौडा भएका बेला कानून हातमा लिन खोज्नु अराजकता हो, स्वतन्त्रता होइन- उनले स्पष्ट भनिदिए । अरुन्धती रोयहरुलाई असहमति जनाउने ठाउँ जति पनि छ । जमाना फेरिएको हाम्रोमा पनि उहिल्यै हो । तर तरुण दल, स्वयंसेवक ब्यूरो र यूथ फोर्सजस्ता अर्धसैनिक दस्ताहरु उमार्न हाम्रा नागरिक दलहरुलाई भ्याईनभ्याई छ । छापामा तिनका हर्कतहरु आजभोलि धेरै भो छापिएका छैनन् र ती सुस्ताएका झैं सुनिन्छन्, तर ढुक्क भए हुन्छ तिनका हर्कतहरु मिडियाका आँखामा छारो हाल्दै अविराम जारी छन् । मूल राजनीतिक नेतृत्वले नै हिंसालाई आफू फैलने अस्त्र बनाएर गुण्डाराज स्थापना गर्नपट्टि लागेपछि 'नयाँ नेपाल' जन्मेको हो । कुनै टाउके नेता छैन यहाँ, जसको उठबस कुनै डनसँग नहोस्, कुनै हतियार माफियासँग नहोस्, कुनै तस्कर गिरोहसँग नहोस् । परिणाम छोटा राजनहरुको क्रिडाभूमि बनेको छ मुलुक । मिलन चक्रे र दिपक मनांगेहरुको गोजीमा अटाएको छ सुरक्षा संयन्त्र । जोरी खोज्यो कि त रमेश खरेलको हाल ।

अम्बेडकरको दोस्रो घतलाग्दो कुरो थियोः व्यक्तिपूजाको । धर्मकर्ममा लागेकाहरुले त मूर्तिपूजा गर्छन्, आआफ्ना भगवानलाई ढोग्छन्; यो धर्ती छोडेपछि मोक्ष प्राप्त गर्ने लालसा हुन्छ उनेरुको । अम्बेडकर भन्छन्- तर राजनीतिमा भक्ति भनेको पतनको बाटो हो जसले अन्ततः अधिनायकवादमा पुर्याउँछ । यति भनिसक्दा नेपाली राजनीतिका शक्तिपुरुष प्रचण्डको याद किन नआओस् । उनको जति देवत्वकरण सायदै अरु कसैको भएको होला यो मुलुकमा । एक त कम्युनिष्ट पार्टीको लेपन, त्यसमाथि 'भूमिगत काल' भन्दै नेतृत्वको केन्द्रीकरणका नाममा हुनुसम्मको प्रचण्डपूजा गर्न लगाइयो त्यहाँ । जुनसुकै कार्यक्रम होस्, माक्र्स, लेनिनकै तहमा प्रचण्डको फोटो झुण्ड्याउनुपर्ने, लेख लेख्दा पनि प्रचण्डको कोटेसन उद्धरण गर्नुपर्नेदेखि लिएर मार्गनिर्देशक सिद्धान्तका रुपमा प्रचण्डपथ बनाउनुपर्नेसम्मका घटनाहरु प्रचण्डको उग्रव्यक्तिवादका द्योतक  हुन् । खुला राजनीतिमा आइसकेपछि त झन् प्रचण्डको सत्ता र शक्तिमोह बच्चाले पनि बुझेको कुरा हो । भैंसीपूजा गर्ने 'नास्तिक' प्रचण्डले आफूलाई हरतरहमा देवताका रुपमा प्रोजेक्ट गर्न रहर गर्नु उनले समातेको पतनको बाटो हो । जेरीझैं जेलिएको राजनीतिका गाँठा सुल्झाउन उनको भूमिकाको केन्द्रियतालाई नकार्न सकिन्न, तर हरेक संगीन मुद्धालाई आफ्नो व्यक्तिगत नाफाघाटाको आलोकमा हेर्ने प्रचण्ड चस्मा चाँडै नफेरिने हो भने त्यो अन्ततः सर्वहाराको अधिनायकत्वका नाममा प्रचण्डको हिटलरीकरण हुने असफल प्रयत्नमा टुंगिने छ । युद्धको ज्वालामुखीबाट निस्केको प्रचण्डले त्यो हदको मूर्खता गर्लान् भनेर मलाई पत्याउन भने मन लाग्दैन । बाबुराम भट्टराइको देवत्वकरणले सिकाएको पाठ प्रचण्डले मात्रै किन, हामी सबैले आत्मसात गर्नुछ ।

अम्बेडकरको अन्तिम कुरा थियो: राजनीतिक प्रजातन्त्रको आधार भनेकै सामाजिक प्रजातन्त्र हो । अर्थात् सामाजिक प्रजातन्त्रको बलियो जगबिना राजनीतिक प्रजातन्त्रको जग बलियो हुनसक्दैन । आजको नेपालमा पनि भोट हाल्न पाउने, बोल्नलेख्न पाउने राजनीतिक प्रजातन्त्र त छ । तर जनतामैत्री सामाजिक प्रजातन्त्र छैन । स्क्यान्डिनेभियन मोडेलको लोककल्याणकारी राज्य त परैको कुरा भो, बीपीले परिकल्पना गरेको 'प्रत्येक नेपालीलाई कम्तीमा आफ्नोजत्तिको हैसियतमा पुर्याउने' सपना पनि मेलम्चीजस्तै अलपत्र पर्यो । भारतमै पनि अकबेडकरको भाषणले ६ दशक कटाइसक्दा पनि सामाजिक प्रजातन्त्रको जग बस्न सकेको छैन । आर्थिक विकास चरमचुलीमा पुगिसक्दापनि नक्सलवादीहरु घटेका छैनन् । बेलाबेला दन्तेवाडाहरु जलिरहेका छन्, जन्तरमन्तरले आक्रोस पोख्न छाडेको छैन । नेहरु र बीपीको  समाजवाद विश्वबैंकसँग सट्टापट्टा भएको छ । औपचारिक प्रजातन्त्र फस्टाएको छ, त्यसको ठेक्का लिएका टाउकेहरुलाई हिउँदमा पनि दशैं नै लागेको छ । उता सामाजिक प्रजातन्त्र भने खोक्रिएको खोक्रिएकै छ, निम्न र मध्यमवर्गीय गरिखानेहरु ख्याउटिएको ख्याउटियै छन् ।  
     


Read More

Dec 4, 2012

पुष्पा मामुका नाममा



भताभुंग राजनीतिका कारण चारैतिर विरक्तिमात्रै छाएका बेला पुष्पा बस्नेतले सीएनएन हिरोको उपाधि जितेको सम्बन्धी समाचार पढ्न पाउनु गौरवको विषय हो । विविध कारणवश कारागारमा परेका आफ्ना बाबु वा आमासँगै जेलको कष्टकर जीवन भोग्न बाध्य पारिएका निरापराध केटाकेटीहरुलाई त्यहाँबाट निकालेर सहारा र माया दिदैं हुर्काउनेबढाउने पुष्पाको कामको जति नै तारिफ गरेपनि कमै हुन्छ । सधैं नकारात्मक खबरहरु सुन्न अभ्यस्त हाम्रालागि देशमा केही पनि राम्रा कामहरु भएकै छैनन् भन्ने लाग्छ तर धिमा गतिमै सही, यहाँ थुप्रै नेपालीहरु छन् जो चुपचाप आ-आफ्नो कर्मक्षेत्रमा निस्वार्थ तवरले दत्तचित्त भई खटिरहेका छन् । यसअघि पनि मानव बेचबिखनका विरुद्ध क्रियाशील अनुराधा कोइरालाले सोही उपाधि पाउँदा अन्र्तराष्ट्रिय मञ्चमा नेपालको शीर ठडिएको थियो । अहिले पनि अर्की चेलीले नेपालको नाम चम्काउँदैगर्दा भन्न मन लागेको छ -गतिला मान्छेहरु पनि प्रशस्तै छन् यो देशमा । जतिखेरसुकै राजनीतिलाई सत्तोसराप गरेर ‘यो देशमा कहिल्यै केही हुनेवाला छैन’ भनेर बम्कनुभन्दा आफ्नो क्षेत्रबाट जेजति सकिन्छ, इमान्दारीपूर्ण ढंगले गर्ने हो भने ‘गरेर के हुँदैन र’ भन्ने कुराको ज्वलन्त प्रमाण बनेकी छिन् पुष्पा ।
आफ्नो व्यक्तिगत लाभहानीको हिसाबकिताब नगरी अप्ठ्यारामा परेकाहरुको सेवामा जुट्नुजत्तिको पुण्य अरु केही छैन । पुष्पाले यही पुण्य कमाइन् । मात्र २१ वर्षकै खाउँखाउँ लाउँलाउँको उमेरमा उनले समाजसेवाको यो पवित्र क्षेत्रमा हामफालिन् । उनको जस्तो असाधारण निष्ठा, त्याग र लगन हामीजस्ता साधारण मनुवाहरुमा भेट्न गाह्रै होला, तैपनि जुन ढंगबाट संभव हुन्छ, आफू थोरै रित्तिएर अभावमा पिल्सिएकाहरुको भाँडो भरिदिन हामी तम्तयार हुनैपर्छ । ऐयासी जीवन जिउनसक्ने हैसियत भएको पारिवारिक पृष्टभूमिबाट आएका अनुराधा कोइराला वा पुष्पा बस्नेतहरु त्यसप्रकारको मोजमस्ती त्यागेर बिचल्लीमा परेका दीनदुखी मानिसहरुको सेवामा होमिन आइपुग्छन् भने हामी पनि आफूले सकेजति अरुको सेवामा आफूलाई पोख्न किन नसक्ने ? खाँचो छ त केबल इच्छाशक्तिको ।


सीएनएन हिरोका रुपमा उनले पाएको प्रसिद्धिले उनको कामको संसारैभरि प्रचार मात्रै भएको छैन, उनको बाटो पछ्याउन चाहनेहरुलाई पनि पुठ मिलेको छ । पुरस्कारस्वरुप उनले पाएको ठूलो रकमले उनको काममा पनि थप टेवा पुग्नेछ । अरु धेरै नानीहरु जेलको अन्धकारबाट पुष्पा मामुको उज्यालो छहारीमा भविष्य कोर्न आउनेछन् । यस मानेमा हामी सबै नेपालीहरु, जसजसले भोट गरेर पुष्पा मामुलाई सीएनएन हिरोको उपाधि चुम्न सघायौं, पनि बधाईका पात्र बनेका छौं । यो खुशीको पलमा यत्ति कामना गरौं- पुष्पा मामुको सेवाभाव टाढाटाढासम्म फैलिरहोस् ।        

Read More

Nov 24, 2012

पालो कांग्रेसकै तर छ के साहस ?


                       
विगत केही महिनायता कतिपय क्षेत्रबाट अपेक्षा गरिएबमोजिम नै राष्ट्रपतिले शुक्रबार नयाँ प्रधानमन्त्रीका निम्ति साझा उम्मेदवार आह्वान गरेर पोखरीको पानीझैं जमेर बसेको राजनीतिलाई गतिशीलता दिने जमर्को गरेका छन् । तर कति गर्दा पनि अहिलेसम्म मिल्न नसकेको कुरो राष्ट्रपतिको आह्वान आउनेबित्तिकै सातादिनको समयसीमाभित्र फ्याट्टै टुंगो लागिहाल्नेछ र राजनीतिक दलहरुबीच मिलापत्र भई नयाँ सहमतीय सरकारको गठन हुनेछ भन्नेमा जनतालाई एकरत्ति विश्वास छैन । किनकि लुट्न पाइने कुराहरुजति जम्मैमा एकढिक्का भएर राष्ट्रिय ढुकुटी रित्याउने तर राष्ट्रिय महत्वका विषयहरुमा भने मेरो गोरुको बाह्रै टक्का गर्दै खोंचे थापिरहेर देशलाई बन्धक बनाइरहने यी आत्मघाती खेलाडीहरुले प्रधानमन्त्रीको कुर्सीलाई त्यति सजिलै आ-आफ्ना हातबाट उम्कन देलान् भनी कसरी पत्याउनु ? हाम्रा दलहरु यतिसम्म निकम्मा देखिएका छन् कि, सबै राजनीतिक दलहरुबीचको सहमति त परैको कुरा भयो, उनीहरुभित्र नै बग्रेल्ती उम्मेदवारहरु दौरासुरुवाल सिलाएर ठिक्क परीबसेका छन् र कसलाई प्रधानमन्त्री बनाउने भन्नेमा दलगत गुटहरुभित्रै सम्म रस्साकस्सी छ ।

यस्तो दुर्दान्त अवस्थामा म्यादभित्रै सहमति गरी दलहरुले नयाँ सरकार गठन गर्न सक्षम भए त्यसबाट नयाँ चुनावका निम्ति वातावरण बन्ने मात्र नभई जनतामा पनि एकखालको उत्साहको संचार हुनेथियो । यद्यपि यसतर्फ सम्भावना ज्यादै कम देखिन्छ । तोकिएको समयभित्र पार्टीहरुबीच सहमति नभए राष्ट्रपतिले निर्वाह गर्नसक्ने भूमिका पनि त्यसपछि संविधानतः बाँकी रहनेछैन, जुन कामचलाउ बाबुराम सरकारका निम्ति संजिवनीको बुटी ठहर्नेछ । विपक्षीका भागमा त्यतिबेला हुनैनसक्ने आन्दोलनको राग अलापिरहनुको विकल्प हुनेछैन । यसतर्फ पनि सोचविचार गरी अघि बढ्ने हो भने राष्ट्रपतिले दिएको यो मौकाको विपक्षीहरुले सही उपयोग गर्न सक्नुपर्छ जसका निम्ति कुर्सीलाई नै केन्द्रविन्दु बनाएर बैठक बस्ने प्रथाको अन्त्य पहिलो सर्त हो ।

आलोपालो सत्ता भागबण्डाको थिति बसेको मुलुकमा पालो अब कांग्रेसकै हो, तर प्रश्न छ- के उसले म्यादभित्र आफ्नोतर्फबाट सर्वसम्मत उम्मेदवार पेश गर्नसक्छ ? सक्छ भने माओवादीलगायत सबैले उसलाई स्वीकार्नुपर्छ र ढिलो नगरी चुनावको बाटो तय गर्नुपर्छ । आखिर सवाल निष्पक्ष चुनाव गराउनसक्ने सरकार बनाउनेसित हो भने यसमा कांग्रेसको ट्रयाक रेकर्ड राम्रै देखिन्छ । तर यदि म्यादभित्र सर्वसम्मत उम्मेदवार दिननसक्ने हो भने त्यो दलहरुको नालायकीको थप परिचय हुनेछ र यही सरकारको निरन्तरता र यही सरकारअन्तर्गतको चुनावको विकल्प रहनेछैन ।  
                                                 
                                                                                                         
                                                                                                       
Read More

YET ANOTHER SYNDROME- THE SLEEPING BEAUTY SYNDROME



  Early in the morning, many of us are used to getting frankly irritated by the ‘taai taai & tuu tuu’ of our alarm clocks. Making commitment to oneself that I’ll get up early tomorrow and study or for that matter do any other chores remaining, one falls in the bed early with the alarms on his clock or mobile on, only to snooze or stop it every 5 or 10 minutes the next morning. Unable to resist the temptation to nap a little more, the vicious cycle continues and we end up waking 2 or so hours late. This phenomenon is even more so in this chilling winter (remember the warmness of the siraks &blankets) which manifests itself in our late arrival to colleges/offices with all that rush to do things in haste.
  Yes, not everyone has that privilege, but if granted, everyone can sleep for quite more a time than what is considered the minimal requirement of sleep for that particular age group (exceptions of sleep disorders aside). However, I bet you my bottom dollar that let alone do it, you cannot even imagine of sleeping nonstop for 64 days in a row. Mind it, 64 days is not a joke. Up to 4-5 hours more than normal, we can do it, we have done it! If it were an Olympic event, I hope some of us can even manage it up to a day. But, gosh! 64 days is a terrific figure.
Nicole Delien- the modern day Kumbhakarna
  I’m not being Hawa by talking about this, but rather am writing to tell that there do exist people who have achieved this remarkable feat. Oh! not voluntarily, they are indeed afflicted with a rare disorder, SLEEPING BEAUTY SYNDROME as some prefer to call it. The medical lexicon has its own term- KLEINE- LEVIN SYNDROME. Nicole Delien, a 17 year Pennsylvania girl, is one such sleeping beauty battling the monstrous syndrome, as reported by the Western press.
                   
                  What exactly is it?

  Niraj Ahuja’s ‘A Short Textbook of Psychiatry’ defines it as a rare syndrome characterized by: Hypersomnia (always present), Hyperphagia (usually present) and Hypersexuality (associated at times) . When a typical episode of SBS begins, the patient becomes progressively drowsy and sleeps for most of the day and night, waking only to eat and go to the bathroom, says the Kliene-Levin Foundation website. Very little was known about its causes and treatment until recently. But, Time magazine reports that in the patient's spinal fluid, the scientists have discovered a previously uncharacterized chemical that stimulates the GABA-A receptor. As the GABA-A receptor is the target where the sedatives and anaesthetics act, it has given fresh hopes that FLUMAZENIL, a GABA antagonist might block or reverse the effects of the unknown agent that was activating GABA-A receptors in SBS.

A few months ago,ABC News profiled a British teen Eric Haller, who had lamented: “When I go through it, it’s complete hell for me. It doesn’t feel real & it’s hard to understand what people are saying. It’s so frustrating because I can’t understand”. It’s precisely to soothe the hardships endured by such modern day Kumbhakarnas that much research needs to be done.
  

 

Read More

Nov 20, 2012

उर्गेनको घोडाबाट उत्रिसक्दा


               

लेखकलाई पाठकले चिन्ने मूलत: उसका शब्दहरुबाटै हो । युग पाठकलाई मैले कान्तिपुरबाट चिनें । संविधानसभाको चुनाव भर्खरै सकिएको थियो, पूरै आधा पेज ढाकिने गरी ‘इतिहासको गति रोक्ने प्रयास’ शीर्षकमा लामो पाठकपत्र छापियो कान्तिपुरमा । यिनै पाठकले लेखेको त्यो पाठकपत्र मलाई त्यतिबेला असाध्यै शक्तिशाली लाग्यो । नारायण वाग्ले सम्पादक थिए तीनताक र अहिलको हिमाल मिडियाझैं त्यसबेला कान्तिपुर लागेको थियो माओवादीको तेजोवध गर्ने अभियानमा, मिसन पत्रकारिताको झल्को दिने गरी । बलिदानी संघर्षको भट्टीबाट खारिएर आएको माओवादीप्रति जनताको अधिक आशा र विश्वास रहेको त्यो बेला जनमत निर्माणमा ठूलो भूमिका खेल्ने कान्तिपुरजस्तो पत्रिकाले जनताले जिताएको त्यही शक्तिका पछि हात धोएर लागेको स्थिति मलाई एकरत्ति चित्त बुझेको थिएन । यही पृष्ठभूमिमा ‘कान्तिपुरका पाठक यसैकारण ध्रुवीकृत हुँदैछौँ, तपाईंलाई ज्ञात रहोस्’ भन्दै सम्पादकका नाममा युग पाठकले लेखेको त्यो पत्रले मेरो आफ्नै भावना बोलेको सुनें, मलाई भित्रैदेखि हल्लाउन सफल भयो त्यो । १८ वर्षे भर्खरको ठिटो हुनुको नाताले पनि होला, म्हेन्दोलाई उर्गेनको सेतो घोडाले उत्पात उद्धेलित बनाएझैं, अहिले सम्झँदा अचम्म लाग्छ, भयंकर रुपमा उद्धेलित बनाइरह्यो कैयौंदिन । कम्तीमा पनि ८-१० चोटि त पढेंहुँला त्यसदिन मात्र त्यो पत्र ।
खगेन्द्र संग्रौलाको शब्द खेलाउने शिल्प र कृष्णज्वाला देवकोटाको आक्रामक लेखनशैलीको फ्यान रहेको मेरो फ्यानलिस्टमा त्यसपछि नै थपिएका हुन्- युग पाठक । तर विडम्वना, म उनको यस्तो गजबको फ्यान भएको छु जसलाई उनको पहिलो उपन्यास पढ्न नै बल्ल समय जुरेको छ, प्रकाशित भएकै अढाई वर्ष गुज्रिसकेपछि  । युग सोच्दा हुन्- यस्ता स्वघोषित फ्यान पनि छन् हाम्रो नेपालमा । तर क्यार्नु युग सर, मेडिकल विद्यार्थी हुनुको पीडै यही हो । भो, गन्थन नलम्ब्याइकन अब म विषयमा अर्थात् भर्खरै पढिभ्याएको ‘उर्गेनको घोडा’ भित्र प्रवेश गर्न चाहन्छु ।
नेपाली समाजले भोगेको दशक लामो रक्तरञ्जित जनयुद्धका बारे पछिल्लो समय व्यापक साहित्य लेखिएका छन् । तीमध्ये कतिले जनयुद्धको महिमागान र गौरवगाथा मात्रै गाएका छन् भने कतिले यसलाई फगत नृशंस हत्याहिंसाको ताण्डवनृत्यसँग जोडी घृणागीत रचेका छन् । एकथरि लेखकहरुको कित्ता छ जो स्वीकार्नै चाहन्न कि नेपाली जनयुद्ध यसका नेताहरुको मनोगत लहडबाजीका भरमा नभई यहाँको समाजमा विद्यमान चरम शोषण अनि असमानताले जन्माएको तीव्र आक्रोशले सञ्चालित थियो । यो कित्ता आफूलाई निरपेक्ष शान्तिवादीका रुपमा प्रोजेक्ट गर्ने हठ गर्दै यथास्थितिकै पक्षपोषणमा रमाउँछ र समाजको गर्भमा रहेको गहिरो असन्तुलन सच्याउने कुरामा गम्भीर विमति राख्दछ । अनि यहीं छ अर्कोथरि लेखकहरुको कित्ता, जो सोच्दछ युद्ध र बलिदानको कीर्तिमान खडा गर्नसक्नु नै सबथोक हो । धरातलीय यथार्थ के छ, शक्तिसन्तुलनको स्थिति कस्तो छ, विश्व परिदृश्य कसरी अघि बढ्दैछ, यी कुरासँग कुनै लिनुदिनु छैन । बस् सगरमाथाको चुचुरोमा लालझण्डा गाड्ने अमूर्त लिंढेढिपीमा रमाउनु नै यो कित्ताको चारित्रिक विशेषता रहीआएको छ । ‘पल्पसा क्याफे’ मा नारायण वाग्लेले पहाड बिथोलिएको एकोहोरो रटान दिने तर बिथोलिनुका पछाडिको स्वभाविक कारणहरु समेत खनिखोतल्ने लेठो नगर्नुले उनको कृति हलुका पारिदिएको थियो । भलै युवापुस्तामाझ पल्पसा क्याफेजत्तिको लोकप्रिय कृति यो दशकभरि नै अर्को हुन सकेन । युवापुस्ताको दिल छुने भाषाशैली, मध्यमवर्गीय पात्रहरुको बाहुल्यता अनि युद्धविभिषिकाले जर्जर मानसिकताको चिरफार आदिले गर्दा यो कृतिको महत्व भने रहन गयो । नेपालीमात्रले भोग्नुपरेको त्यो कठिन कालखण्डको दस्तावेजका रुपमा आकाशगंगाको तीरैतीर, छापामारको छोरो, सुकरातका पाइलालगायतका अरु कृतिहरु पनि आए । मूलत: तिनमा मानवीय संवेदनाको पाटो बढी हावी हुन्थ्यो, हत्याहिंसाको भयानक त्रासदी पोतिनुका अलावा मर्नेमार्ने त्यस विभत्स खेलको कडा निन्दा अनि भत्सर्ना हुन्थ्यो । अपितू एकदुइटा पिछडिएका धुलौरे गाउँबाट बीस-तीसजना सिंगाने केटाकेटीले सल्काएको आगो दुईचार वर्षमै पूरा देशै लपेट्ने गरी डढेलोसरी फैलनुका पछाडिको पहेंली सुल्झाउनतर्फ भने यी कृतिहरुले कुनै भूमिका खेल्न सकेनन् । फलत: अन्यायी व्यवस्थाका विरुद्ध समतामूलक समाज निर्माणको यज्ञमा विद्रोहीहरु होमिएका बेला युद्धका एजेण्डाप्रति निरपेक्ष बस्दै मूर्दा शान्तिको राग अलापेर मात्रै त्यत्रो दुर्दान्त समस्याको समाधान हुन्थेन, भएन । आखिर, अन्यायविहीन अवस्थाको नाम पो शान्ति हो न कि युद्धविहीन अवस्था ।
 त्यसैसमय ऋषिराज बराल, आहूतिलगायतका माओवादी या कतिपय अन्य वामपन्थी लेखकहरु भने जनयुद्धको अतिरञ्जनापूर्ण बखान गर्ने कर्ममा लागिपरे । उनीहरुलाई पढ्दा यस्तो लाग्थ्यो, मानौं गरिबी बरदान हो; अनन्तकालसम्म सशस्त्र संघर्षमा होमिइरहनु नै जीवनको सौन्दर्य हो र धनीहरुजति जम्मै जालीफटाहा हुन्, तिनीहरुको छाला काढ्नुपर्छ ।  समाजमा रहेका माथिल्लो वर्गका मानिसप्रति घृणाभाव फैल्याउने होइन, बरु भूइँतहका मान्छेलाई माथि उचालेर उनीहरुको समस्तरमा पुर्याउने हो; त्यसैका निम्ति पुरानो व्यवस्था भत्काएर नयाँ थिति बसाल्न क्रान्तिको बिगुल फुक्नुपरेको हो भन्नेसम्ममा पनि स्पष्ट थिएनन् उनीहरु ।
भन्नेहरुले युग पाठक पनि जनयुद्धलाई अति रोमान्टिसाइज गर्ने उही ड्यांगको मूला न हो भन्ने टिप्पणी नगरेका होइनन् । तर उनका प्रशस्त फुटकर लेखहरु र एउटा सिंगै उपन्यास भ्याइसकेको नाताले भन्दा कम्तीमा मलाईं चाहिं उनी शास्त्रीय संकीर्ण वामपन्थका अन्ध उपासक लागेनन् । साधनभन्दा पनि साध्य पवित्र हुनुपर्छ भन्ने स्कुलबाट आएकाले ‘उर्गेनको घोडा’ ले जनयुद्धभित्र लडिएको वर्गीय अनि पहिचानको लडाईंको धुँवादार समर्थन त गरेको छ नै । तथापि, माडी घटनाको उल्लेख गरेर होस् या नश्लवादले प्रेरित भएर छापामारको एउटा समूह छुट्टै जातीय सेना बनाउने नाममा टुक्रिएको प्रसंग झिकेर होस्, लेखकले बर्बर युद्धउन्माद अनि साम्प्रदायिक विग्रहका पक्षमा कतैपनि सहीछाप गरेका छैनन् ।
वर्गीय मुक्ति अनि इतिहासले ठगेर पाखा पारेका जातजातीहरुको पहिचानको एजेण्डा बोकेको जनयुद्धसँग उपन्यासको प्रष्ट पक्षधरता झल्कन्छ । मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवातिर बढी संख्यामा रहेका तामांगहरुको कथा छ, उपन्यासको केन्द्रीय प्लटमा । सम्पूर्ण शासनसत्ताको बागडोर सम्हालेको राजधानीको आँगनैमा थातथलो भएर पनि तामांग जाति सीमान्तकृत छ । भेंडो जातिको उपमा पाएको छ । भोटेका नाममा अपहेलित छ । भरिया, हुक्के, बैठके र खेताला हुनुभन्दा बढी उद्देश्य नै राख्नसकेको छैन । छोराजतिको लेखान्त शंखदरबारबाट निलिनु छ भने छोरी जति इन्डियाका कोठी र सर्कसमा बेचिन अभिशप्त छन् । यतिसम्म पिछडिएको छ कि नुवाकोटमा एउटा यस्तो गाउँ पनि रहेछ जहाँ एउटै घर छैन किड्नी नबेचेको । नभएका होइनन्, यो देशमा मधेशीका आफ्नै दःखका पोकाहरु छन्, दलितका आफ्नै वेदनाका आँशुहरु छन् र छन् सुदुरपश्चिमसँग आफ्नै गुनासोका थैलीहरु । उपन्यासमा प्रस्तुत तामांगको कथा पनि वास्तवमा कथा होइन, कटु यथार्थ हो । विभिन्न मिथक, किंवदन्ती र कथाकुथुंग्रीलाई आधार बनाउँदै तामांग जाति इतिहासमा लडाकू र सम्पन्न जाति रहेको तर अनेकौं जालझेल र कपट गरेर खसहरुले धकेल्दै धकेल्दै अनकन्टार पहाडी खोप्चा र भीरपहराहरुमा सीमित पारिदिएको कुरा उपन्यासमा उल्लेख छ । अत्यन्तै विकट र कष्टकर भूगोलमा खुम्चिसकेपछि उनीहरु त्यस्तै जीवनशैलीमा अभ्यस्त हुँदै जान्छन् र शिक्षाको अभावमा आफ्नो गौरवशाली अतित खोतल्ने सामथ्र्य गुमाउँदै गएर आफ्नो सम्भाव्य उज्यालो भविष्यको ढोकामा पूर्ण रुपले चुकुल लगाउन पुग्दछन् । कालान्तरमा रुपचन्द्र विष्ट पुग्छन् गाउँका कुनाकाप्चा चाहार्दै र खोज्न अह्राउँछन् आफ्नो पुर्खाको इतिहास र सभ्यता । रुप्चनकै जनजागरणले जन्माउँछ उपन्यासकी नायिका म्हेन्दोलाई । म्हेन्दो नै नाम गरेकी तामांग पात्रमाथि उहिल्यै नै महाकवि देवकोटाले कविता लेखिसकेको भन्ने सुनेको हुँ। त्यसबाहेक तामांग जातिको नायकत्वमा लेखिएको सम्भवतः यो नै प्रमुख कृति हो । पहिचानको लडाईंमा राजनीति बल्झिएको यो बेला यो कृतिको यसकारण पनि अतिरिक्त महत्व छ ।
तामांगहरुको प्राचीन सभ्यतामा रहेको उर्गेन नामधारी अनन्य साहस भएको वीर योद्धा र उसको हिउँझैं सेतो घोडाले उपन्यासभरि नै एउटा विचित्रको रोमाञ्चकता पैदा गरिरहन्छ । जनयुद्धको भंगालोमा म्हेन्दो यसकारण हेलिन्छे कि उर्गेनको अतृप्त आत्मालाई शान्ति दिलाउन ऊसामु अर्को विकल्प छैन । युद्धका दौरान उसको मानसपटलमा खेल्न आइरहने त्यही घोडाको विम्बले गर्दा नै उच्चस्तरको रणकौशल देखाउन सक्षम हुन्छे ऊ । याम्बु हमलाका क्रममा गोली लागेर मर्दैगर्दा ट्वाल्ल सेता घोडाहरुको फौज देखिरहेका उसका आँखा भन्छन्: “उर्गेन! ताम्सालिंग आदिभूमिको स्वाभिमान जोगाएँ मैले, हेर म बहादुरीका साथ लडें र मृत्युलाई बहादुरीका साथ स्वीकार गरें ।”
ताम्सालिंगको नाम उल्लेख गर्नेबित्तिकै ‘ए! यो त जातिवादी, देश टुक्रयाउने विचारको मान्छे रहेछ’ भन्ने आरोपहरुको बाढी खेप्नुपर्ने बेला हो यो । मगरात, थरुहट, लिम्बूवानजस्ता नाममै एकल जातीय आधिपत्यको भूत देखेर ऐतिहासिक संविधानसभाको हत्या गरिएको समय हो यो । कम्तीमा विषयवस्तुलाई सम्पूर्णतामा नबुझिकनै यस्तो हाउगुजीमा सामेल भएकाहरुलाई यो उपन्यासले विषयवस्तु बुझ्न थोरै भएपनि मद्दत गर्नेछ । निःसन्देह मुख्य सवाल वर्गीय असमानताकै हो, यद्यपि वर्गीय असमानताको वृहत समस्याभित्र जातीय असमानता पनि समस्याको एक अंश हो भन्ने कुरा स्वीकार गर्न जति ढिला हुँदै जान्छ, समस्याको आयातन उति चौडा हुँदै जानेछ, खुम्चिने बिल्कुल छैन । आर्थिक हैसियतका आधारमा दलितहरु जति पिछडा बाहुनहरु पनि अवश्यै छन् तर कुरोको चुरो के भने दलित भएकै कारण उनीहरु अतिरिक्त दलनमा परेका छन् । जातकै कारण अतिरिक्त दलनमा पर्नुपर्ने यो अन्यायी व्यवस्थाको अन्त्य गर्नेतिर सबै जुट्नसके राष्ट्रिय अखण्डताका मौसमी नाराहरु बेला न कुबेला उरालिरहने दुःख बिसाउनुपर्थेन कि ?
अन्तिममा एउटा गुनासो: पुस्तकले चौथो संस्करण छिचोलिसक्दा पनि शुद्धाशुद्धीहरु नसुध्रिंदा भने खिन्न भएँ । पढ्दै जाँदा भेटिएका प्रशस्त व्याकरणिक त्रुटिहरुले नेपाली साहित्यमा खड्किएको कुशल सम्पादकको अभावलाई अझ टड्कारोसँग महसुस गरियो ।

 

         

       

Read More

Oct 17, 2012

लघु उपन्यासका विराट आयाम


    बजारमा 'लू' कै चर्चा सेलाइसक्यो....यहाँ मलाई भने डेढ दसक बुढो उलार रिभिजिट गर्ने जाँगर चल्यो....

मध्यपश्चिमको एउटा प्रमुख केन्द्र नेपालगञ्ज म सिर्फ एकचोटि गएको छु । त्यो पनि धेरै सानो छँदा, सायद ०५५ सालतिर । घनघोर रात परेको बेला थियो त्यो र अहिले जोड लगाएर सम्झँदा पनि कानैभरि भुन्भुनाएका लामखुट्टेसिवाय केही याद आउँदैन । 'उलार' त्यसै समय निस्केको कृति हो । नयनराज पाण्डेले लेखेको यो लघुउपन्यास नेपालगञ्जकै एकजना रिक्साचालक प्रेमललवाको दैनन्दिनको संघर्षको सेरोफेरोमा छ ।

'सबाल्टर्न' भन्ने शब्दले आजभोलि एकेडेमिक डिस्कोर्सको घेरा छिचोलिवरी सामान्यजनमा स्थापितै भइसक्यो । सञ्जीव उप्रेती, अभि सुवेदी, तारालाल श्रेष्ठहरु यो शब्दको खुबै प्रयोग गर्छन् भने उता शरदचन्द्र वस्तीजस्ता भाषाविज्ञानका हस्तीहरु ठ्याक्कै त्यही अर्थ आउने अनेकन् नेपाली शब्द हुँदाहुँदै सबाल्र्टन नै किन चाहियो भनेर औंलो ठड्याउँछन् । खैर, उलारमा प्रेमललवा पनि सबाल्टर्न पात्रका रुपमा प्रस्तुत छ र उसका लागि बोलिदिएका छन् पाण्डेले । नेपालगञ्जतिरै बोलिने खाँटी रिक्सावाल भाषाले संवादमा मिठास र मौलिकता थपेको छ, जुन बुझ्न उतिसारो गाह्रो पनि पर्दैन । दांग र महेन्द्रनगरतिरका थारु भाषाहरुको स्वाद लिइसकेकाले मेरा लागि पनि ती संवादहरु अबोधगम्य फिटिक्कै थिएनन् । बरु छुट्टै मजा र स्वादका थिए । यद्यपि भाषिक मिठासका लागि  मात्रै पढिनुपर्ने किताब होइन यो ।

२०४६ सालपछि देशमा प्रजातन्त्र फिरेपनि तल्लो तहका जनताको भाग्य नफिरेको दुखद यथार्थको अभिलेख हो यो । सोझासिधा  प्रेमललवाहरुले आफ्नै बाआमालाई जसरी विश्वास गरेर राजेन्द्रराजहरुलाई चुनावमा जिताउन ज्यान फालेर लाग्नेगरेको कथा हो यो । तिनै राजेन्द्रराजहरुले प्रेमललवाको सोझोपनको फाइदा उठाँउदै क्षतिपूर्ति  दिलाइदिने नाममा भएको सानो झुप्रो पनि बेचिदिने र ९० हजारको कागजमा सही गराएर ३० हजार मात्रै हात लगाइदिने अत्यन्तै कमिना प्रवृतिको वृतान्त हो यो । बाँकी ६० हजार बीचैमा कसले झ्वाम पार्यो भनी कुनै खोजीनीति नगर्ने बरु त्यही ३० हजार पनि बल्लतल्ल दिलाइदिएकोमा अनुग्रही हुने निरीह प्रेमललवाको चरित्रचित्रण हो यो । दुई छाक टार्न र एकसरो लाउन आफ्नो शरीर गिजोल्नदिनुपर्ने द्रौपदीको विवशता हो यो । आफूलाई त्यत्रो भोट दिएर पावर सेन्टर बनाइदिने तिनै मतदाताहरुलाई सिहदरबार र बालुवाटारको गोलचक्करमा फसाएर हत्तुहैरान पार्ने शान्तिराजाहरुको कृतघ्नताको दस्ताबेज हो यो । परेको बेला पे्रमललवालाई साथी कलुवाले स्वास्नीसँग लुकाएर दिएको २५ रुपैंया अनि कलुवासँग लुकाएर स्वास्नीले दिएको २५ रुपैंया भूमिका लेख्ने श्यामलकै भाषामा वर्गीय प्रेमको अनुपम अभिव्यक्ति हो यो । प्रजातन्त्रका निम्ति भनेर भूमिगतकालमा अनेकौं हण्डर बेहोरेका एकजना बूढा मान्छे पार्टी अफिसको कुनामा थेच्रिएर आक्रोशका भाषा बोल्नु भुईफुट्टा वर्गको कब्जामा पार्टी परेको दसी हो यो । भूईंमान्छेहरुमाथि लेख्ने कथाकार हुँ भनी गफ दिने अनि तिनै मान्छे ठगेर टाप्दिने लेखकहरुको चुतियापनको पराकाष्ठा हो यो । हातमुख जोर्नैका निम्ति जोसँगै  सुतिदने द्रौपदीले नै प्रेमललवाको गाडीभाडा जुटाइदिन आफ्ना कानका गहना फुकालेर दिनसक्ने उदारताले मानवीय संवेदना अझै मरिनसकेको प्रमाण हो यो । र साथै हो, दुइटा नितान्त फरक पार्टीका राजेन्द्रराज र शान्तिराजाको विचित्र चुनावी गठबन्धन हुने नैतिक मूल्यविहीन राजनीतिको दृश्टान्त यो ।

उपन्यासको केन्द्रीय कथानकमा छ- शान्तिराजाको विजय जुलुसमा हदभन्दा धेरै गुना कार्यकर्ताहरु चढिदिएर भएको टाँगाको उलार र वसन्तीको हत्या । ठीक त्यसैगरि नेपाली राजनीतिको केन्द्रमा फगत नेताहरुकै जयका निम्ति जुत्ता भइदिने जनताहरु छन् जसभित्र छिर्न तँछाडमछाड गरिरहेका छन् अनगिन्ति राजसी खुट्टाहरु । परिणामतः जुत्ता बारम्बार उलार भइरहेको छ र हत्या भइरहेको छ देशको । प्रेमललवाले अन्तिममा आएर सांकेतिक विद्रोहको गर्जन त गरेको छ, तर ठूल्ठूला विद्रोहहरु सफल भएर पनि परिवर्तन जरासम्म अनुभव हुन नसकेको तीतो यथार्थका सामु त्यसले पाठकसामु खासै उत्साह भित्र्याउन सक्दैन । जे होस्, भोग्नु भोगिसकेपछि प्रेमललवामा थोरै भएपनि चेतना र उत्तेजना भने बढेकै मान्न सकिन्छ ।

यति सानो उपन्यास यसअघि कहिल्यै पढेको थिइनँ । तर सवाल आकारको नभई गुदीको हो भन्ने तथ्यलाई यसले पुष्टि गरेको छ । ०५५ सालमा कुन प्रकाशनले यसलाई निकालेको थियो, थाहा भएन, तर आक्रामक बजार प्रवर्द्धन गर्ने गरेको फाइनप्रिन्टले यसलाई फेरि निकालेपछि भने पाउनुपर्ने जति चर्चा यसले बटुलेकै छ । अन्त्यमा भन्दा,  एउटा रिक्सावाल, एउटी वेश्या र एउटा फिल्मी पोस्टर टाँस्दै हिंड्ने ठेलावालका जीवनमाथि कुरुप राजनीतिले थोपरेको प्रताडनालाई यसले सजीव ढंगले उधिन्न सफल भएको छ ।      


Read More

Sep 30, 2012

अब त पाठ सिक्ने कि ?





                           
गत केही महिनायता ह्वात्तै बढेको सडक दुर्घटनाको श्रंखलामा पछिल्लोपटक कहालीलाग्दो विमान दुर्घटना पनि जोडिएपछि नेपालको यातायात सेवाको त्रासद चित्र संसारभरि नै प्रेषित हुनगएको छ । काठमाडौंबाट लुक्ला जान लागेको सीता एयरको जहाज उडेको केही मिनेटमै दुर्घटित भएर सबै यात्रुहरुले ज्यान गुमाउन पुगेको यो भयावह घटनाले यहांको सडक मात्र होइन, आकाश समेत ज्यादै असुरक्षित रहेको देखाएको छ । दुर्घटना भनेको त छिटपुट ढंगबाट कुनै प्राकृतिक प्रतिकूलता वा त्यस्तै भवितव्यले गर्दा कहिलेकाहीं मात्रै हुनुपर्ने हो तर नेपालमा भने दुर्घटनाहरु नियमितता बनेका छन् । यसका कारण खोतल्न र समाधानको बाटो पहिल्याउन जति ढिला हुंदै जान्छ, यस्ता दुर्घटनाहरुको सूचि उति नै लम्बिदैं जाने निश्चित छ । यस्ता हवाई दुर्घटनाहरुमा पर्वतारोहणका लागि विदेशबाट आउने पर्यटकहरु धेरै मात्रामा पर्ने गरेको तथ्यांक नेपाली पर्यटन व्यवसायका निम्ति पनि दुखद छ । हवाई सुरक्षाको डरलाग्दो चित्र प्रस्तुत गर्ने यस्तो घटना बढ्दै जानुले पर्यटकहरुलाई आश्वास्त पार्न झनै गाह्रो हुंदै जाने देखिन्छ ।
सरकारले छानबिनका निम्ति आयोग गठन त गरेको छ, तर यत्तिकैमा उसको दायित्व पूरा हुंदैन । यसअघि पनि पटकपटक हवाइ दुर्घटनाहरु हुंदा दुर्घटनैपिच्छे आयोगहरु नबनेका होइनन् । यद्यपि तिनका प्रतिवेदनहरु कतै कुनामा थन्किए, सुझावहरु बेवास्ता गरिए । नभए हवाई सुरक्षाजस्तो संवेदनशील कुरामा यतिविधि लापरबाही भएको भयै नहुनुपर्ने हो । अहिले बनेको आयोगले तयार पार्ने प्रतिवेदनको नियति पनि त्यै धूलोको गाता ओढेर थन्किने नहोला भन्ने कुनै आधार छैन ।



कहिले प्रकृतिको धोका, कहिले पाइलटको गल्ती त कहिले प्राविधिक गडबढी, विभिन्न बहानामा देशका होनहार सपूतहरुले अकालमै मृत्युवरण गरिरहेका छन् । वि.सं २०६३ मा डा.हर्क गुरुंगलगायतका थुप्रै विख्यात संरक्षणविद्हरुलाई पनि यस्तै दुर्घटनामा हामीले गुमाएका थियौं । नहुनु भइसकेपछि अब सरोकारवालाहरुको ध्यान आगामी दिनमा यस्ता त्रासदी कसरी रोक्न सकिन्छ भन्नेतर्फ नै केन्द्रित हुनुपर्छ । जस्तो कि शुक्रबारको घटनामा विमान चरासंग ठोक्किएर घटना भएको भनिएको छ । अन्यत्र पनि चराका कारण विमान दुर्घटनाहरु हुने गरेको सुनिन्छ जुन या त टेकअफका बेला वा ल्यान्डिंगका बेला नै धेरैजसो हुनेगर्छ । यसर्थ, विमानस्थलवरीपरीको आकाशबाट चराहरुलाई हटाउने कार्यक्रम ल्याएर हुन्छ वा विमानहरुको डिजाइन नै चराहरुको ठोक्काइसंग बढी प्रतिरोधात्मक हुने खालको बनाएर हुन्छ, सरकार र एयरलाइन्स कम्पनीहरु अब जुर्मुराउनैपर्छ । साथै पूराना आयोगहरुले निकालेका निष्कर्ष र सुझावहरु के कस्ता छन् र तिनीहरुको कार्यान्वयन गर्न सकियो भने कतिसम्म यसखाले घटनाहरु रोक्न सकिन्छ भन्नेतर्फ पनि अधिकारीहरु घोत्लनैपर्छ । त्यसैगरि हवाइ सुरक्षासम्बन्धी कडा मापदण्ड बनाउने र बढ्दो संख्यामा रहेका एयरलाइन्स कम्पनीहरुले पालना गरेनगरेको अनुगमन गर्ने कार्य पनि प्रभावकारी बनाउनुपर्छ । भवितव्यभन्दा ज्यादा लापरबाहीका कारण हुने यहांका पटकपटकका दुर्घटना अनि त्यसबाट हुने व्यापक मानवीय र भौतिक क्षतिबाट अहिले पनि पाठ नसिके कहिले सिक्ने ?
                                         

Read More

Sep 27, 2012

CHEATING BLUES


                                              
Little less than a month ago, Harvard University revealed that it was investigating over the alleged cheating by their students in a final year exam in one of its undergraduate courses. While it came as a shock to many, some of my college friends were in their cloud nine. They said that it was their ‘eureka moment’, for they had finally found the fitting answer to all those charges that belittled them as cheaters: Go see, even in Harvard, they do it!
Honestly speaking, cheating culture is deep-entrenched among the students in every society right from the lower classes in schools up to the university level. Majority of us have embroiled ourselves in cheating practices during our student lives in one form or the other. Return back to your memories of the yester years and you will certainly be amazed to recall how you would take along the ‘guess papers’ inside the examination hall well secured inside the socks; how you would make frequent whirlwind trips to the toilet or how you would encrypt the answers in the palms. But no doubt, coming to this high tech age, the experience has become even more enthralling given the power of cell phones and modern calculators with which we are equipped.
The crowd of parents and locals outside the exam halls during the much touted annual SLC exams bears testimony to the gravity of the situation. More embarrassingly, during such board examinations where the schools and colleges engage in a cutthroat competition to bring out the best results, the teachers themselves encourage such foul plays. They just desperately roam around here and there inside the examination hall in a ‘whisper in the ear’ drive. They even urge their students who are quite bright to assist the ones sitting beside them. The environment therein looks so chaotic that one can hardly believe it is the students taking their exams. The million dollar question now is: what is propelling us to resort to such unfair means? Have we lost the confidence to pass exams in a free and fair manner?
 Not that we study less, or that we are poor in studies, but yes, we have lost that precious factor: Confidence. We are in a constant pressure to excel in exams. No matter what the caliber of the student, parents and teachers expect nothing short of excellence from them. Take it, even the brightest of students is not without worries; he is all preoccupied with maintaining his top ranks. For an average student, his only concerns remain how to appease his parents by improving his grades while those below par are bent on passing by hook or by crook. It is against this backdrop of stress that we end up doing what we very well know is unethical: colluding on an exam. Seeing everyone copying from the notes, even the outstanding students can’t resist the temptation and finally jump on the bandwagon, fearing that they may lag behind if they do it on their own.
Hence, so long as our parents and teachers don’t stop troubling us with all their humungous expectations, cheating practices will continue to thrive, yes even at Harvard.
                                                                                          


Read More

Sep 25, 2012

अर्थहीन आन्दोलन


                           
विपक्षी दलहरुले बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको कुर्सीबाट घोक्रेट्याक लगाउने एकसुत्रीय माग बोकेर सडक आन्दोलनमा उत्रने घोषणा त गरेका छन्, तर घोषणा गर्दैमा जनसागर उर्लने दिनहरु अब गए । कुनै अमूक नेतालाई सिंहदरबारबाट गलहत्याउने अनि अर्को त्यस्तै तोरीलाहूरेलाई भित्र्याउने अन्तहीन खेलबाट जनताहरु आजित भइसकेका छन् । सरकार परिवर्तनको मुद्दाबाहेक कुनै एजेण्डा नभएको आन्दोलनसंग जनताको मोहभंग भइसकेको छ, तसर्थ यसढंगले घोषणा गरिदिंदैमा जनताहरु सडकमा आर्लेलान्, बाबुरामले छाड्लान् र हाम्रो पालो आउला भनी विपक्षीहरुले मुख बाएर बस्नु सरासर मूर्खतासिवाय केही होइन । बाबुराम भट्टराईजत्तिको मान्छेले नसकेको कुरा शेरबहादुर, रामचन्द्र वा केपी ओलीले गर्न सक्छ भन्दै जनतालाई आफूहरुका पछाडि लाम लगाउन अब त्यति सजिलो पक्कै छैन । जनताको त कुरै छाडौं, पार्टीकै कार्यकर्ताहरु समेत वाक्कदिक्क भएर पूर्वराजा ज्ञानेन्द्रसामू विन्ति बिसाउन थालेका दृश्यहरु देखापरिसके ।
वास्तवमा संविधानसभा भंग भइसकेपछिको अन्यौलपूर्ण राजनीतिक परिदृश्यले साधारण जनतालाई कुहिराको काग बनाएको छ र उनीहरुलाई सत्ताको शिखरमा यो वा त्यो हुनुसंग खासै सरोकार नै छैन । राज्य पुर्नसंरचनाका जुन जटिल मुद्दाहरुमा कुरा नमिलेर संविधानसभा भंग भएको थियो, तिनै विषयमा छलफल गर्ने निहुंमा अर्को सय दिन व्यर्थै फालेर बल्लतल्ल ताजा जनादेश लिने कुरामा दलहरुबीच सहमती त भयो तर सहमतीको मसी सुक्न नपाउंदै हुनैनसक्ने आन्दोलनका चर्काचर्का कुराहरु फलाक्न थाल्नुले दलहरु कतिसम्म गैरजिम्मेवार छन् भन्ने कुरा फेरि प्रष्ट पारिदिएको छ । नयां चुनावमा जानलाई त पहिला त्योसंग जोडिएका राजनैतिक र संवैधानिक गांठाहरु फुकाउनतिर पो केन्द्रित हुनुपर्ने हो । निर्वाचनको वातावरण बनाउन सत्तापक्ष मात्र नभइ प्रतिपक्ष पनि उत्तिकै जिम्मेवार हुनुपर्छ, तर प्रधानमन्त्रीको कुर्सीमा रहेका बाबुराम नै निर्वाचानका एकमात्र अवरोधक भएजसरी विपक्षीहरुले सहमति एकातिर, कामकुरो अर्कातिर गर्नुले उनीहरुको सत्तालिप्सा मात्र उदांगो भइरहेको छ ।
शंका छैन, नयां चुनाव सहमतीय सरकारले नै गर्नुपर्छ । तर त्यो सरकार गठनअघि दलहरुबीच विश्वासको संकट त मेटिनुपर्यो, अन्तरिम संविधानमा रहेका अड्चनहरुको त हल खोज्नुपर्यो । कुन प्रणालीअन्तर्गत चुनावमा जाने, कति संख्याको सभा बनाउने, स्थानीय निकायको चुनाव कहिले गर्ने आदि यावत् विषयमा मोटामोटी सहमति त गर्नुपर्यो । यी सबै काम सिध्याएर निर्वाचनको सुनिश्चितता गरिसकेपछि मात्रै चुनावी सरकारको विषयप्रवेश हुनसक्छ । यसर्थ, अर्थहीन आन्दोलनको रट लगाएर दुनियांलाई तमासा देखाउनुभन्दा चुनावको लागि वातावरण बनाउनतिर सबै दलहरु गृहकार्यमा जुट्नुपर्छ ।
                                             
                                             
                                             


Read More

Sep 20, 2012

तेन्जिंगलाई नबिर्सौं


                              
हालैका दिनमा केही विदेशी संचारमाध्यमहरुले एकजना बेलायती लेखकको प्रकाशोन्मुख कृतिको हवाला दिंदै सगरमाथाको चुचुरोमा तेन्जिंग नोर्गे नभई हिलारीले पहिले पाइला राखेका थिए भनी समाचार प्रकाशित गरेपछि ‘को पहिले’ भन्ने निरर्थक विवाद फेरि ब्युंतिएको छ । कृतिका अनुसार तत्कालिन समयमा नेपालमा बढ्दो औपनिवेशवादविरोधी भावनालाई साम्य पार्न मात्र तेन्जिंगलाई हिलारीको समकक्षमा उभ्याइएको हो । यसबाट तेन्जिंगको योगदानको नजरअन्दाज त भएको छ नै, ठुलो जोखिम मोलेर विदेशी पर्वतारोहीहरुलाई साथ-सहयोग दिने गरेका शेर्पाहरुप्रतिको पूर्वाग्रही दृष्टिकोण पनि प्रकट भएको छ ।
वास्तवमा, संसारकै सर्वोच्च शिखरमा टेकेर मानव विजयको झण्डा फहराउन यी दुवैजना सन् १९५३ मा जोन हन्ट नेतृत्वको आरोहण दलमा संगै सरिक भए र संगै पाइला टेके । उनीहरुका लागि त्यो ऐतिहासिक आरोहण पहिलो, दोस्रो वा तेस्रो हुनका लागि खेलिएको दौड प्रतियोगिताजस्तो थिएन, त्यसैकारण पत्रकारहरुले सोधेर कहिल्यै नअघाएको त्यही ‘को पहिले’ भन्ने प्रश्न उनीहरुले सकेसम्म पन्छाइरहे । एउटा टीमका रुपमा त्यो हाम्रो संयुक्त आरोहण थियो भनेर दुवैजनाले भनिरहे, तर मान्छेहरुले जिज्ञासा राख्न नछाडेपछि अन्तत: तेन्जिंगले मुख फोरे-मभन्दा अगाडि हिलारी थिए । त्यो बहसको अन्त्य त्यहीं हुनुपथ्र्यो, तर आजसम्म पनि मान्छेहरुलाई त्यही विषय उचालिरहन मन पर्छ ।
आखिर, दुई चार सेकेण्ड अन्तरालको त्यो विषयका पछाडि हात धोएर लाग्नुभन्दा तेन्जिंगको बारेमा सही सूचना सम्प्रेषण गर्नतिर मिडिया लाग्नुपर्ने हो । बाहिरी जगत्मा सगरमाथा भन्ने बित्तिकै हिलारीलाई नै सम्झने गरिन्छ, तेन्जिंगबारे कि त उनीहरुलाई थाहै हुंदैन, थाहा भइहाले पनि एउटा शेर्पा भरियाका रुपमा मात्र लिने गर्छन् उनीहरु । उत्तिकै हकदार हुंदाहुंदै पनि हिलारी र जोन हन्टलाई मात्र बेलायती महारानीबाट नाइटहुड प्रदान गर्ने काम भयो, तेन्जिंग यसबाट वञ्चित भए । नेपालले पनि उनलाई सम्मान दिएर यहां राख्न सकेन । उल्टो भारतीयहरुले हाम्रो तेन्जिंग भन्दै गर्व गरे, प्रशस्त सुविधाहरु दिएर त्यतै राखे र अन्त्यमा तेन्जिंग भारतका जस्तै भए ।
हामीले तेन्जिंगलाई आफ्नो बनाउन त सकेनौं, कम्तीमा उनको योगदानको अवमूल्यन गर्न खोज्ने हर्कतहरु त रोक्नसक्छौं । तेन्जिंगका साथै यहांका अन्य साहसी शेर्पाहरुलाई सहयात्री नभई भरिया र गाइड मात्र ठान्ने मनोवृतिलाई झापड त दिन सक्छौं ।
                                                  
                                                   


Read More

Sep 15, 2012

स्वादको छ बर्फी


विजयकुमारले आजको आफ्नो स्तम्भमा लेखेका छन्- ठूल्ठूला हावादारी गफहरुको भ्रमजालोबाट हामी मुक्त नहुँदासम्म र साधारणझैं लाग्ने ससाना कामहरुमै आत्मसन्तुष्टि लिने प्रयास नगर्दासम्म हाम्रा हैरानीका स्रोतहरु बढीमात्र रहनेछन्, घट्नेवाला फिटिक्कै छैनन् । आजै हेरेको 'बर्फी' ले भन्न खोजेको कुरा पनि उस्तैउस्तै लाग्यो । जीवनका प्रत्येक क्षणहरु यादगार रहून्, यही दर्शन बोकेर हिंडेको बर्फी(रणबीर कपुर) हरपल रमाइलोका साथ बिताउँछ । तनावको पर्याय बनेको आधुनिक जीवनशैलीमा उसको निस्फिक्री चरित्र इष्र्यालाग्दो छ, भलै ऊ लाटोबुंगो नै किन नहोस् । मूलत: यो प्रेमकथा नै हो, तर प्रेमकथाहरुको कुनै खडेरी नरहेको बलिउडमा यसले यसकारण आफ्नो पृथक पहिचान बनाउन सक्षम छ कि यसको कथा भन्ने शैली, विषयवस्तुको प्रस्तुति र अभिनयको जीवन्तता उच्चकोटीको छ । बोल्न र सुन्न नसक्ने पात्रका रुपमा रणबीरले चार्ली च्याप्लीन प्रेरित आफ्नो चरित्रलाई पूर्णत: न्याय गरेका छन् । अटिजम् भएकी पात्रको रोलमा प्रियंकाले खेलेको भूमिकामा पनि खोट लगाउने ठाउँ म देख्दिनँ । फिल्मका यी दुवै मुख्य चरित्रहरु साइलेन्ट एराको झल्को दिने गरी फिजिकल्ली साइलेन्ट छन्, उनीहरुको बोली फुट्दैन, तर नबोलिकनै हाउभाउले नै दर्शकसँग उनीहरु जसरी कम्युनिकेट गर्छन्, त्यो नै यसको सफलता हो । २०१२ र ७०को दशकको दार्जिलिंगको सेटिंगबीच यसको ननलिनियर कथा भन्ने शैलीले लुकामारी खेलिरहन्छ, जसकारण बेलाबेला दर्शक नअल्मलेलान् भन्न सकिन्न । कथावाचक रहेकी दक्षिण भारतीय फिल्म उद्योगकी इलिना डी क्रुजले यसै फिल्मबाट बलिउडमा डेब्यु हानेकी छिन् भने नेपाली रंगमञ्चका भोला सापकोटाले पनि, सानोतिनो नै सही, रणबीरको साथी बनेर खेल्न पाएका छन् ।
शारीरिक वा मानसिक रुपमा अशक्तहरुलाई अरुको त कुरै छोडौं, आफ्नै घरपरिवारकाहरुले समेत हेयका दृष्टिले हेर्छन् । झिल्मिल(प्रियंका) पनि यसको सिकार भएकी छे । यससम्बन्धी प्रशस्त प्रसंगहरु झमक घिमिरेको आत्मकथामा पनि पढ्न पाइन्छ । तर प्रकृतिले ठगेर केही कुरामा अशक्त भएपनि यस्ता मान्छेहरु भिन्न रुपमा सशक्त भने हुन्छन् नै । चाहने हो भने खुट्टै नहुनेले पनि सांगोपांगो शरीर हुनेहरुसँग दौडमा प्रतिस्पर्धा गरेर जित्न सक्दो रहेछ, ओस्कार पिस्टोरियसले ओलम्पिकमा गरेर देखाइदिई नै सके । यसर्थ, लाटोबुंगोहरु पनि प्रशस्त हाँसीमजाक गर्नसक्छन्, मायाप्रिती साट्न सक्छन् र खुलेर जिउन सक्छन् । नत्र भने प्रतिकूलताका चांगहरुमाझ बर्फी-झिल्मिलको जोडीले अमर प्रेमकथाको इतिहास रच्न सक्दैनथियो ।

Read More

Sep 10, 2012

DATELINE UCMS


The ‘abhutpurba chahalpahal’ seen in UCMS these days was never seen before in its ‘a decade and half history’, say the locals here.
Throwing an open challenge to the sulfurous summer, people from all lands and climes have gathered to be a part of the historic event. Dandyish fellas plus sultry damsels from medical colleges across the nation competing in sports as diverse as basketball and chess has made UCMS look like a Behuli . We, Jantis, have the bhyaai-nabhyaai to spectate .
The host UCMS is in a winning spree; coming to the fourth day, it has already secured its place in the bat and ball game. Girls’ basketball too didn’t go out of us, and the finals for most of the remaining games are taking place today. All the best to our Ketas, keep going!!
For ketis, here is the fact to rejoice: if you are to judge the success of an event by the number of its spectators, then I bet you my bottom dollar that basketball and table-tennis will make it to the top 2. Murkha Manushya, stop wondering and get reminded of the age old adage- Jaha khel6n KT, Urlin6 tyeha baadhi.
Over and above that, this fest has also been a perfect platform for the get-together of long-lost friends; the school friends and the +2 friends (no offence meant for my I.Sc background walla mates). Meeting for the first time after many years, but no wonder, hi-hello aside and centre the kurakani towards ‘koi 6aina kya ho tero college maa chwaak haru?’. As if his is the one full of Apsaraas and paris, and unsatisfied, has come here in a hunting drive.
That apart, given that the fest is organized by a charitable society and much of what will be collected will go to its fund, there’s a good reason to celebrate. Its guiding principle ‘Helping the poor and needy’ may well have been turned into a cliché, but one cannot gloss over the small, yet laudable steps of Karuna towards bringing back the patients from the brink of death. It’s worth repeating that the monetary aid it provides has infused life to thousands of helpless patients, and it comes with pride to each one of us, here at this fest, to be a part of this humanitarian cause.
The main attraction, however, is without any doubt the cultural program. Every Tom, Dick and Harry this blogger talked to were as keen as mustard with regards to ‘Farki Farki Nahera Malai’ (Albatross aaudai6 ni ta), Mr. or more particularly Ms. UCMS, dhuwa-daar naachgaan and a host of other captivating cultural performances. It was earlier informed that MAHA JODI, the most talented + the most respected artists of this nation, would come as chief guests to inaugurate the program, but God knows why, we are now said- it’s undone. Seems, uncertainty still looms as to who would be in the coveted chair of Pramukh Atithi, but what I feel is s/he should be a prominent national figure who can be a source of inspiration too to our generation.
Last maa, tomorrow @6pm (sharp or dull, who knows), there’s a Quiz competition. I guarantee you that you’ll not only get entertained, but also fokatmaa you’ll also get the much valuable knowledge!! So, let’s come see!!! Enjoy to your fullest!!!!



Read More

Sep 9, 2012

बधाई शक्तिलाई


                           
जारी आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-४ मा  शक्ति गौचनले देखाएको जादूमयी बलिंगले यतिबेला चारैतिर वाहावाही पाइरहेको छ । मलेशियाविरुद्ध १० ओभरमा ८ मेडन सहित जम्मा २ रन खर्चेर ३ विकेट हात पारेका शक्तिले दुर्लभ कीर्तिमान खडा गरिदिएका छन् । खेल क्षेत्रमा लाग्नेको भविष्य छैन भन्ने हामीहरुलाई यतिबेला शक्तिले गौरवान्वित पारेका छन् । यसअघि पनि, चाहे उनी आइपीएल टीम राजास्थान रोयल्सले बोलाएर ट्राएल दिन जयपुर जांदा होस् वा गतवर्ष आइसीसी वल्र्ड ट्वान्टी ट्वान्टी छनौटमा डेनमार्कविरुद्ध ह्याट्रीक गर्दा होस्, पूरै नेपालले उनको हरेक उपलब्धिमा शीर ठाडो पार्दै आएको छ । किनकि उनी देशका लागि खेल्छन् र उनले बनाएका कीर्तिमानहरु फगत व्यक्तिगत उपलब्धि रहंदैनन्, ती देशकै सम्पति बन्दछन् ।
शक्तिको यो सफलतासंगै नेपाली आम जनमानसमा रहेको ‘खेलेर के हुन्छ र’ भन्ने मानसिकता थोरै भए पनि परिवर्तन हुनेछ भनेर आस गर्न सकिन्छ । सबै सचिन तेन्दुल्कर वा मेसी हुन नसक्लान्, तर कीर्तिमान खडा गर्न सक्ने स्तरीय खेलाडीहरु नेपालमा उत्पादन हुनै सक्दैनन् भन्ने भ्रमलाई शक्तिले च्यातिदिएका छन् । खेल क्षेत्रप्रति पूर्वाग्रह नराखी अभिभावकहरुले सानैदेखि आफ्ना बच्चाहरुलाई जसको जेमा लगाव छ, त्यसैमा अघि बढ्न प्रोत्साहन मात्र गरिदिने हो भने पनि हाम्रो खेल क्षेत्र धेरै अघि बढीसक्ने थियो । यति थोरै लगानी अनि प्रतिकुल वातावरणमा त हाम्रो क्रिकेट टीमले यति राम्रो नतिजा निकाल्न सफल हुनसक्छ भने सरकारका तर्फबाट प्रशस्त लगानी र खेलकुदप्रति सकारात्मक दृष्टिकोण राख्न सकेको खण्डमा यो क्षेत्रले पनि ठूलै फड्को मार्ने कुरामा कुनै शंका छैन ।
थम्स् अप् शक्ति
तर जब मानिसहरु बैकुण्ठ मानन्धर वा भूपेन्द्र सिलवालजस्ता दिग्गज खेलाडीहरुले के कस्तो हविगत बेहोरिरहेका छन् भन्ने कुरा आंखैअगाडि सचित्र देख्दछन्, तब उनीहरु बल समातेर मैदानमा बेपर्वाह कुदिरहेको आफ्नो बच्चोलाई बोलाउंछन् र कोठाभित्र थचार्दै उर्दी जारी गर्छन्- तं भोलि डाक्टर बन्नुपर्छ । त्यसैले जबसम्म खेलक्षेत्रमा लाग्न चाहनेहरु त्यसैमा आफ्नो भविष्य सुनिश्चित देख्दैनन्, तबसम्म जतिसुकै खेल्ने हुटहुटी भएकाहरु पनि आफ्नो रहर मारेर अर्कै क्षेत्रमा लाग्न अभिशप्त हुन्छन् । प्रतिभाहरु नफक्रदैं मर्दा अन्तत: घाटा हुने भनेको देशलाई नै हो । यसर्थ, खेलकुद पनि नाम, दाम र प्रतिष्ठाको केन्द्रका रुपमा ग्ल्यामरस क्षेत्र हुनसक्छ भन्ने कुरा स्थापित गर्न सरोकारवालाहरु सबै जुर्मुराउनुपर्छ ।
                               
                         
                 

Read More

Sep 4, 2012

शिक्षा व्यापार होइन


                   
शिक्षाविद् डा. मनप्रसाद वाग्लेको केही अघिको कान्तिपुरको लेखले नेपालको शिक्षाक्षेत्रमा निर्बाधरुपमा चलिरहेको शैक्षिक माफियाहरुको हालीमुहालीका बारे थप प्रष्ट्याएको छ । आजको प्रतिस्पर्धी युगमा आफ्ना नानीहरुलाई प्राइभेट बोर्डिंग स्कुलमा भर्ना नगर्दासम्म भविष्यको सुनिश्चितता हुंदैन भन्ने आम मनोविज्ञान रहेको छ । एकदमै दयनीय अवस्थामा रहेका सरकारी विद्यालयका कारण सकीनसकी प्राइभेटकै शरण पर्नु अभिभावकहरुको विवशता बनेको छ । तर यो विवशतालाई बुझेर अभिभावकहरुको अपेक्षाअनुरुपको स्तरीय शिक्षा प्रदान गर्ने आफ्नो जिम्मेवारीमा निजी शैक्षिक क्षेत्र नराम्ररी चुकेको छ । शिक्षालाई नाफामुखी सेवा होइन, नाफामुलक व्यापार ठान्नुको परिणती हो यो । सरकारले लागू गर्न खोजेको शिक्षाकर तिर्न नमान्नेदेखि लिएर हुंदाहुंदा सम्मानित अदालतको आदेश समेत अवज्ञा गर्न खोज्ने हर्कतहरुले निजी शैक्षिक क्षेत्रका मालिकहरु शिक्षालाई केबल कमाउने र कुम्ल्याउने धन्दा ठान्छन् र यसका निम्ति सरकारदेखि लिएर अभिभावकसम्मको सक्दो दोहन गर्न कुनै कसर बांकी राख्दैनन् भन्ने तर्कहरुलाई झनै बलशाली बनाइदिएका छन् ।
यो वर्षको प्रवेशिका परीक्षा आउन अझै करीब ७ महिना पूरै बांकी छ, तर शैक्षिक सत्रको सुरुको महिनादेखि नै हरेकजसो निजी विद्यालयमा ट्युसन र कोचिंग कक्षाका व्यापार धमाधम चलिरहेका छन् । दिउंसोको नियमित कक्षा त छंदैछ, बिहान र बेलुकी चल्ने त्यस्ता ट्युसन नामधारी विद्यार्थीका टाउकामा झुण्डिएका ड्यामोकल्सका तरबारले उनीहरुलाई थप तनाव मात्रै दिएको छ । तर नाफाखोर शिक्षा व्यापारीहरु यसमै घनघोर फाइदा हुने हिसाब निकाल्छन्, किनकि ट्युसन भनेपछि जतिसुकै चर्को शुल्क तिर्न पनि अभिभावकहरु यहां तयार छन् । वास्तवमा अन्य देशहरुको शैक्षिक कार्यक्रमसंग दांज्ने हो भने बिहान १० बजे देखि बेलुकी ४ बजेसम्मको कक्षासमय नै विद्यार्थीका निम्ति चाहिनेभन्दा बढी हो । अन्तराष्ट्रिय स्तरको शिक्षा दिन्छौं भनी नाक फुलाउने यहांका विद्यालय सञ्चालकहरु यसबारे पक्कै अनभिज्ञ छैनन् । अपितू, स्तरीय शिक्षा प्रदान गर्नेबारे रत्ति चासो नभएजसरी उनीहरु बस् कताबाट शुल्क झार्न सकिन्छ भन्ने एकसुत्रीय ध्याउन्नमा छन् । अभिभावकहरु पनि नियमित कक्षामा पढाएरै पूरा गर्न सकिने कोर्सका लागि किन ट्युसनको अनावश्यक भार लाद्नुपर्यो भनी प्रश्न गर्न सकेका छैनन्, बरु उल्टै आफ्ना केटाकेटीले ट्युसन पढेकामा गर्व गरी बसेका छन् ।
ट्युसन प्रसंग त एउटा सानो दृष्टान्त मात्रै हो, खुला रुपमा भइरहेको शिक्षाको व्यापारीकरण डा. वाग्लेले औंल्याएझैं कापी, कलम, युनिफर्म, फारम, शिक्षकको तलबदेखि लिएर हरेक कुरामा व्याप्त छ । यसको अन्त्यबिना निजी विद्यालयहरु अभिभावकहरुले सोचेजस्तो गुणस्तरीय शिक्षाको अजस्र स्रोत रहन संभव हुंदैन । तसर्थ, यससम्बन्धमा गत जेठमा सर्वोच्च अदालतबाट जुन फैसला भएको छ, त्यो कार्यन्वयन नगर्न भइरहेका बहानाबाजीहरु अब रोकिनैपर्छ ।
                                                     
                                 
                                                         

 

Read More

Aug 31, 2012

Kollywood Calling???

                                 
A Historic departure

Not so long ago, I used to be a subject of ridicule each time I went to watch a Nepali flick. The reasons were obvious. The formulaic films had the same recipes repeating week after week. A little bit of songs and dances, a few ‘dhisim dhisims’ and a couple of flimsy dialogues; what the Nepali films had to offer was nothing more. In fact, our film industry had been too lazy to come up with new concepts, new themes and new scripts. Complacent with the ‘copy and paste’ business that it had been doing from the ‘B’ and ‘C’ grade Bollywood films (Basanti, Balidaan and a few more exceptions aside), it never took the Nepali audiences seriously. Too obsessed with providing what they termed ‘entertainment’, our moviemakers altogether neglected an equally crucial element in films: Art.

However, it pleases me to see the situation gradually improving. Of late, my very colleagues who used to make fun of me for having watched a Nepali flick are thronging the theatres to watch one (Who would have imagined a year back the young faces desperately waiting for the releases of films like Apabaad, Highway and Saayad!!). If the overwhelming success enjoyed by the recent movies is anything to go by, one can proudly declare: the audiences still love Kollywood, but what they want in the industry is creativity which it sheerly lacks. But, now that a new generation of moviemakers are here; new genres, new ideas, realistic acting and the innovative storylines are making their way into Kollywood. Loot, for instance, was a historic departure from the traditional films. A riveting movie as it was, it’s no wonder that it received accolades from the audiences and critics alike as never before in the film industry. Several others as Daasdhunga, Aacharya and Masaan that are based on historic events and personalities have ushered the film industry into a new era. The moviemakers are finally catering to the changing psyche and mentality of the audiences. Hopefully, cinemas are being made with the power to make us forget we are sitting in a theatre. The industry that was once criticized for all its shortcomings now stands in a position to be lauded for all the changes it has brought. However, a word of caution is relevant here: in the name of bringing changes, we will not tolerate the cheap and artless vulgarity. That was aptly demonstrated in the outright rejection of ATM (judging by its promo in Youtube, which had nothing but a conglomeration of graphic scenes and vulgar dialogues, many feared that Kollywood has veered away from one cliff to just another).  After the spectacular commercial success of Chapali Height, several movies employing brute sex were made based on the premise- Sex sells. Natural was it that they got what they deserved: Flop in the box-office.

Despite all this, much remains to be done. I recently had chance to see 2 brilliant Bollywood movies: 404 Error not found, and the other being Vicky Donor. They were different from the stereotypical Bollywood films in the sense that they raised issues. Providing entertainment is, no doubt, the motive of films, but they should not stop there. A movie can be called a success only when it becomes able to make its audiences stop and think a while. Both the movies mentioned above are successful in this regard. While the former is about how a medical student discovers himself becoming a guinea pig for his favorite professor, the latter deals, albeit lightly, with the topic of sperm donation, a technique which has been a boon for the infertile couples but considered a taboo subject even in the Delhi metropolis. Whether the upcoming Nepali films will continue to inspire the same enthusiasm and be able to carry the audience to theatres may well be what counts most in the days to come.

Read More

Aug 28, 2012

काम कुरो एकातिर कुम्लो बोकी इरानतिर




                       
काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं देश गहिरो राजनीतिक र संवैधानिक जटिलतामा अल्झेका बेला प्रधानमन्त्रीले भने असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा जान मरिहत्ते गरेका छन् । शीतयुद्धको उत्कर्षका बेला जन्मेको असंलग्न आन्दोलनको यो समयमा कुनै उपादेयता छैन भन्ने जान्दाजान्दै पनि त्यहां जान जिद्धी गर्नुले उनीमाथि थप प्रश्नहरु उब्जाएका छन् ।  के एकसमयको ‘जनताको हिरो’ यतिसम्म गैरजिम्मेवार भइसक्यो कि उसलाई लथालिंग घरको एकरत्ति पनि मतलब छैन ? के मनमोहन सिंहको दर्शन पाउने मोहले नै हो त उनलाई तेहरान डोर्याएको ?
वास्तवमा असंलग्न आन्दोलनले आफ्नो औचित्य गुमाएको उहिल्यै हो । एकातिर सोभियत संघको एउटा ध्रुव र अर्कातिर संयुक्त राज्य अमेरिकाको अर्को ध्रुवमा विभक्त तत्कालीन विश्वमा उपनिवेशवादको जोडदार विरोध गर्दै राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षार्थ यसको गठन भएको थियो । दुई महाशक्तिमध्ये कुनैको पनि पिछलग्गु नबन्ने बरु पञ्चशीलको सिद्धान्तअनुरुप प्रत्येक राष्ट्रले परराष्ट्र नीति तर्जुमा गर्दै अघि बढ्ने यसको घोषित लक्ष्य थियो । तर शीतयुद्ध सकिएकै दुई दशकभन्दा बढी भइसकेको छ र यसबीचमा विश्व परिस्थितिले ठूलै कोल्टो फेरेको छ । आन्तरिक राष्ट्रियता सुदृढ नभइकन बाह्य राष्ट्रियता मजबुत हुनसक्दैन भनी यिनै प्रमले कान्तिपुरमा लेखेको केही साताअघि मात्रै हो । तसर्थ, आफ्नो सान्दर्भिकता जोगाइराख्ने हो भने असंलग्न आन्दोलनले आफ्ना विकाससील र कम विकसित सदस्य राष्ट्रहरुको आर्थिक सामाजिक रुपान्तरणको मुद्दामा केन्द्रित हुनुपर्ने हो तर दुर्भाग्यवश शक्ति राष्ट्रहरुले जुहारी खेल्ने अखडा बनेको छ यो । इरान र इजरायलबीच हाल चलिरहेको ‘एकले अर्काको अस्तित्व सखाप पारिदिने’ धम्कीहरुको पृष्टभूमिमा हुन गइरहेको यो सम्मेलन पूरै इरानमाथि केन्द्रित हुनेछ । गरिबीले थिलथिलो बनेका नेपालजस्ता देशहरुलाई इरानको आणविक कार्यक्रममाथिको दोहोरी सुन्न केको चासो छ ? जसरी भारत पाकिस्तानबीचको तनावले सार्क आफ्ना उद्देश्यहरुमा निष्प्रभावी सावित भएको छ, ठीक त्यसैगरी शक्ति राष्ट्रहरुको दबदबाले असंलग्न आन्दोलन पनि गन्तव्यविहीन बनेको छ । नेपालजस्ता विकाससील देशहरु पनि यसका सदस्य हुन् र यिनीहरुका हितमा पनि कामहरु हुनुपर्छ भन्ने मान्ने हो भने असंलग्न आन्दोलनका प्राथमिकताहरु फेरिनैपर्छ । शीतयुद्धकालीन एजेण्डाबाट एक्काइसौं शताब्दीको अर्थ-राजनीति हांक्न सकिंदैन ।
यसर्थ देशको संकटलाई निकास दिन घोत्लिनुपर्ने बेला बिनाकाममा कहिले ब्राजिल त कहिले इरान शयर गर्न विद्धान प्रमलाई नसुहाउनुपर्ने हो, तर भन्नेहरु भन्छन् - त्यही एउटा लाज नै हराइसकेपछि जे पनि सुहाउन थाल्छ ।
                                                 
                               
                       

Read More

Aug 9, 2012

सलाम डा. गोविन्द केसी


                        
गत साता कान्तिपुर टेलिभिजनमा प्रसारित दिशानिर्देश कार्यक्रममा डा. गोविन्द केसीलाई सुनिसकेपछि मनमा विभिन्न किसिमका तरंगहरु सृजना भए । लाग्यो, आजको युगमा पनि यस्ता मान्छेहरु रहेछन् जसले कहिल्यै पनि आफ्नो केही भनेन बरु हरदम अरुकै लागि खटिरह्यो । बिरामीहरुको निस्वार्थ सेवामा जति आत्मसन्तुष्टि अरु केहीमा हुंदैन चिकित्सकहरुका निम्ति । तथापि अक्सर चिकित्सकहरुका निम्ति सन्तुष्टिको अन्त्य त्यहीं हुंदैन । मिठो खाने, राम्रो लाउने, आफ्नो बारेमा पनि सोच्ने, सक्दो मोजमस्ती गर्ने यी सबै सन्तुष्टिका अरु स्रोतहरु हुन् । यस मानेमा डा. केसी अरुभन्दा भिन्न छन् किनकि उनको जीवनदर्शन नै भिन्न छ । बिहान भालेको डाकोसंगै बिरामीको सेवामा हाजिर हुनु र निष्पट्ट रात नपर्दासम्म अविराम डटिरहनु उनको दैनिकी हो र यसैमा उनलाई गहिरो आत्मसन्तुष्टि छ । आइप्याड र आइफोनमा अभ्यस्त आजको पुस्तालाई पत्याउनै मुस्किल पर्छ, उनीसंग एउटा सामान्य मोबाइल पनि छैन । महिनैपिच्छे सपिंग मल चाहारिरहनुपर्ने यो समयमा उनी पांच वर्ष पुरानो सर्ट प्यान्टले काम चलाइरहेका छन् । सादा जीवन उच्च विचार भनेर हामीले पढ्यौं मात्र, उनले चरितार्थ गरेर देखाइदिए । विजयकुमारसंगको त्यो कार्यक्रममा छर्लंगिएको उनको नम्रता, विनयशीलता, सादापन अनि सेवाभाव देखेर कोही पनि प्रभावित नभइरहन सक्दैन । उनी क्लिीनिक धाउंदैनन्, बरु वर्षको दुईपटक जिल्ला दौडाहामा निस्कन्छन् र जिल्लाका गरिब गुरुवाहरुको जांचपड्ताल र उपचार गर्छन् । त्यहांका स्वास्थ्यकर्मीहरुलाई तालिम दिने र आफ्नो ज्ञान बांड्ने काम पनि त्यसैबेला गर्छन् उनी । कतै बाढीपहिरो वा भूकम्प आउन पाएको हुंदैन, उनी दौडिहाल्छन् र स्वयंसेवी बनेर पीडितहरुको घाउमा मल्हम लगाइदिन्छन् । पैसालाई नै सबथोक ठान्ने हाम्रो समाजमा उनी यस्ता अपवाद हुन् जसले जीवनभर अरुको निस्वार्थभावले सेवा गरेरै जिन्दगीको मजा लुट्न जानेको छ । तर दुखको कुरा यस्ता निस्वार्थी, कर्मठ रहेको त्रिवी शिक्षण अस्पताल भने सीमित लोभीपापीहरुको कारण भद्रगोल अवस्थामा छ । जनताको सेवामा होइन, पैसाको बिटोमा विश्वास राख्ने नेताहरुले अन्य क्षेत्रहरुमाझैं त्रिवी शिक्षण अस्पतालमा पनि राजनीतिक भागबण्डाको कुसंस्कार छिराएर यसलाई थिलथिलो बनाइसकेका छन् । राजनीतिक भागबण्डाको यही घृणित संस्कारको अन्त्य गर्नका लागि केहीअघि डा. केसी अनसन पनि बसेका थिए । उनीजस्तो स्वच्छ छवि र अग्लो कद भएको मानिस नै आमरण अनसन बसेपछि बल्लतल्ल सरकारले वरिष्ठताका आधारमा नयां डीन नियुक्त गरेको हो । 
                                             डा. केसी जसको अनसनले अन्तत: झुक्यो त्रिवी

जेहोस्, डा. केसी कतिपयका लागि मिथक लाग्नसक्छन् । तर पनि उनको व्यक्तित्वको थोरै अंश मात्रै पनि अनुशरण गर्न सके हाम्रो जीवन धेरै सार्थक हुनेथियो । भीआइपीका नाममा कानूनै बनाएर जीवनपर्यन्त भएभरका सुविधा हसुर्न खोज्ने नेताहरु भएको देशमा डा. गोविन्द केसीजस्ता मान्छे पनि छन्- गर्व गर्न लायक कुरा हो यो । सलाम डा. गोविन्द केसीलाई ।

                                                   

Read More

Jun 12, 2012

फोहोरी फिल्म


               
झण्डै एक वर्षअघि नेपाल आएका बेला विख्यात भारतीय अभिनेता नसिरुद्दिन शाहले भनेका थिए- नेपाली फिल्म कस्ता बन्छन् भन्ने कुरा उसको पोस्टर हेरेरै थाहा हुन्छ । अब भने इन्टरनेटमा राखिएका प्रोमोहरु हेरेरै स्तर निर्धारण गर्न मिल्ने भएको छ नेपाली फिल्महरुको । पछिल्लो समयका फिल्महरुको प्रोमो हेर्ने हो भने कलिउड अब चांडै नै पोर्नशालामा परिणत हुंदै गरेको भान हुन्छ । यौन फिल्ममा बर्जितै हुनुपर्छ भन्ने होइन । यौनलाई विषयवस्तु बनाएका थुप्रै उच्चकोटीका फिल्महरु हलिउड र अन्य फिल्म उद्योगमा बग्रेल्ती छन् । तर तिनमा यौनलाई उत्तेजना फैलाउने सपाट यौनक्रियाका रुपमा नभई प्रचुर मात्रामा सिर्जनात्मक र कलात्मक आकार दिइएको हुन्छ । हाम्रो फिल्मउद्योगमा भने फिल्म भनेको बुद्धिको भांडोमा बिर्को लगाएर लिइने दुईपैसे मनोरञ्जन हो भन्नेहरुको हालीमुहाली छ । फिल्म भनेपछि त्यसमा कला हुनुपर्छ । यहां भने जे बढी बिक्छ, त्यही बनाउनुपर्छ भन्दै कुदिरहेका छन् फिल्मकर्मीहरु । यस्ता बज्रस्वांठहरुको पकडबाट बाहिर नफुत्किदासम्म नेपाली फिल्मउद्योगबाट धेरै आश गर्नु नै बेकार छ ।
नयां पुस्ताका केही जुझारु फिल्मकर्मीहरुले लुट, दासढुंगा, आचार्यजस्ता गर्व गर्नलायक फिल्म नबनाएका होइनन् । तर मूलधार भनिने बाटोमा यिनीहरु समाविष्ट छैनन्, जसकारण एटीएमजस्ता फिल्महरुले नै बजार पिटेका छन् । वास्तवमा गतिलो कथावस्तु, सशक्त अभिनय, मिलेको पटकथा, पात्र सुहाउंदा संवाद आदि हुने हो भने यौनमात्रै किन जुनसुकै विषयमाथि फिल्म बनाए पनि त्यो पाच्य हुन्छ । हाम्रोजस्तो देशमा कथाको खडेरी छ भन्ने मलाई लाग्दैन । तर स्वरैकाल्पनिक प्लट, लद्दु अभिनय अनि गएगुज्रको संवाद र संवाद सम्प्रेषण भएका फिल्ममा पनि यौनलीलाका दृश्यहरु समावेश गरिदिनेबित्तिकै आफ्नो लगानी उठ्ने मात्रै होइन, मालामालै भइन्छ भन्ने सोचाइ हावी हुनु नै हाम्रो दुर्भाग्य हो । यौन बेचेर सजिलोसंग आम्दानी गर्ने बाटो बनिरहेको कलिउडलाई पोर्नशालामा परिणत हुन नदिने जिम्मेवारी हामी दर्शकको पनि हो । यसर्थ, बुद्धिहीन स्वांठहरुले बनाएका कलाविहीन फोहोरी फिल्महरुलाई बहिष्कार गरी नयां पुस्ताका सिर्जनात्मक सोच भएका फिल्मकर्मीहरुलाई प्रोत्साहन गरौं ।
Read More

Jun 6, 2012

फुट्नुमै भलो छ


                 

बाहिरबाट हेर्दा प्रचण्ड र किरण पक्षबीच पुर्नै नसकिने सैद्धान्तिक खाडल छ  जस्तो देखिन्छ । तर विवादको भित्री चुरो सत्ता र पदको लेनदेन नै हो भन्ने बुझ्न कुनै घागडान विश्लेषक भइरहन पर्दैन । प्रचण्डले अध्यक्ष छाड्नुपर्छ भन्ने हारगुहार अनि बाबुरामलाई गलहत्याइपाउँ   भनी केपी ओलीकहां गएर गरिने नम्र निवेदन कुन रातो किताबको सूत्र अन्तर्गत पर्छ, त्यो उनै जानुन् । तर जनवादी संविधान र साम्यवादको रुमानी सपना देख्ने, देखाउने उनको सनातनी व्यवसाय अब धेरै दिन टिक्नेवाला छैन । पद, पैसा र शक्तिलाई केन्द्रमा राखेर भइराखेको कलहलाई वैचारिक जामा पहिर्‍याउने जतिसुकै दुष्प्रयास गरे पनि वैद्यहरूले बुझ्नुपर्ने हो-तिनीहरूका बासी विचारका पछाडि जनता कुद्नेवाला छैनन् । हिम्मत भए मतसर्वेक्षण गरेर हेरे हुन्छ, जनताका आँखामा सबैभन्दा बढी बिझाएका नेताहरू वैद्य खेमाकै हुन् ।

वास्तवमा वैचारिक मतभिन्नता भनी प्रचार गरिएको त चुनवाङ बैठकदेखि नै हो, तर यत्रो वर्षसम्म ती विवाद ज्युँकात्युँ रहँदा पनि कुन धातुले यिनीहरूलाई एउटै पार्टीमा टाँसेर राख्न सक्यो रु त्यो चिज के थियो, जसले जतिसुकै पुत्लादहन गरे पनि प्रचण्ड बाबुरामकै शीतल छहारीमुनि उफ्रिरहन अह्रायो रु त्यो अरु केही होइन, प्रचण्डबाट निःशृत हुने शक्तिको आश र लोभ हो । त्यसैले जतिसुकै बाघ गर्जन गरे पनि वैद्य खेमाले अहिले नै पार्टी फुटाउने जोखिम सम्भवतः मोल्ने छैन । यद्यपि कृत्रिम एकताभन्दा फुट नै जाती हुन्छ । माओवादीभित्रको यो बखेडाले राष्ट्रिय राजनीतिलाई नै प्रभावित गरिरहेको सन्दर्भमा बरु संस्थापन पक्ष नै अघि सरेर वैद्य खेमामाथि अनुशासनको डन्डा बजार्नु उचित हुन्छ । आखिर पार्टी भनेको विपरीत ध्रुवीय विचार बीचको कृत्रिम एकता होइन, नत आफ्नै नेताको पुत्लादहन गर्ने अराजक झुन्डको समूह नै हो । जसरी पनि मिल्नैपर्छ भन्ने यान्त्रिक सोचले पार्टी चल्दैन, किनभने पार्टी चल्नका निम्ति कमसेकम एउटा स्पष्ट वैचारिक र सांगठनिक आधार हुनैपर्छ ।
Read More

Jun 1, 2012

औचित्य छैन नयां चुनावको





     
२००७ सालदेखि थांती रहेको नेपाली जनताको सपना हो संविधानसभा, नेताहरु भन्थे, यहांका जनताका युगीन पीडाहरुको अचूक ओखती हो यो । आफ्नो भाग्यरेखा आफैं कोर्ने, आफ्नो संविधान आफैं बनाउने - अहो, कति सजिलै पत्याएका हामीले ती चिल्ला शब्दजालहरु । संविधानसभाको हामी आमा हौं, यो बच्चोलाई बरु हामी आफू मरेरै भएपनि बचाउंछौं भन्नेहरुबाटै त्यो सपनाको हत्या भएर त्यसको मलामी जांदैगर्दा सोचिरहेको छु - भयो के आखिर यो चार वर्षमा ? आफूले चुनेर पठाएका प्रतिनिधिमार्फत संविधान निर्माण प्रक्रियामा स्वामित्व ग्रहण गर्न हामी कति सफल रह्यौ ? धेरैभन्दा धेरै समुदायले यो प्रक्रियाप्रति अपनत्व महसुस गर्न सकून् भन्ने संविधानसभाको सिद्धान्त कति कामयावी हुन सक्यो ? यी प्रश्नहरुको उत्तर खाज्ने लेठो नगरिकनै नयां चुनावको कुरा गर्नु दुर्भाग्यपूर्ण छ । वास्तवमा संविधानसभाको सर्वोच्चतालाई लत्याएर होटल, रिसोर्ट र बंगलाका वातानुकुलित कक्षहरुमा गुपचुप लेनदेन गर्दै संविधान लेख्ने अभ्यास गर्नेहरु को हुन् दुनियांलाई थाहा छ । फगत रबरस्ट्याम्पमा सीमित पारेर जनप्रतिनिधि संस्थाको हुर्मत लिने अनि निर्णयजति जम्मै टाउकेहरुले गर्दैजाने वा निर्णय लिन नसके भंग गर्ने यही विकृत परम्परा कायम राखिराख्ने हो भने नयां संविधानसभाको बोझ किन उठाउने जनताले ?
भंग भएको यो संविधानसभाका लागि अर्बौं रुपैंया, अमूल्य समय अनि कीर्तिमानी बलिदानको मूल्य चुकाइएको छ । अभूतपूर्व आशा गरिएको यस्तो संस्था नै जब सीमित नेताहरुको व्यक्तिगत, जातिगत र पार्टीगत स्वार्थको टकरावमा परेर टुक्राटुक्रा हुन्छ, तब स्वाभाविक छ राजनीति र यसका संचालकहरु जनताको घृणा र वितृष्णाको केन्द्र बन्छन् । त्यसैले चार वर्षअघि चुनाव हुंदाताकाको उत्साह, सपना अनि विश्वासलाई अबको चुनावमा फ्रस्ट्र्रेसनले प्रतिस्थापित गर्ने निश्चित छ । बाबुरामजस्ता केही गर्छु भन्ने हुटहुटी भएका र चारैतिरबाट आश गरिएका मान्छेको त यो हविगत हुन्छ भने गर्ने कसले यो देशमा - चौतर्फी यही चरम निराशा व्याप्त छ । अन्यौलताको यो विषाक्त वातावरणमा फेरि अर्को ६०१को जम्बोरी खडा गरेर देशलाई नै सिजोफ्रेनिकहरुको भर्तीकेन्द्र बनाउन किन खोज्दैछन् हुतीहाराहरु रु नालायक नेताहरुका कारण संविधानसभाको प्रयोग यो देशमा असफल भएको देखियो । यसर्थ, २०४७ सालकोझैं बुद्धिजिवी सम्मिलित संविधान निर्माण आयोग गठन गरेर संविधान जारी गर्नु नै अहिलेको समाधान हुनसक्छ ।

Read More

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong