........................................................................with words, with issues!!!

Showing posts with label Medical. Show all posts
Showing posts with label Medical. Show all posts

Sep 7, 2025

A Doctor’s Decade in Nepal’s Healthcare System

 

(The article first appeared in Setopati )

This year marks a decade since I began my journey as a doctor in Nepal. From the remote hills of Achham to the operation theatres of Kathmandu and back to my hometown of Dang, the last ten years have been both personally rewarding and professionally insightful. I have worked at all levels of our healthcare system- from a rural hospital to a tertiary one - and what I’ve seen compels me to speak not only as a surgeon, but as a citizen concerned about the future of healthcare in Nepal.

Beginning in Achham

My first posting as a fresh MBBS graduate was in Achham district hospital, in the far western hills- a remote region plagued by social, economic and political disadvantage, where people have woeful access to health services. There, I experienced the stark realities of rural health firsthand: elderly patients living alone, malnourished children without parental care, and a health system stretched thin. A stethoscope was the only piece of modern equipment available to me and listening to the hearts and lungs of my patients to make sense of their ailment used to be my daily routine. More importantly, I made it a point to listen to their life stories, their hardships and the quiet desperation of social isolation and poverty. Many elderly patients presented with vague complaints like body ache at multiple sites, without any specific diagnosis. In such cases, treatment meant not only prescribing medicines, but also providing emotional support.

Many patients had to be referred to higher centers for better medical and surgical care; the nearest ones being Dhangadhi or Nepalgunj. It was an arduous journey that took over 10 hours, often worsening outcomes. Despite these limitations, Achham sharpened my clinical skills and deepened my empathy. I also completed Advanced Skilled Birth Attendant (ASBA) training which enabled me to perform cesarean sections- a critical skill in regions where maternal and neonatal deaths remain unacceptably high. In fact, in rural areas where specialist obstetrician care is still a far cry, ASBA trained MBBS doctors have been doing a remarkable job saving the lives of mothers and the newborns.

After two years in Achham, I moved to Dadeldhura hospital and later to Rapti Provincial Hospital, Dang; better-equipped institutions with more staffs and services. Here I deepened my involvement in obstetrics and minor surgical care. Eventually, I pursued a residency in General Surgery at Bir Hospital, one of the busiest tertiary hospitals in the country. It was a period of immense learning- across emergency rooms, operation theatres, ICUs and wards. I came to appreciate the scientific rigor and art of surgery in equal measure. Post-residency, I returned to Dang now as an MS general surgeon. I have since been performing elective and emergency surgeries daily, with a renewed sense of purpose and responsibility. Having come full circle- from a rural setting to advanced surgical practice- I now feel positioned to speak not just as a practitioner, but as a witness to Nepal’s evolving health system.

Reflections on Nepal’s health system

Across these years and locations, one lesson stands out: Nepal’s health system is uneven. Rural areas suffer from chronic shortages of skilled manpower, lack of equipment and poor infrastructure. It is no exaggeration to say that buildings exist, but services don’t. Patients exist, but doctors don’t. Geta Medical College of Dhangadhi is a case in point. Of course, there has been gradual improvement in this sorry state of affairs. For example, the Karnali region, the land once named for hunger and hardship, now produces specialist doctors; thanks to the tireless efforts of many who made possible the birth of Karnali Academy of Health Sciences (KAHS) in Jumla. But we must admit that the system is still heavily city-centric and the government’s incentive structure does little to motivate doctors to serve in remote areas.

To address this problem of manpower shortage in government health institutions, the Ministry of Health recently called for an additional 2100 doctors, nurses and health personnel based on a rigorous Organizational and Management (O & M) survey. But the Ministry of Finance balked citing budget constraints. It is deeply disheartening to see such clear, evidence-based proposals sidelined, especially while government funds flow unchecked into lavish projects that appear to serve political vanity more than public welfare.

If we are to improve health outcomes equitably, we must incentivize rural service- financially, professionally and personally. No doubt, the government should send more young doctors to rural postings- whether under scholarship bonds or as permanent Loksewa appointments. Even one year of rural medicine can be transformative. The first time I saw a mother walk for five hours to reach the hospital in Achham, I realized that medical textbooks had prepared me for diseases, but not for this reality. Rural Nepal doesn’t just test your clinical acumen- it tests your humanity. In fact, no doctor should miss the taste of medicine in rural life. But to make it viable, the state must introduce a well-rounded package- including rural allowances, fast-track academic opportunities and professional development credits.

The Missing Link

One glaring gap in our day to day practice troubles me- research and innovation. I, like many colleagues, see scores of patients each day and operate scores each week but rarely document cases for academic publication. This is partly because our medical education never truly cultivated a research culture. Hospitals and policymakers must encourage and support clinicians in producing case reports, studies and data-driven insights that can strengthen Nepal’s healthcare system. In addition, the mushrooming of medical colleges without strict regulation has also affected the quality, at times eroding empathy in doctor-patient relationships. Works like Dr. Nawaraj KC’s Shunyako Mulya, filled with poignant accounts from Karnali, remind us that compassion is as critical as any clinical skill.

From the rugged trails of Achham to the busy theatres of a provincial hospital, this decade has shown me both the resilience of our people and the cracks in our health system. The path forward demands not just more doctors in rural posts, but also fair incentives, stricter medical education standards, a revived culture of empathy and a commitment to research. Only then can we truly bridge the gap between the Nepal we have – and the Nepal we need.


 

Read More

Aug 30, 2025

जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!


First published in SwasthyaKhabar

पछिल्लो समय देशका विभिन्न भागमा मूलतः ग्रामीण भेगमा विभिन्न संघसंस्थाको आयोजनामा स्वास्थ्य शिविर (हेल्थ क्याम्प) गर्ने प्रचलन बढ्दो छ | एकजना चिकित्सकको नाताले मैले पनि यस्ता शिविरहरुमा सहभागी भएर बिरामीहरुको कुरा सुन्ने, काउन्सेलिङ गर्ने र औषधि बाँड्ने मौका पाएको छु | करिब दर्जन यस्ता शिविरहरुको अनुभवपछि भने मेरो मनमा प्रश्न उठेको छ- के यी स्वास्थ्य शिविरहरुले साँच्चिकै ती बिरामीहरुको स्वास्थ्यमा, स्वास्थ्य-चेतनामा र आनीबानीमा कुनै सकारात्मक परिवर्तन ल्याउन सकेका छन् त ? कि कतै त्यत्रो खर्च र तामझामका साथ गरिने चीजले उल्टै नकारात्मक असर पो पारिरहेको छ ? मेरो अनुभवले भन्छ- स्वास्थ्य शिविर भन्दै संचालन गरिएका अधिकांश एकदिने क्याम्पहरु हतार हतार सम्पन्न गरिने अनुष्ठानजस्तै हुन् | तिनले मानिसका स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको हुनसक्ने मेरो ठम्याई छ |

इतिहासमा हेल्थ क्याम्प

नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि शुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ | तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक लेखमा लेखेअनुसार ‘बर्ड्स अफ नेपाल’ पुस्तकका लेखक रबर्ट फ्लेमिङले सन् १९५१/५२ मा आफ्नी श्रीमती डा. बेथेल र अर्का डाक्टर कार्ल फ्रेडरिक्ससँग नेपाल आएका बखत पाल्पाको तानसेनमा ६ हप्तासम्म हेल्थ क्याम्प संचालन गरेका थिए | करीब २ हजारको उपचार तथा केहीको शल्यक्रिया गरिएको सो क्याम्प नै सम्भवतः नेपालमा गरिएको पहिलो हेल्थ क्याम्प थियो | त्यस्तै सन् १९६५ ताका संयुक्त राज्य अमेरिकाको प्राविधिक सहयोगमा परिवार नियोजनका सेवा शुरु भएपछि भने ७० कै दशकभरि पुरुषका लागि स्थायी बन्ध्याकरण ‘भ्यासेक्टोमी’ र महिलाका लागि ‘मिनिल्याप’ का क्याम्पहरु प्रचुरमात्रामा चलेको बुझिन्छ | त्यसैगरी सन् १९७२ मा ‘एसोसिएसन फर अफ्थ्याल्मिक कोअपरेसन इन एसिया’ नामक एक जापानी एनजीओले पहिलो आँखा क्याम्प गरी ७४५ वटा मोतिविन्दुको शल्यक्रिया गरेको देखिन्छ | विदेशी चिकित्सकहरुले यसरी शुरु गरेको हेल्थ क्याम्पमा आजपर्यन्त उनीहरुको उल्लेखनीय संलग्नता पाइन्छ | विभिन्न राष्ट्रिय/अन्तराष्ट्रिय संस्थाहरुमार्फत विदेशी डाक्टरहरु यहाँ आएर यस्ता क्याम्पमा सहभागी हुने गरेका छन् भने विभिन्न फार्मास्युटिकल कम्पनीहरु, एनजीओ/आइएनजीओ, सामाजिक संस्था, निजी अस्पताल/मेडिकल कलेज र क्लबहरुदेखि लिएर गाउँपालिका/नगरपालिकाजस्ता स्थानीय निकायहरु सम्म यसका आयोजक रहने गरेका छन् |

अनुभव १: अछाम

अछामको जिल्ला अस्पतालमा कार्यरत रहँदा त्यहाँस्थित एक गैरसरकारी संस्थाले एकपटक एउटा स्वास्थ्य शिविर आयोजना गरेको थियो | एचआईभी/एड्सको महामारी रहेको अछाममा एड्सकै विषयमा काम गर्ने दर्जनौं एनजीओहरु छन् र यो शिविरको आयोजक एनजीओले काम गर्ने विषय पनि त्यही थियो | सदरमुकामबाट करिब ३० किलोमिटरको दूरीमा रहेको एउटा गाउँमा आयोजना गरिएको त्यो शिविरमा मुख्य गरी यौनजन्य संक्रमणका बिरामीहरुको जाँच गर्ने उद्देश्य राखिएको थियो | गाउँको स्थानीय स्कुलमा राखिएको सो शिविरमा बिरामी चेकजाँच गर्न म एकजना र एकजना हेल्थ असिस्टेन्ट थियौं | शिविरकै लागि भनेर आयोजक संस्थाले करिब एक लाख रुपैयाँबराबरको औषधि खरिद गरेर ल्याएको थियो |

निशुल्क शिविर भनेर गाउँमा रेडियोले राम्रै प्रचार गरेको थियो, भएभरका मानिस ओइरिएर आए | भन्नलाई त ‘यौनजन्य संक्रमणका बिरामीको निम्ति स्वास्थ्य शिविर’ भनिएको थियो, तर गर्नेबेला त्यो ‘जनरल हेल्थ क्याम्प’ नै हुन गयो जहाँ शरीरका विभिन्न भाग दुख्ने र चड्किनेदेखि स्वाँस्वाँ र फ्वाँफ्वाँ हुने सम्मका हरेक प्रकृतिका बिरामीहरु भेटिए | कतिपय चाँहि कुनै समस्या नभइकन पनि आएका थिए जसबारे सोध्दा उनीहरुको उत्तर हुन्थ्यो- औषधि मिल्छ कि भनेर आएको हजुर ! सित्तैमा हाम्रोलागि औषधि आएको हुन्छ, त्यो लिनुपर्छ भन्ने मूल ध्येय हुँदोरहेछ मानिसहरुको | स्वास्थ्य शिविरलाई उनीहरुले आफ्नो शरीर चेकजाँच गर्ने अवसर भन्दा पनि औषधि वितरण कार्यक्रमका रुपमा बढी लिएको पाएँ | ‘खोइ आमा, तपाईंको छाती जाँच गरौँ’ भन्दै आला लगाउन खोज्दा एउटी वृद्धाले भनेकी थिइन्: ‘भो बाबु, मलाई दबाई देउ ! चेक त मलाई यहींको हेल्थपोस्टमा पनि गर्छन् !’ यसरी कुनै खास रोगका बिरामीहरु पत्ता लगाउने र उपचार गर्ने भन्ने उद्देश्य राखेर क्याम्प गर्दा पनि स्थानीयस्तरमा त्यसखाले सम्भावित बिरामीहरु पहिल्यै पहिचान गरेर मात्रै क्याम्पमा ल्याउने संयन्त्र नहुँदा अन्ततः त्यो जनरल हेल्थ क्याम्प नै हुनपुग्दो रहेछ | जसकारण क्याम्पको उद्देश्य नै अपूरो रहन जान्छ |

अर्कोतिर, शिविरमा आउने हरेक मानिस औषधि नै चलाउनुपर्ने स्तरको समस्या बोकेर आएका हुन्छन् भन्ने हुँदैन | कतिपय हुन्छन् आफ्नो जीवनशैली परिवर्तन गरेमा सुधार हुनेहरु, कतिपय हुन्छन् खानपिनका कुरामा ध्यान दिनुपर्नेहरु अनि अन्य कतिपय मनोसामाजिक परामर्शद्वारा ठीक हुनेहरु | औषधि चलाउनुपर्नेलाई त औषधि दिन्थ्यौं नै | तर जसलाई हामी भन्थ्यौं कि तपाईंलाई औषधिको जरुरत छैन, ती मानिसहरु आक्रोशका साथ भन्थे: ‘औषधि नै नदिने भएपछि किन क्याम्प चलाएको? त्यति टाढाको गाउँबाट यही क्याम्पका लागि भनेर घन्टौंको बाटो हिंडेर हामी आउने, तपाईंले चाँहि औषधि पर्दैन भन्ने?’ मानौं, हामीले लिएर आएका औषधिहरु हरेक कुराको रामवाण हुन् र ती औषधिबाहेक उपचारका अन्य विधिहरुको कुनै काम छैन |

औषधिको जथाभावी प्रयोग राम्रो होइन, बिनाकारण औषधि सेवन गर्दा अन्तत: हाम्रै शरीरलाई हानी गर्छ अनि उपचार गर्ने भनेको औषधि बाँड्ने मात्रै होइन भनेर सम्झाउने यत्न नगरेको होइन तर त्यो भीडभाडमा कुरा सुनिदिने कसले, बुझिदिने कसले ! फेरि सयौंको संख्यामा बिरामी दर्ता भएका छन्, दिनभरिमा सबैलाई हेरिभ्याउनुपर्ने बाध्यता छ, राम्रोसँग सम्झाउने बुझाउने फुर्सद पनि कहाँ होस् हामीलाई ! अन्ततः अन्यत्रको झैं त्यो किचकिच र झमेलाबाट पार पाउन सजिलो बाटो रोज्यौं हामीले- ग्यासट्राइटिस (चलनचल्तीको ग्यास्टिक) का लागि चलाइने गोली (एसिलक) अनि भिटामिनको क्याप्सुल हातहातै बाँड्ने र उम्किने |  यसरी एकातिर हामी औषधिको समुचित प्रयोगको रट लगाउँदैगर्दा अर्कातिर क्याम्पहरुमा अनावश्यक रुपले औषधि बाँडिहिंडेर विरोधाभाषपूर्ण व्यवहार देखाइरहेका थियौं |

औषधिको समुचित/अनुचित प्रयोग

विश्व स्वास्थ्य संगठनले ‘औषधिको समुचित प्रयोग’ लाई यसरी परिभाषित गरेको छ: ‘बिरामीलाई आफ्नो रोगअनुसारको उपयुक्त औषधि आफू र आफ्नो समुदायका निम्ति न्युनतम मुल्यमा उपलब्ध भइ उपयुक्त मात्रामा उपयुक्त समयसम्म प्रयोग गर्नु नै औषधिको समुचित प्रयोग हो |’ यो परिभाषालाई मान्ने हो भने हाम्रा अधिकांश स्वास्थ्य शिविरहरुले औषधिको अनुचित प्रयोगलाई बढावा दिइरहेका छन् भन्न हिच्किचाउनुपर्ने कुनै कारण छैन |

औषधिको समुचित प्रयोग गर्नुपर्ने चिकित्सकहरुबाट नै स्वास्थ्य शिविरमा उल्टो काम कसरी भइरहेको छ त?

माथि नै भनियो, आफ्नै गाउँघरमा निशुल्क शिविर भनेपछि त्यो गाउँ मात्रै नभएर वरिपरिका गाउँहरुबाट पनि थेगिनसक्नुको भीड उर्लेर आउँछ | सहरबाट ठूला डाक्टर आएका छन्, सबैजना चेकजाँच गर्न आउनु, औषधि लैजानु भनेर आयोजक संस्थाले गर्ने आक्रामक प्रचारबाजीले गर्दा पनि ठूलो संख्यामा मानिसहरु आउने गर्छन्, ठूलै आशा बोकेर | जगजाहेर कुरा हो, संख्या बढ्दा गुणस्तर खस्किन्छ; संख्या कम भएमा गुणस्तर उकास्न सकिन्छ |

सयौंको संख्यामा मानिस आउँदा उनीहरुलाई दिनुपर्ने जति समय दिन सकिंदैन | सात-आठ घण्टाको अवधिभित्रै जम्मैलाई सेवा दिइसक्नुपर्ने पावन्दी जो हुन्छ | गुणस्तरीय सेवा दिनका निम्ति अन्तर्राष्ट्रिय मापदण्ड हेर्ने हो भने एउटा बिरामीलाई औसतमा दस मिनेट समय दिनुपर्छ डाक्टरले | त्यो भनेको एक घन्टामा ६ जना बिरामी अर्थात् एक दिने क्याम्पमा लगातार आठ घण्टा (बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म) हेर्ने हो भने पनि मुस्किलले ४५ देखि ५० बिरामीसम्म हेर्न सकिन्छ | त्यसमाथि केही समय खानानास्ता र केहीबेर ‘फ्रेस’ हुनका निम्ति पनि छुट्याउनुपर्यो | राष्ट्रियस्तरका ठूला संस्थाले आयोजना गरेको शिविरबाहेक स्थानीय स्तरमा गरिने अधिकांश शिविरमा बढीमा दुइजना स्वास्थ्यकर्मी खटाइएका हुन्छन् | यसहिसाबले एकदिने क्याम्पमा अधिकतम् हेर्न सकिने बिरामीको संख्या हो सय | तर यथार्थ के हो भने बिरामीहरु ३०० देखि ५०० को संख्यामा हुन्छन् | त्यसमध्ये खास बिरामीको संख्या केही थोरै नै हुन्छ तर आएका जतिलाई नजाँची धरै हुँदैन | आयोजक संस्थालाई पनि कत्तिको स्तरीय सेवा प्रवाह हुनसक्यो भन्नेमा कुनै मतलब हुँदैन | कति धेरै मानिसहरु दर्ताकिताबमा दर्ता भए- बस् उनीहरुको चासो त्यत्तिमै सीमित देखें | जतिसक्दो फटाफट धेरैभन्दा धेरै बिरामी भ्याउनुहोस् डाक्साप-उनीहरुको सल्लाह यत्ति पाएँ मैले | यस्तो परिस्थितिमा सबै बिरामी हेरिसक्नुपर्ने दबाबका बीच नचाहँदानचाहँदै पनि हामीले दिने सेवाको गुणस्तर कायम राख्न सक्दैनौं | क्याम्पमा जसै दिन ढल्दै जान्छ, थकानले हामीलाई छोप्दै जान्छ अनि अब त छिटो भ्याउनुपर्यो भन्ने हतारोले हाम्रो चेकजाँच पनि झारा टार्ने हिसाबको हुँदै जान्छ | बिरामीसँग मीठामीठा बात मार्न झिँजो लाग्दै जान्छ अनि उही भिटामिन र एसिलकका गोली दिँदै ‘लौ हजुर, यो खानुहोला, निको हुन्छ’ भन्दै पठाउन सजिलो लाग्न थाल्छ | औषधिको अनुचित प्रयोगको बन्दी बनाइछोड्छ शिविरले यसरी |

अनुभव २ : डडेल्धुरा

डडेल्धुराको अनुभव पनि त्यति प्रीतिकर रहेन | उही भीडभाड, उही औषधिको माग, उही सबथोक फूमन्तर गरेर ठीक हुने आशा ! हामीहरुसँग भने आला र रक्तचाप जाँच गर्ने मेसिनबाहेक अन्य आवश्यक उपकरणहरुको व्यवस्था थिएन | कान दुखेर आउने बिरामीको ओटोस्कोपले कान हेर्नुपर्ने हुन्थ्यो जुन त्यहाँ थिएन | योनीबाट सेतो पानी बगेर आएको बिरामीको स्पेकुलमबाट जाँच गर्नुपर्थ्यो; त्यो पनि त्यहाँ थिएन | यसरी स्वास्थ्य चौकीमा समेत पाइने सामान्य उपकरणहरु नहुँदा अन्दाजकै भरमा औषधि चलाउनुपर्ने विवशता हाम्रासामु थियो | अनि त्यहाँ चलाइएका ती औषधिहरुले कस्तो रेस्पोन्स गरे, बिरामी ठीक भए या भएनन्- फलोअप नहुने हुनाले हामीलाई ती कुरा थाहा हुने भएन | फलोअपबिनाको उपचार पनि के उपचार- उपचार गरिरहँदा मेरो मनमा यस्तै केही खेल्दै थियो |

त्यसमाथि त्यो दिन गाउँमा एकजना २२ वर्षीय पुरुषले झुण्डिएर आत्महत्या गरेको खबर आयो | पोस्टमार्टम गर्न सदरमुकामस्थित म कार्यरत अस्पताल लग्नुपर्ने भयो | प्रहरीले त्यसैको तयारी गर्दै थियो तर गाउँपालिकाको अध्यक्षले एक्कासी अचम्मको प्रस्ताव राख्नुभयो | ‘अस्पतालको डाक्साप यतै हुनुहुन्छ क्यारे, यहीं पोस्टमार्टम गरे कसो होला ! गाउँमै पहिलोपल्ट पोस्टमार्टम भएको रेकर्ड पनि रहने थियो !’- उहाँले मसँग भन्नुभयो | विस्मित् हुँदै मैले भने- ‘अध्यक्षज्यू, यो नमिल्ने कुरो हो | पोस्टमार्टम भनेको चौरमा सबैका अगाडि लास चिर्ने कुरा होइन | यसका आफ्नै नियम छन् | यहाँ खोइ कहाँ छ पोस्टमार्टम घर, कहाँ छन् चिर्ने औजारहरु, कहाँ छन् चिर्न सघाउने सहयोगीहरु ? त्यसैले कृपा गरेर अस्पतालमै लैजानुस् र त्यहाँ ड्युटीमा रहनुभएका डाक्टरलाई भनेर प्रकृयाअनुसार पोस्टमार्टम गराउनुहोस् |’ अलिक बुझ्ने खालकै अध्यक्ष हुनुहुँदो रहेछ क्यार, एकचोटीमै कुरा मान्नुभयो र लासलाई गाडीमा अस्पताल पठाउनुभयो | प्रश्न उठ्यो, उहाँ अलि एकोहोरो खालको मानिस भएको भए मैले दबाब थेग्न सक्थें त ? आफ्नो क्षेत्रको जनतालाई ‘हेर मैले तिमीहरुको लागि रेकर्ड राखेर देखाएँ’ भन्नका खातिर हुँदै नहुने कुरा शिविरमा गराउन खोजेर पनि हुन्छ त ? बरु त्यो ठाउँमा अस्पताल खोल्न पहल गरुन्, डाक्टर र स्वास्थ्यकर्मीहरुलाई बस्ने वातावरण मिलाइदिउन्, उपकरण र औजारहरुको प्रबन्ध गरिदिउन् ! तब पो रेकर्ड रहन्छ, नकि एक दिने क्याम्पमै सबैथोक गराइदिन खोज्ने स्टन्टबाजीले !

यसो भन्दै गर्दा सबैखाले क्याम्पहरु खत्तमै हुन् भन्न खोजेको होइन | डडेल्धुरा अस्पतालमै भएको दुइदिने हाडजोर्नी क्याम्पले थुप्रै बिरामीहरु लाभान्वित भएका थिए | कतिको भाँचिएको हाडको अपरेसन भयो भने कतिको हाडमा राखिएका रडहरु निकालिए | धनगढी वा नेपालगंज जानुपर्ने बिरामीहरुले, दुई दिनकै लागि सही, आफ्नै घरआँगनको अस्पतालबाट विशेषज्ञ सेवा पाए | यसैगरी पाठेघर खसेका महिलाका निम्ति पाठेघरको अपरेसन गर्ने क्याम्प, मोतिविन्दुका बिरामीका निम्ति अपरेसन गर्ने क्याम्पजस्ता विशेषज्ञ सेवा दिने क्याम्पहरु भइरहनु जरुरी छ | एउटा खास रोगका निम्ति भनेर गरिने क्याम्पमा त्यहीअनुसारको विशेषज्ञ जनशक्ति आएको हुन्छ, त्यहीअनुसारका उपकरणहरुको जोहो गरिएको हुन्छ र बिरामी पनि त्यहीअनुसारका लक्षणहरु भएकालाई ल्याइएको हुन्छ | यसर्थ जनरल क्याम्पको जस्तो गन्जागोल त्यहाँ रहँदैन जसकारण यो प्रभावकारी छ | तर फेरि पनि मुख्य कुरो भनेको मैले माथि अछामको अनुभवमा लेखेजस्तो विशेषज्ञ सेवा दिने क्याम्पहरुलाई जनरल क्याम्पमा ‘डीजेनेरेट’ हुन नदिने कसरी भन्ने नै हो | दुर्गमका यी अस्पतालमा काम गर्दा मैले देखेको छु, यहाँ कति यस्ता आमाहरु छन् जो आङ खसेको पीडा लिएर बसिरहेका छन् र व्यग्र प्रतिक्षामा सोधिरहेका छन्- ‘बाबु, त्यो शिविर कहिले आउँछ?’ कति यस्ता बाहरु छन् जो बादल लागेको आँखा लिएर घुमिरहेका छन् र व्यग्र प्रतिक्षामा सोधिरहेका छन्- ‘बाबु, त्यो शिविर कहिले आउँछ ?’ विशिष्टकृत सेवा दिने भनेर संचालन गरिएका क्याम्पहरु जनरल क्याम्पमा झर्न थाले भने यी बा र आमाहरुले सेवा पाउँदैनन् | पाए पनि त्यही मल्टीभिटामिनका क्याप्सुल पाउँछन्, पाउँदैनन् आङ खसेको अपरेसन अनि आँखाको ज्योति !

सहरका ठूला अस्पतालमा सीमित विशेषज्ञ सेवाहरुमध्ये क्याम्प गरेर दिन सकिने सीमित यस्ता सेवाहरु दुर्गम ठाउँमा कसरी राम्रो ढंगले प्रवाह गर्न सकिन्छ, त्यसप्रति सबैले ध्यान दिनुपर्छ | यो लेखमा चर्चा गरिएको भने जनरल हेल्थ क्याम्पको हो |

एन्टीमाइक्रोबियल रेजिस्टेन्सका कुरा

शरीरमा हुने विभिन्न किसिमका ब्याक्टेरियाका संक्रमणविरुद्ध काम गर्ने एन्टीबायोटिक भनिने औषधिहरुले ब्याक्टेरियासँग लड्ने आफ्नो त्यो क्षमता द्रुतगतिमा गुमाउँदै गएको कुरा स्थापित भइसक्यो | पहिले त्यही एन्टिबायोटिकले कुनै ब्याक्टेरियाविरुद्ध राम्रोसँग काम गर्थ्यो भने आज आएर त्यो ब्याक्टेरियाले प्रतिरोधी क्षमताको विकास गरेको छ जसकारण कडाभन्दा कडा एन्टिबायोटिकहरु पनि निकम्मा सावित हुँदैछन् | विश्व स्वास्थ्य संगठनले भनिसक्यो: अब सामान्यभन्दा सामान्य संक्रमण र घाउचोटहरुले पनि ज्यान जाने ‘पोस्ट-एन्टीबायोटिक एरा’ हाम्रो सन्निकट आइसक्यो | आखिर यस्तो भयावह अवस्था निम्त्यो कसरी ? एकै शब्दमा भन्दा- एन्टीबायोटिकको जथाभावी प्रयोगले |

चाहे अस्पतालमा होस् या क्लिनिकहरुमा, चाहे स्वास्थ्यकर्मीले ‘प्रेस्क्राइब’ गरेर होस् या बिरामी आफैंले किनेर, हचुवाको भरमा एन्टीबायोटिक खाने/खुवाउने ट्रेन्ड दिनानुदिन बढ्दो छ | यो ट्रेन्डमा हेल्थ क्याम्पहरुको पनि सहायक भूमिका छ | बाँड्ने औषधिको लिस्टमा सेफिक्सिम र ओफ्लोक्सासिनजस्ता एन्टीबायोटिकहरु प्राय: कुनै शिविरमा छुटेका हुँदैनन् | जबकि यी एन्टीबायोटिक कुन अंगको कस्तोखाले संक्रमण हो, यकिन गरेर निदान गरेपछि मात्रै चलाउनुपर्ने हो | तर शिविरमा ल्याब जाँचहरु नहुनेहुँदा यकिन निदान गर्न गाह्रो हुन्छ | यकिन निदान नहुँदा लक्षणका आधारमा मात्रै पनि एन्टीबायोटिक चलाउनुपर्ने हुनसक्छ, किनकि थप जाँचका निम्ति अनेकन् कारणहरुले त्यो बिरामीको सदरमुकामस्थित अस्पतालसम्म पहुँच नहुन सक्छ | व्यक्तिगत रुपमा भन्दा, शिविरमा मैले अपवादबाहेक (क्लिनिकल जजमेन्टका आधारमा) एन्टीबायोटिक लेखेको छैन, बरु तिनै एसिलक र भिटामिन दिएर पठाएको छु | तर सायद यो एन्टीबायोटिक रेजिस्टेन्सको भयावहताको जानकारी नभएकाले होला, कतिपय अन्य स्वास्थ्यकर्मी साथीहरु एन्टीबायोटिकजस्तो औषधिलाई पनि बिना सोचीसम्झी भिटामिन लेखेजसरी नै लेख्नुहुन्छ | कसैगरी शिविर सम्पन्न हुँदा औषधिको पोकोमा एन्टीबायोटिक पनि बचेका छन् भने आयोजक संस्थाका साथीहरुले बिरामीलाई बोलाउँदै भनेको सुनेको छु: ‘लिएर जानुस् यो पनि, हामीले फिर्ता लग्ने कुरा हुँदैन क्यारे !’ मानौं एन्टीबायोटिकहरु गाउँमा बाँडिने चाउचाउ/ बिस्कुट हुन् | तर खासमा यी एन्टीबायोटिक त दुईधारे तरबार जस्ता पो हुन् जसलाई चलाउन जान्यो भने जीवन दिने बुटी सावित हुन सक्छन् भने चलाउन नजान्दा जीवन लिने विष !

यसरी क्याम्पहरुमा देखिएको एन्टीबायोटिक बाँड्ने प्रवृतिले एन्टीमाइक्रोबियल रेजिस्टेन्स बढाउनमा र पोस्ट-एन्टीबायोटिक एरातिर धकेल्नमा केही न केही भूमिका खेलिरहेकै छ |

आयोजकका स्वार्थ

मेरो अनुभवमा आयोजक संस्थाको हामी क्याम्पमा बिरामी हेर्ने स्वास्थ्यकर्मीहरुसँग त्यस्तो कुनै खास सम्बन्ध रहेको हुँदैन | धेरैको स्वार्थ भनेकै आ-आफ्नो संस्थाको मार्केटिङ बढाउने नै रहेको पाएँ | कुनै औषधि कम्पनीले गरेको रहेछ भने नि:सन्देह उसले आफ्ना औषधिहरुको प्रचारप्रसार गर्ने अवसरका रुपमा यसलाई लिन्छ | कुनै निजी अस्पताल/क्लिनिकले गरेको रहेछ भने सोहीअनुसार उसले पनि आफ्नो व्यापारिक माहौल बनाउने मौका छोप्छ | स्थानीय गाउँपालिका/नगरपालिकाहरु पनि यो होडबाजीमा पछि छैनन् | आखिर जनप्रतिनिधिहरुलाई पनि देखाउनु छ- हेर जनता हो, मैले तिम्रो घरआँगनमै डाक्टरहरु ल्याएर देखाइदिएँ | यही दुनियाँका अगाडि देखाइदिने प्रयोजनमा आयोजकहरु सफल छन् तर यी क्याम्पहरुको झूर ‘क्वालिटी अफ सर्भिस’ भने आजसम्म पनि ढाकछोप हुँदै आएको विषय हो | अखबारका पाना र आयोजकका रिपोर्टमा यति हजार बिरामीले सेवा पाए भन्ने गौरवपूर्ण बखान पढ्दै गर्दा त्यो सेवाको गुणस्तरमा गहिरिएको खोइ ? कस्तो संस्थाले कस्ता स्वास्थ्यकर्मी ल्याएर कस्तो खाले क्याम्प गरिरहेको छ, यसले समुदायमा कस्तो असर पारिरहेको छ; यसबारे अनुगमन र निरीक्षण खोइ ? मिडियाले पनि आयोजक संस्थाले दिएको विवरण जस्ताको तस्तै छाप्नेभन्दा अरु काम गर्नसकेको छैन | ‘निशुल्क स्वास्थ्य शिविर सम्पन्न, हजारौं बिरामी लाभान्वित’- हरेकजसो मिडियाको साझा हेडलाइन यही हुन्छ, जुन ती आयोजकले टिपाएका हुन्छन् | त्योभन्दा गहिरिएर कस्तो सेवा, कसले दिएको सेवा, कुन गुणस्तरको सेवा भनेर खोज्ने जाँगर कुनै मिडियाले देखाएको मलाई थाहा छैन | हालसम्म गरिएका क्याम्पहरुले आफ्ना जनताको स्वास्थ्य स्थितिमा कस्तो प्रभाव पारेको छ भनेर सरकारका तर्फबाट पनि न त अध्ययन भएको छ न त त्यो नाप्ने सूचकहरु नै बनाइएको छ |

अन्य अध्ययनका कुरा

Medical Camps and their Usefulness शीर्षकमा काठमाडौं युनिभर्सिटी मेडिकल जर्नलमा Karki DB, Dixit H Neopane A को एउटा लेख छापिएको छ | त्यसमा उहाँहरु लेख्नुहुन्छ- ‘उच्च रक्तचाप, मधुमेह, मृगौला रोगजस्ता नसर्ने रोगहरुको प्रकोप बढिरहेका बेला ती रोग लाग्नसक्ने वा लागेका मानिसको जतिसक्दो चाँडो पहिचान गर्न जरुरी हुन्छ र यसरी ‘स्क्रिन’ गर्न राम्रो ढंगले चलाइने हेल्थ क्याम्पहरु सहायकसिद्ध हुन्छन् |’ म सहमत छु यो वाक्यमा किनकि यसमा भनिएको हेल्थ क्याम्प फगत मैले अनुभव गरेको जस्तो देखावटी हेल्थ क्याम्प होइन, राम्रो ढंगले चलाइने हेल्थ क्याम्प हो | तर हाम्रोजस्तो सेटअपमा राम्रो ढंगले चलाउन असम्भव नै त छैन, मुस्किल जरुर छ | देखावटी क्याम्प गर्न सजिलो छ, र हामीकहाँ बढी मात्रामा हुने गरेको पनि त्यही नै हो | कति जना बिरामी दर्ता भए भन्नेसँग मात्रै मतलब हुने भएपछि आयोजकलाई पनि कति ढंग पुर्याएर गरियो भनी सोधखोज गर्ने जरुरत हुँदैन | स्वास्थ्यकर्मीलाई पनि एक दिन क्याम्प गरेर तीन दिनको भत्ता खान पाएपछि अरु कुराको टन्टा लिनुपरेन | बस्, आयोजकसँग ‘हो’ मा ‘हो’ मिलायो, क्याम्प सफल भयो भन्दै फोटोसुट गर्यो, किस्सा खत्तम ! त्यसैले ‘उच्च रक्तचाप भएका बिरामीहरुको पहिचान गर्ने’ भन्ने उद्देश्य राखेर मात्रै के गर्ने ! जब बिरामीको अत्यधिक चाप अनि त्योअनुसार स्वास्थ्यकर्मीको संख्या नपुग्नाले आएका सबैको ब्लडप्रेसर नै नापिदैन भने उच्च रक्तचाप भएका बिरामीको कसरी गर्न सकिन्छ पहिचान? यसर्थ हामीकहाँ झारा टार्न गरिने कर्मकाण्डी पाराको क्याम्पहरुबाट उक्त लेखमा भनिएजस्तो बिरामीहरु ‘स्क्रिन’ गर्न सफल हौंला भन्ने कुरामा मलाई विश्वास छैन |

त्यस्तै The Anatomy Of Ephemeral Health Care: “Health Camps” and Short-term Medical Volunteerism In Remote Nepal शीर्षकमा डेभिड सिट्रीनले सिन्हासको २०१० अंकमा एउटा महत्वपूर्ण लेख छपाएका छन् | यसमा उनले नेपालका दुर्गम ठाउँमा गरिने हेल्थ क्याम्पहरुको आलोचनात्मक चिरफार गर्दै दुर्गमका जनताको आधारभूत आवश्यकता र उनीहरुलाई चाहिएको प्राथमिक स्वास्थ्य त्यहाँ आयोजना गरिने केही दिनका स्वास्थ्य शिविरले पूरा गर्न सक्दैनन् भन्ने विचार राखेका छन् | एक ठाउँमा उनी लेख्छन्: “औषधिप्रतिको जादुमयी आकर्षणलाई हेल्थ क्याम्पहरुले थप बढावा दिइरहेका छन् | गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकता नै पूरा गर्न हम्मेहम्मे पर्ने मानिसहरुलाई जथाभावी औषधि बाँड्नु अनि अनावश्यक शल्यक्रियाको भारी बोकाउनु उचित होइन | भिटामिन, ब्रुफेन र एन्टीबायोटिकजस्ता औषधिहरु हचुवाको भरमा भिडाउनाले उनीहरुमा उल्टै थप स्वास्थ्य समस्या निम्तिने खतरा छ | विदेशी डाक्टरका हकमा भाषाको समस्या हुने हुँदा अर्काले उल्था गरिदिएको भरमा रोगको निदान गर्नुपर्ने अवस्था पनि पक्कै राम्रो होइन | त्यसैगरी क्याम्पमै गरिने शल्यक्रियाहरुमा संक्रमण रोकथामका उपायहरु राम्रोसँग अपनाउन नसकिने तथा शल्यक्रियापश्चात् फलोअप गर्न नसकिने अवस्थाले पनि बिरामीहरुमा थप जोखिम निम्त्याउन सक्ने खतरा देखिन्छ |” हो पनि, स्थायी बन्ध्याकरणका अपरेशनहरु क्याम्पमा गर्दा संक्रमण रोकथामका उपायहरु सही ढंगले अपनाउन नसकेर थुप्रैको ज्यान गएको उदाहरण छिमेकी भारतमा प्रशस्त छन् | उदाहरणका निम्ति सन् २०१४ को नोभेम्बरमा छत्तीसगढ राज्यमा गरिएको एउटा ‘स्टरलाइजेसन क्याम्प’मा अपरेशनपश्चात १५ महिलाको ज्यान गयो भने ७० जना गम्भीर अवस्थामा अस्पताल भर्ना भए | एउटा अपरेसनलाई कम्तिमा १५ मिनेट समय लगाउने र एक दिनमा ३० वटा भन्दा बढी गर्न नमिल्ने ‘प्रोटोकल’ हुँदाहुँदै ‘टार्गेट’ पूरा गर्ने नाममा ९० वटासम्म गर्ने गरिदो रहेछ | हतपतको काम लतपत भनेझैं मेडिकल क्षेत्रमा यस्तो हतपत गर्दा परिणाम मान्छेको ज्यानैसम्म जानसक्छ | अत: सिट्रीनको लेखका उल्लेखित पङ्क्तिहरुमा मेरो पूर्ण सहमति छ र साथै लेखकले स्वास्थ्य सेवा दिने एउटा उपायका रुपमा क्याम्पलाई लिइरहेको अवस्थामाथि पुनर्विचार गर्नुपर्ने जुन निचोड प्रस्तुत गरेका छन्, त्यसमा पनि मेरो समर्थन रहेको छ | यसमा सबैको ध्यानाकर्षण हुनु जरुरी छ |     

  

निष्कर्ष:

स्वास्थ्य शिविर गर्नुको मुख्य उद्देश्य स्वास्थ्य सेवामा पहुँच नभएका दूरदराजका जनतासम्म एकै दिनका लागि सही, त्यो पहुँच स्थापित गर्नु हो | तर गाउँगाउँमा स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरु संचालन भइरहेको परिप्रेक्ष्यमा पहुँच मुख्य सवाल होइन | हाल देशभरिमा ३,७७८ स्वास्थ्यचौकी र १८७ प्राथमिक स्वास्थ्य केन्द्रहरु छन् | गाउँगाउँका यिनै स्वास्थ्यचौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरुमार्फत मानिसहरुको स्वास्थ्यसेवामा पहुँच छ | मुख्य सवाल त भएका यी स्वास्थ्य केन्द्रहरुलाई कसरी सबल बनाउने भन्ने हो | दरबन्दीअनुसारको जनशक्ति कसरी राख्ने र टिकाउने भन्ने हो | त्यहाँबाट प्रवाह हुने सेवालाई कसरी उन्नत र गुणस्तरीय बनाउने भन्ने हो | आममानिसलाई यिनै केन्द्रहरुबाट कसरी बढीभन्दा बढी सेवा दिने भन्ने हो | यी सवालहरुको उत्तर एक दिने ‘जनरल हेल्थ क्याम्प’ किमार्थ हुन सक्दैन | भन्नेहरुले ‘केही नहुनुभन्दा त अलिकति भएपनि यी क्याम्पहरुले सेवा दिएकै छन् नि’ पनि भनेको सुनें | तर स्वास्थ्य जस्तो संवेदनशील कुरामा हेलचेक्र्याइँ गर्न मिल्दैन | केही न केही सेवा त दिएकै छन् नि भन्दै गर्दा त्यो सेवा कस्तो छ भनेर विचार पुर्याउने कि नपुर्याउने? एन्टीमाइक्रोबियल रेजिस्टेन्सले सबैलाई खतरामा पारेको बेला अझै कहिलेसम्म जथाभावी एन्टीबायोटिकको प्रयोग गरिरहने ?

सयौंको भीडभाड हुने जनरल हेल्थ क्याम्पमा यी कुराहरुमा सुक्ष्म विचार पुर्याइ गुणस्तरीय सेवा दिन असम्भवप्राय: हुनेहुँदा यस्ता क्याम्पहरु गर्न बन्द गरौँ भन्ने मेरो राय छ | सरकारले नै क्याम्पलाई पनि स्वास्थ्य सेवा दिने एउटा माध्यमका रुपमा मानेको र सोहीअनुसार स्थानीय निकायहरुले विभिन्न ठाउँमा क्याम्पहरु संचालन गरिरहेकोमा यसमा पुनर्विचार गर्नुपर्ने देखिन्छ |


Read More

Aug 3, 2025

एउटा अस्पतालको बकपत्र

 म अर्थात् एउटा सरकारी अस्पताल | राप्ती प्रादेशिक अस्पतालको नामले पुकार्छन् मलाई | लुम्बिनी प्रदेशको साँधसीमाभित्र पर्ने भएर मात्रै हो कि अरु केही अतिरिक्त कारण पनि छन्- म जान्दिन | जनजिब्रोमा भने ‘अंचल अस्पताल’ शब्द बढी झुण्डिएको पाउँछु |

दाङका स्थानीय मिडियामा म दैनिकजसो छाइरहेकै हुन्छु | (अ)सामाजिक सञ्जालका भाइरल पोस्ट र रिलहरुमा पनि म कतै न कतै ‘कन्टेन्ट’ बनिरहेकै हुन्छु | कति संचारकर्मी साथीहरु आउनुहुन्छ, सर्पदंशको बिरामीलाई इमर्जेन्सीमा उपचार गर्दैगर्दाको भिडियो खिच्नुहुन्छ, वाह भन्नुहुन्छ | म गद्गद् हुन्छु | अनि फेरि अर्को आउनुहुन्छ, ओपिडीमा डाक्टर नभएको मौका छोप्नुहुन्छ र आक्रोशित भावमा सोध्नुहुन्छ – यो कुन हदको लापरबाही ! म खिन्न हुन्छु | अपरेसन थियटरमा सफल अपरेसनपश्चात् खुसीखुसी अस्पतालबाट डिस्चार्ज भइगएका अनुग्रहित अनुहारहरु पनि पढेको छु र सँगै देखेको छु विशेषज्ञ अभावमा सामान्य प्रसुती सेवा पनि लिन नपाइ डेलिभरीका लागि मेरो प्राङ्गणबाट रेफर भएका अभागी आमाहरु पनि ! सकिनसकी पसिना काढ्दै बिल काउन्टरको लाइनमा उभिएका असी काटेका बा पनि देखेको छु अनि नियालेको छु नजिकबाट, नौ नम्बर कोठाबाट पन्ध्रमा अनि पन्ध्रबाट बीसमा अनि बीसबाट बाइसमा हतारिंदै दौडिइरहेका वृद्धा आमाहरु ! हनहनी ज्वरोले आलसतालस परेर वार्डको बेडमा छट्पटाइरहेको बच्चो अनि त्यो बच्चोलाई मायाले मुसार्दै औषधिमुलो गर्दैगरेकी नर्स बहिनीको सेवाभावको साक्षी पनि हुँ म | परिस्थितिको बन्दी बनेर आफ्नो एकबारको इहलीला समाप्त पार्न विषसेवन गरी इमर्जेन्सी आएको एक तरुणको दारुणिक अवस्था अनि त्यो तरुणलाई बचाउन हरसम्भव यत्न गरिरहेका मेडिकल अफिसर भाइको तत्परताले पनि मलाई भित्रैसम्म छोइरहन्छ | जेहोस्, आफ्नो बिमारीको इलाज हुने आशमा मकहाँ आउने धेरैजसोलाई मेरा स्वास्थ्यकर्मीले सन्तुष्ट नै पारी पठाएको मैले अनुभव गरेको छु | यत्रो कोलाहलमा कोहीकोहीलाई भने चित्त नबुझेको पनि हुन्छ, तर सीमित संख्याको त्यो असन्तुष्टि कहिलेकाहीं अतिरन्जित बनाइ मिडियामा ‘म्याग्निफाई’ हुन्छ भन्ने मेरो बुझाइ छ | जेहोस्, मानिस जातिको अनुहारका हर रङ्गहरु देख्न-बुझ्न पाएको छु मेरो हाताभित्र |

मलाई थाहा छ, म अस्पताल पनि धेरैथोक अवयवहरु मिलेर बनेको हुँ | सबैको सामूहिक प्रयासबाट मेरो मुटु धड्किने हो, अपितु मसँग हुनुपर्ने सबै अवयवहरु अहिले मसँग छैनन्; र भएका पनि चुस्तदुरुस्त छैनन् | हालै मेरो मेसुले राजीनामा दिनुभयो, अर्को प्रमुख आउनुभएको छैन नेतृत्व लिन | मेरो शिरोच्छेदन नै भएको भान परेको छ | कहिले एउटा विभाग बिरामी पर्छ, म थलिन्छु | कहिले अर्को विभाग थला पर्छ, म थेच्चारिन्छु | म ढल्न लागें भने सम्हाल्नलाई मेरो सामूहिक नेतृत्व छ, एकमनले यस्तो सोच्छु | साथ दिनलाई यति धेरै विभाग र शाखाहरु अनि त्यहाँभित्रका यति धेरै प्राविधिक/प्रशासनिक साथीहरु ! अर्को मनले भन्छ- खोइ त मलाई भरथेग गर्नेहरु, कसरी यस्तो लथालिङ्ग छोड्न सकेका ! समग्रमा मेरो ‘ग्रोथ’ सकारात्मक दिशामै भैरहेको छ; केही वर्षअघिको मेरो अवस्थासँग दाँज्दा म राम्रै ‘पोजिसन’मा उभिइरहेको छु | एक जमाना थियो, कसैलाई ‘एपेन्डीसाइटिस्’ हुँदा नेपालगंज वा बुटवल दौडिनुपर्थ्यो र कतिको हकमा त्यहाँ पुग्दासम्म एपेन्डिक्स फुटिसकेको हुन्थ्यो | आज पित्तथैलीको पत्थरी, हर्निया, स्तनको समस्यालगायत अधिकांश सर्जरीहरु मेरो अपरेशनकक्षमै हुन्छ, कतै भौतारिनु पर्दैन | तर, यक्षप्रश्न यो छ कि- के यतिले मात्रै पुग्छ ? सब ठीकठाक भन्दै हामीले यत्रो गर्यौं भनेर धक्कु लाएरै बस्ने कि समयको बेगसँग द्रुत गतिमा अगाडि बढ्ने?

मसँग समयमै गुणस्तरीय रिपोर्ट दिने अत्याधुनिक ल्याब सेवा छ | उस्तै चुस्त रेडियोलोजी विभाग छ | प्रशासन, स्टोर, लेखाले मलाई पूर्णता दिएका छन् | विशेषज्ञ डाक्टर, मेडिकल अफिसर, नर्सलगायत सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरु मेरो मेरुदण्ड हुनुहुन्छ | उहाँहरुको योगदानको जति चर्चा गरेपनि कमै हुन्छ | तर जम्मैजसो क्लिनिकल विभागहरु संचालनमा भएपनि यहाँ यथेष्ट जनशक्ति नै छैन | प्रसूति तथा स्त्रीरोग विभागजस्तो संवेदनशील विभाग सिर्फ एकजना डाक्टरको भरमा चलेको धेरै भइसक्यो | एकजना त कहिले बिरामी पर्छ, कहिले आकस्मिक बिदा लिनुपर्ने हुन्छ; आखिर मानिस न हो, उसलाई पनि आरामको जरुरत हुन्छ | अनि एकजना डाक्टरको भरमा ‘डेलिभरी’ र ‘सिजरियन’ जस्तो अत्यावश्यक र आधारभूत सेवा कसरी बेरोकटोक चलाइराख्न सम्भव छ- माथिका नीतिनिर्माताहरुले ध्यान दिने कि ! कम्तीमा पनि दुईजना अरु गाइनेकोलोजिस्ट मकहाँ पठाउन सके म अलिकति बौरिन सक्थें | दंगाली दिदीबहिनीहरुले सुत्केरी हुन नेपालगञ्ज र घोराहीको बाटो हेर्नुपर्दैनथ्यो | अर्को अत्यावश्यक र बिरामीको बहुतै भीड लाग्ने विभाग हो- मेडिसिन | त्यहाँ बस्ने फिजिसियन डाक्टरका आफ्नै दुख छन् | डेढ सय बिरामीको लामो न लामो लाइन र ओपिडीमा तिनलाई हेर्ने दुइजना फिजिसियनबीच संख्यामा कतै पनि तादात्म्यता छैन | आठदेखि दस मिनेट समय दिएर समग्रमा जाँच्नुपर्ने एउटा बिरामीलाई एक-दुई मिनेटमा यसरी सर्सर्ती मात्रै जाँच्दा कस्तो गुणस्तर कायम होला- यसमा पनि माथिका नीतिनिर्माताहरु अब त घोत्लिने कि ! कम्तिमा पाँचजना फिजिसियन ओपिडीमा र दुइजना वार्डहरुमा हुँदा बिरामीलाई पूर्ण सन्तुष्टिका साथ गुणस्तरीय सेवा प्रवाह हुँदो हो- मेरो आँकलनले त्यसै भन्छ | त्यसैले जनशक्तिको अभावलाई जसरी हुन्छ, तत्काल परिपूर्ति गरौँ, मेरो बिन्ति छ | मलाई बिरामीहरुले मन्दिर पनि भन्छन्, यो मन्दिरको यत्ति पुकार तपाईंहरुले पक्कै सुन्नुहुनेछ |

हुन त भएकै जनशक्तिबाट पनि अधिकतम् काम लिन त कहाँ नै सकिएको छ र ? इमान्दारीपूर्वक आफ्नो काममा दत्तचित्त भइ खट्ने साथीहरु हुनुहुन्छ, उहाँहरुलाई केही न केही प्रोत्साहनको व्यवस्था होस् | कामचोर प्रवृत्तिका पनि एकाध हुनुहुन्छ भन्ने गाइगुई नसुनिएको होइन, त्यस्तालाई सचेत पार्ने काम होस् | मेरा कर्मचारीहरु स्वअनुशासित भइदिउन् र आ-आफ्नो ठाउँबाट इमानदार प्रयत्न गरुन् भन्ने मेरो पवित्र इच्छा पालना हुन्थ्यो भने नियम-कानूनको डण्डा नै किन बन्थ्यो होला र !

यसैपनि मेरा इच्छा धेरै छैनन् | प्रादेशिक अस्पतालमा डाक्टर नै भेटिन्नन् भन्ने हौवा छ, पर्याप्त जनशक्ति भित्र्याएर यसलाई हौवामै सीमित पारौं ! बिलकाउन्टरको संख्यालाई बढाएर भीड व्यवस्थापन गर्दै समयभित्रै बिरामीलाई सहज र सुलभ सेवा दिन सकौं | मेरा समस्त सेवाप्रदायक स्वास्थ्यकर्मी साथीहरुलाई कामको लागि ‘मोटिभेट’ गरिराख्न सकौं | मेरो आर्थिक सुशासन कायम राखिराख्न सकौं | कागजमा मात्रै होइन, व्यवहारमै दुईसय बेडमा स्तरोन्नति गर्न सकौं ताकि विशिष्टीकृत सेवाहरु पनि मेरै आँगनबाट प्रवाह होस् | अनि नजिकै घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नामको हुर्कंदै गरेको प्राज्ञिक संस्था छ | योसँग सहकार्य गर्दै ‘पढ्ने-पढाउने-सिक्ने’ र प्राज्ञिक विमर्शको थलो बनाउन सकौं जसले हाम्रो सेवालाई थप विश्वासिलो र गुणस्तरीय बनाउनेछ | स्वास्थ्योपचार तपाईंहरुको नैसर्गिक अधिकार त हुँदै हो, तर त्यो अधिकार सुनिश्चित गरिदिने म अर्थात् यो अस्पताललाई उकास्ने जिम्मेवारी पनि तपाईंहरु सबैको हो |

First published in Swasthyakhabar

 

Read More

Sep 18, 2017

तीर्थ खनियाँका दुई विकल्प: राजीनामा कि बर्खास्तगी

First published in SwasthyaKhabar
गत वर्ष कात्तिक २८ देखि सुरु भएको डा. गोविन्द केसीको १०औं अनशनका बेला उनको पहिलो माग थियो, वरिष्ठता मिचेर आइओएम डीन बनाइएका डा केपी सिंहको राजीनामा र वरिष्ठताका आधारमा नयाँ डीनको तत्काल नियुक्ति तथा नियुक्तिमा चलखेल गर्ने त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको बर्खास्तगी।
हुन पनि केसीको सत्याग्रहकै बलमा आइओएममा राजनीतिक भागवण्डाबाट नभई वरिष्ठताका आधारमा डीन नियुक्ति हुने थिति बसेको थियो। डा सिंहको नियुक्तिसँगै भत्केको यही थितिलाई ट्रयाकमा ल्याउन अनशन बसेका थिए डा केसी। फलस्वरूप नियुक्ति पाएको २२औँ दिनमै राजीनामा गर्न वाध्य भए उनी र वरिष्ठताका आधारमा डा जेपी अग्रवाल नयाँ डीनका रुपमा आइओएम प्रवेश गरे।
तर पहिलो मागकै अर्को बुँदा अर्थात् त्रिवि उपकुलपति खनियाँको बर्खास्तगीले भने साकार रुप लिन पाएन। त्रिविले पूर्वाधार नै नपुगेको काठमाडौं नेसनल मेडिकल कलेजलाई गैरकानुनी रुपमा सम्बन्धन दिएपछि डा केसीले सम्बन्धन खारेजी र त्रिवि पदाधिकारीको राजीनामा नआए पुनः १३औं अनशन बस्ने घोषणा गरिसक्नु भएको छ।
डा केसीको १०औं अनशन तोड्ने क्रममा भएको सहमतिमा प्रष्ट लेखिएको छ: त्रिविका पदाधिकारीबाट हालसम्म भएका कामकारबाही र विवादित गतिविधिका विषयमा जाँचबुझ गरी आवश्यक कारबाहीका लागि नेपाल सरकारलाई तीन महिनाभित्र प्रतिवेदन दिन उच्चस्तरीय न्यायिक समिति १५ दिनभित्र गठन गर्ने। खनियाँको बर्खास्तगीका सम्बन्धमा यही मध्यमार्गी बाटोबाट सहमति जुटाइएको थियो तर जसै अनशन तोडियो र सहमतिको मसी सुक्यो, सरकार पुरानै रबैयामा फर्क्यो। आज ९ महिना कटिसक्यो तर खनियाँ लगायतका त्रिवि पदाधिकारीमाथि कारबाही त परै जाओस्, सामान्य छानबिनसम्म हुन सकेको छैन।
पाँचौं अनशनदेखि नै लगातार रुपमा डा केसीले सम्बन्धन लगायतका कुरामा अनियमिततामा मुछिएका त्रिवि पदाधिकारीमाथि छानबिन र कारबाहीको माग उठाइरहनुभएको हो। अन्य कुरामा भएका सहमति त बरु आंशिक रुपमा भए पनि लागू हुँदै आएका छन् तर त्रिवि पदाधिकारीमाथि छानबिनको कुरामा भने निरन्तर जालझेल मात्रै भएको छ। 'कालेकाले मिलेर खाऊँ भाले' जस्तो दलीय सिन्डिकेटले कब्जा जमाएको त्रिविका सवालमा के सत्तापक्ष, के प्रतिपक्ष सबै तैं चुप मैं चुपको स्थितिमा छन्।
त्रिवि उपकूलपति तीर्थ खनियाँ

सत्याग्रहकै शक्तिले डा शशी शर्मा डीनबाट बर्खास्त हुने, अर्का डीन डा सिंहले राजीनामा दिने तर अनियमितता र भ्रष्टाचारका अनेक तथ्यहरु सार्वजनिक हुँदा पनि त्रिवि पदाधिकारीमाथि भने छानबिनसम्म नहुने ? २०४७ को संविधानले जसरी राजपरिवारलाई संविधानभन्दा माथि राखेको थियो, त्यसरी नै अहिले खनियाँ लगायतका पदाधिकारीलाई पनि कानुनले नै छुन नमिल्ने हो कि झैं प्रतीत हुन्छ।
उपकूलपति खनियाँका कर्तुतबारे मिडियामा धेरै कुरा सप्रमाण बाहिर आइसकेका छन्। एक त उनी ‘प्लेजरिस्ट’ अर्थात् वौद्धिक चोरका रुपमा चर्चित भइसकेका छन्। टर्कीका प्राध्यापक फेरित किलिकायाले सन् २००४ मा छपाएको एक पेपरबाट आधाभन्दा बढीजसो हुबहु सारेर उही निष्कर्षका साथ सन् २००६ मा आफ्नो नाममा पेपर छपाएका रहेछन् खनियाँले। तर विडम्वना, योग्यता र कार्यदक्षता होइन, दलीय बफादारिता हेरेर महत्वपूर्ण ठाउँमा नियुक्तिहरु हुने देशमा यी ‘प्लेजरिस्ट’ पनि समयक्रममा देशकै सबैभन्दा ठूलो विश्वविद्यालयको उपकुलपति बनाइए।
अलिकति पनि नैतिकता र लाज बाँकी हुँदो हो र आफू प्राज्ञिक व्यक्ति भएको बोध हुँदो हो त ‘प्लेजरिजम’ जस्तो प्राज्ञिक अपराध गरेका कारण आफू उपकुलपतिजस्तो पदमा बस्न लायक नभएको भनेर पद अस्वीकार गर्थे होलान्। यसले उनको आफ्नै गुमेको इज्जत फिर्ता हुन्थ्यो, पदका लागि मरिमेट्ने समाजमा एउटा बेग्लै सन्देश जान्थ्यो र त्यो प्राज्ञिक अपराधको प्रायःश्चित पनि हुन्थ्यो। तर, उनले त्यसो गरेनन् बरु सगर्व पदमा आसीन भए र चोरी गरेको स्वीकार्न पनि तयार भएनन्। ‘एकम् लज्जा परित्यज्य सर्वत्र विजयी भवेत्’ भनेजस्तै दलको आडभरोसा पाएका उनले त्यही एउटा लाज त्यागेका छन् र जताततै विजयी हुँदै गइरहेको भ्रममा बाँचिरहेका छन्।
‘प्लेजरिजम’ को यो प्राज्ञिक अपराध त छँदैछ। डा केसीले यिनको बर्खास्तगी माग्नुका पछाडि भने मूलतः चिकित्सा शिक्षासँग जोडिएका यिनका कर्तुतहरु जिम्मेवार छन्। माथि उल्लेख गरेजस्तै वरिष्ठताका आधारमा डीन बनाउने थिति बसिसकेको आइओएममा नौ-नौ महिना डीनको पद खाली राख्ने र त्यसपछि वरिष्ठताको रोलक्रम मिचेर नियुक्ति दिने काम यिनैले गरे।
मेडिकल कलेजहरुलाई सरकारले तोकेकोभन्दा बढी सीट दिने अनि नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन दिलाउन चलखेल गर्ने काममा पनि यिनले सक्रियता देखाए। पछिल्लो समय काठमाडौं नेसनल मेडिकल कलेज नाम गरेको एउटा सुनसान भवनलाई सम्बन्धन दिलाएर चिकित्सा शिक्षामाथि नै एउटा भद्दा मजाक गरेका छन्।
डा केसीको ११औं अनशनकै बेला यो सम्बन्धन दिएर उनले सम्भवत: सन्देश दिन खोजेका हुन सक्छन्- तिमीहरु जति सत्याग्रहको ध्वाँस दिँदै जान्छौ, जाऊ तर हात्ती लम्किरहन्छ! डा केसीजस्ता सत्याग्रहीको अपमान गर्दै देशको समग्र चिकित्साशिक्षा र स्वास्थ्य सेवालाई बर्बाद पार्न तम्सेका यी 'वौद्धिक चोर'लाई सबक सिकाउन अब ढिला भइसकेको छ।
देशको चौथो अंगले यिनका कर्तुतहरु भण्डाफोर गर्ने अभियान जोडतोडका साथ चलाइरहँदा पाँचौं स्तम्भ मानिने नागरिक समाज अब जुर्मुराउनैपर्छ। कुनबेला डा केसी अनशन बस्लान् अनि लेखौंला, बोलौंला र सडकमा आउँला भनी केसीको मुख ताकेर बस्ने बेला होइन यो। बरु यो सत्याग्रहको टुकीमा सबै मिली तेल थप्ने बेला हो।
दलको टीका लाएर प्राज्ञिक पदहरुमा बस्ने अनि त्यही पदको गरिमा धूलिसात् हुनेगरी संस्थालाई धरासायी बनाउने खेल अब धेरै टिक्दैन भनेर नागरिकहरु नै एकजुट नहुँदासम्म राजनीतिक नेतृत्व पनि जाग्नेवाला छैन। काठमाडौं नेसनल सम्बन्धन प्रकरणको यति धेरै दिन बितिसक्दा पनि कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री लगायत प्रमुख राजनीतिक दलहरु मौन बस्नुको अर्थ यही हो।
सिर्फ एकजना डाक्टरले चलाइरहेको एउटा सुनसान अस्पताललाई डाक्टर उत्पादन गर्ने फ्याक्ट्रीको स्वीकृति दिएर उनले भावी दिनको संकेत दिइसके। अब संकेत दिने पालो हाम्रो हो। ज्ञानेन्द्र शाहीको अन्त्य हुनसक्छ, लोकमानसिंह कार्कीको समानान्तर सत्ता ढल्न सक्छ भने तीर्थ खनियाँको रजगज मात्रै कति दिन कायमै रहन्छ र? अब राजीनामा दिएर ‘सम्मानजनक बहिर्गमन’ को बाटो रोज्ने कि बर्खास्तगीको, निर्णय लिन उनको भागमा धेरै समय बाँकी छैन।
Read More

Jul 28, 2017

सहकर्मीको आँखामा अछाम अस्पतालको मुहार फेर्ने डा. बराल

First published in SwasthyaKhabar
करीब अढाई वर्ष अछामवासीको सेवा गरेर हिजोमात्रै (साउन ८ गते) डा. शरदचन्द्र बराल अछाम जिल्लाबाट बिदा हुनुभयो | वीर अस्पतालमा इन्टरनल मेडिसिन विषयमा एमडी गर्न तीन वर्षका लागि उहाँ अध्ययन बिदामा जानुभएको हो | यो लेखिरहँदा म बिदाइ समारोहको त्यो भावुक क्षण सम्झिरहेको छु जहाँ अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयका सबै कर्मचारीहरुका आँखाका चेपहरु रसाइरहेका थिए | वास्तवमा हरेक कर्मचारीको बिदाइ हुँदा सम्बन्धित कार्यालय दुख अनि विछोडको पीडामा डुब्छ, त्यो स्वाभाविक पनि हो ! किनकि त्यो कार्यालय अनि कार्यालयका हरेक कर्मचारीसँग बिदाइ भइ जाने कर्मचारीको भावना जोडिएको हुन्छ, स्मृति गाँसिएको हुन्छ अनि बनेको हुन्छ एकप्रकारको अटुट सम्बन्ध ! तर डा. बरालको बिदाइमा हामी सबैले अतिरिक्त दुखको महसुस गर्यौं | त्यो सायद उहाँले वर्षौंवर्षका लागि सम्झनलायक कामहरु गरेर गएकाले, यहाँको माटोमा आफ्नो विशिष्ट पदचाप छाडेर गएकाले अनि समग्र जिल्लालाई स्वास्थ्यको क्षेत्रमा राष्ट्रिय मानचित्रमा अगाडि ल्याइदिनुभएकोले नै हो कि?
डा. बराल अर्थात् जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुखको बारेमा धेरैथोक यसअघि नै लेखिइसकेको छ | कसरी उहाँको नेतृत्वक्षमताको बलमा छोटो समयमै अछामले छलाङ हान्न सक्यो अनि जिल्ला अस्पताल मात्र होइन, जिल्ला स्वास्थ्य कार्यालय पनि देशभरमै उत्कृष्ट सावित भयो भन्ने कथा साँच्चै नै प्रेरणादायी छ |
व्यक्तिगत रुपमा मैले पनि करिब दुईवर्ष अछाम जिल्ला अस्पतालमा उहाँसँगै रहेर काम गर्ने मौका पाएँ | म गौरवान्वित छु कि यो अवधिमा उहाँबाट थुप्रै कुराहरु सिक्न सकें | क्लिनिकल कुराहरु त भइहाले, संगसंगै दुर्गमको स्वास्थ्यप्रणालीका व्यवस्थापकीय पाटोसम्बन्धि अमूल्य पाठहरु सिकाएर जानुभएको छ | उहाँको सबैभन्दा महत्वपूर्ण सन्देश थियो- ‘भद्रगोल सिस्टममा कम्प्लेन गरिरहन र समस्या देखाइरहन सजिलो छ, त्यो जसले पनि गर्न सक्छ ! त्यसैले हाम्रो काम यो भएन र त्यो भएन भन्ने होइन, आफ्नो बलबुताले भ्याएसम्म सकारात्मक सोचाइ राखेर समाधान खोज्ने हो !’ र हो पनि, यो सोचाइ उहाँको व्यवहारमा ठ्याक्कै प्रतिविम्बित हुन्थ्यो | उहाँले काम गर्ने दौरान कति बाधा-व्यवधानहरु आए, तर कहिल्यै पनि उहाँले हार मान्नुभएन | ह्या, यो सिस्टममा रहेर काम गर्ने वातवरण नै छैन भनेर बहानाबाजी गर्नुभएन बरु नयाँ नयाँ रचनात्मक आइडियाहरु फुराउँदै जानुभयो | हामीलाई सधैं भन्नुहुन्थ्यो- हामी पनि भागेर गयौं भने यो देशमा गर्ने कसले ? त्योबेला मलाई सधैं लाग्थ्यो- देशको भविष्य हामीजस्तै युवापुस्ताको हातमा छ; गर्ने हामीले नै हो ! गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण डा. बराल हाम्रैअगाडि हुनुहुन्थ्यो |
सामान्यत: सरकारी अस्पताल भन्नेबित्तिकै हाम्रो मानसमा एक किसिमको नकारात्मक छाप परेको हुन्छ | फोहोर, दुर्गन्ध, घन्टौको लाइन, डाक्टर नभेटिनु, औषधि नपाइनु- झट्ट सम्झिंदा आम मानिसको मनमा आउने चित्र यस्तै हो | तर डा. बरालले अछाम जिल्ला अस्पतालको नेतृत्व सम्हालेयता आम मानिसले सोच्ने यो चित्रमा भारी बदलाव आयो | स्थानीयहरुले सरकारी निकायमा पनि काम हुँदोरहेछ, गुणस्तरीय सेवा प्रवाह हुँदोरहेछ भनी विश्वास गर्न थाले | म स्वयंलाई यहाँ आउनुअघि लागेको थियो- ‘दुर्गमको सरकारी अस्पताल भनेपछि के नै गतिलो होला र ? दिउँसो बिरामी हेर्ने अनि बिहानसाँझ पीपी (प्राइभेट प्राक्टिस) गर्ने, यसरी नै १ वर्ष काट्ने अनि घरपायक मिलाएर सरुवा गर्ने !’ तर यहाँ आएको १ महिनामै डा. बरालको सोच र कामगराइ देखेर मैले आफ्नो सोच र योजना बदलें | सरकारी स्वास्थ्य संस्थालाई जनताले विश्वास गर्नलायकको भरोसायोग्य ठाउँ बनाउनुपर्छ भन्ने डा. बरालको सोचले मलाई प्रभावित गर्यो र मैले पनि उहाँकै पाइला पछ्याउंदै आफ्नो पूरै समय जिल्ला अस्पताललाई नै समर्पित गरें |
पक्कै पनि अछामले पाएको सफलताको हकदार जिल्ला स्वास्थ्य कार्यालयको पूरै टीम हो | एकजना व्यक्तिको एकल प्रयासले मात्र त यो सम्भव हुने कुरा होइन | तर नेतृत्वमा को छ भन्ने कुराले धेरै कुरा फरक पार्ने रहेछ | काम गरेर देखाउने स्पिरिट भएको जुझारु टीम हुँदाहुँदै पनि नेतृत्वमा रहेको ‘म्यानेजर’ गतिलो भएन भने त्यो जुझारु टीमको परिचालन राम्रोसँग हुनसक्दैन, समन्यव सही ढंगले हुनसक्दैन अनि फलस्वरूप परिणाम राम्रो हात लाग्दैन |
इमान्दारिता, नेतृत्वक्षमता र काम गर्ने भिजन- यी तीन कुराको त्रिवेणी हुनुहुन्थ्यो उहाँ | बिहान सबेरै कोठाबाट निस्केपछि दिनभरि अस्पतालकै काममा खटिने र एकैचोटि राति अबेर मात्रै कोठा फर्कने उहाँको यो खट्न सक्ने क्षमता देखेर म धेरैचोटि छक खाएको छु | आर्थिक मामिलामा पनि उहाँ यति पारदर्शी र ‘क्लिन’ निस्किनुभयो कि कसैले पनि उहाँलाई योबीचमा यो विषयमा औंलो ठड्याउन सकेन | समन्वयात्मक ढंगले काम गर्ने शैली र सामूहिक लक्ष्यप्राप्तिको भावनाका कारण नै उहाँ अस्पताल व्यवस्थापनको कुनै औपचारिक शिक्षाबिना पनि यस क्षेत्रमा अब्बल सावित हुनुभयो |

तर हामीकहाँ कुनै एक विन्दुमा एकजना गतिलो म्यानेजर आइपुग्दा संस्थाले फड्को मार्ने अनि केही समयपछि ऊ अन्तै जाँदा संस्था पुरानै हालतमा फर्केका उदाहरणहरु पनि छन् | एउटा कुशल म्यानेजरको विशेषता भने के पनि हो भने उसले आफ्नो कार्यकालमा एउटा यस्तो प्रणालीको विकास गर्नुपर्छ जसअनुसार उसको पदमा व्यक्ति जोसुकै आओस् त्यसले संस्थाको कामगराइमा कुनै फरक नपारोस् ! ऊ हुँदा राम्रो हुने र उसले छोडेर जानेबित्तिकै संस्था चौपट हुनथाल्यो भने ऊ कुशल म्यानेजरमा गनिदैन | यसप्रकार डा. बरालले यो अढाई वर्षमा त्यस्तो प्रणालीको विकास गर्नसक्नुभयो या भएन, त्यो आगामी दिनमा अछामको ‘पर्फर्मेन्स’ ले बताउने नै छ | अहिलेलाई भने हामीले उहाँलाई यति आश्वास्त पार्न चाहन्छौं कि तपाईंले छोडेर जानुभएको विरासतलाई हामीले पक्कैपनि अझ उन्नत ढंगले अघि बढाउने नै छौं ! र आशा छ- एमडीको अध्ययनपछि पनि विशेषज्ञ सेवा दिन यस्तै दूरदराजका ठाउँ आउनुहुनेछ, विकटका बिरामीको सेवामा समर्पित हुनुहुनेछ र मजस्तै युवापुस्ताका भाइहरुलाई प्रेरणा र हौसला दिँदै थप डा. बरालहरु जन्माइरहनुहुनेछ !
Read More

Jul 22, 2017

कहिलेसम्म लुटिने नेपाली बिरामीहरु भारतमा?


First Published in SwasthyaKhabar
प्रसंग गत अषाढ महिनाको हो ! पेट दुख्ने समस्या लिएर एक अधबैंसे महिला मेरो ओपिडीमा आइन् | हातमा एक झोला कागजात पनि साथै बोकेकी थिइन् | ‘हिस्ट्री’ लिँदै जाँदा थाहा भयो- केही महिनाअघि मात्रै ‘बम्बै’ मा उनको पाठेघर निकाल्ने अपरेसन भएको रहेछ र यी कागजातहरु त्यही अपरेसनसँग सम्बन्धित थिए | यहाँका हरेक बिरामीलाई लाग्छ- मेरो त १० वर्षअघि फलानो अपरेसन भएको थियो, कतै त्यही अपरेसन बिग्रेर त आज मलाई यस्तो भएको होइन? स्वाभाविक हो, यी अधबैंसे महिलालाई पनि लागेछ- कतै मेरो अपरेसन बिग्रेर पो......
अनि म लागें ‘हिस्ट्री’भित्र पनि त्यो अपरेसनको ‘हिस्ट्री’ लिन ! उनको योनीबाट बाक्लो सेतो पानी बग्ने, तल्लो पेटको दायाँबायाँ दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने भएको एक-दुई महिनाजसो भएको रहेछ | गाउँको स्वास्थ्य केन्द्र गएर औषधि सेवन पनि गरिछन् | केही समय त ठीक भएछ तर फेरि बल्झेपछि बम्बै बस्ने श्रीमानले उतै बोलाए अरे | एक पन्थ दुई काज भनेझैं श्रीमानसँग भेटघाट पनि हुने र उपचार पनि हुने सोचेर उनी बम्बै लागिन् | बम्बैको एक अस्पतालमा देखाइन् जहाँ उनलाई पाठेघरमा ठूलो घाउ भएको र तुरुन्त अपरेसन गरी पाठेघर निकाल्नुपर्ने नत्र ज्यानै जानसक्ने त्रास देखाइयो | अन्ततः अपरेसनका लागि उनीहरु राजी भए र उनको पाठेघर निकालियो |
अनि मैले उनको त्यो रिपोर्टवाला झोला खोतल्न थालेँ | ‘ठूलो घाउ’ भनेको के रहेछ भनेर अल्ट्रासाउण्ड रिपोर्ट पनि हेरें | तर त्योलगायत सबै रिपोर्टहरु नर्मल लिमिटभित्रै थिए | Diagnosis मा PID (Pelvic Inflammatory Disease) लेखिएको थियो | लक्षण तथा जाँचका आधारमा उनको रोग PID नै थियो सम्भवतः ! तर प्रश्न यो छ कि, त्यत्तिकै आधारमा पाठेघर नै निकाल्नुपर्ने आवश्यकता थियो त ?
PID अर्थात् स्त्री प्रजनन प्रणाली (Female reproductive tract) को माथिल्लो भागको संक्रमण ! अझैं बुझिनेगरी भन्दा Neisseria gonorrhea र Chlamydia trachomatis जस्ता ब्याक्टेरियाको संक्रमणबाट पाठेघर, डिम्बबाहिनी नली र अण्डासयजस्ता अंग प्रभावित हुने रोग ! यति लेखिसकेपछि यो पनि थपिहालौं, यस्तो संक्रमणको उपचार एन्टिबायोटिकद्वारा गरिन्छ, नकि त्रास देखाएर तत्काल अपरेसनद्वारा |
यहाँनेर पाठेघर निकालिएकोप्रति मैले किन अतिरिक्त शंका गरेको भने यस्ता केसहरु मैले अछामको दुई वर्षे बसाइँमा धेरै देखिसकेको छु | कसैका मृगौला झिकिएका हुन्छन्, कसैका पाठेघर अनि कसैका पित्तथैली | Indications भएर अपरेसन गरिँदो हो त यहाँ प्रश्नै उठ्ने थिएन | त्यो बिरामी बचाउने महान् काम ठहरिन्थ्यो र त्यसको सराहना गरिन्थ्यो | तर एकथोक समस्या लिएर आएको बिरामीलाई बिनाकारण नै तिम्रो फलानो अंग बिग्रेको छ, निकाल्नुपर्छ भनेर त्रास देखाउने अनि मोटो रकम असुलेर अपरेसन गरिदिने....बम्बैमा धेरै सोझासिधा सुदूरपश्चिमेलीको नियति नै यही बनेको छ | मृगौला तस्करीहरुको समाचार सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेलगायतका जिल्लाहरुमा सीमित भइरहेको बेला कतै बम्बैका ती अस्पतालमा पनि यस्ता गिरोहको जालो त छैन, शंका गर्नुपर्ने भएको छ |
हालै एकजना दिदीसँग यसै विषयमा कुरा चल्दा आफ्नो दुखद अनुभव सुनाउँदै हुनुहुन्थ्यो | भन्नुहुन्थ्यो- ‘मेरो एकजना अंकललाई मृगौलामा ट्युमर छ भनी मृगौला निकालियो भारतको एक अस्पतालमा | तर अपरेसनपश्चात उहाँ बाँच्नुभएन |’ हुनत हरेक सर्जरीका केही न केही जटिलताहरु पक्कै हुन्छन्; जतिसुकै नाम कमाएको सर्जनले अपरेट गर्दा पनि कहिलेकाहीँ मृत्यु नै हुनसक्ने सम्मको जोखिम त रहन्छ नै | तर जब यस्ता घटनाहरु निश्चित ठाउँमा नियमित दोहोरिरहन्छन्, तब सोच्नुपर्छ- दालमे कुछ काला है !
म कार्यरत जिल्ला अस्पताल अछामबाट कुनै केस रिफर गर्नुपर्यो भने कि धनगढी, नभए नेपालगंज पठाउँछु | तपाईंको रोगको नेपालगंजमा राम्रोसँग उपचार हुन्छ भनेर आश्वास्त पार्न खोज्छु | तर धेरैले मरेकाटे मान्दैनन् | मान्दैनन्, किनभने बम्बैभन्दा धनगढी र नेपालगंज उनीहरुका लागि बिरानो छ | उनीहरुका इष्टमित्रजति सबै बम्बै छन्, त्यसकारण बस्न, खान, बिरामी कुर्नदेखि लिएर यावत कुराहरुमा उनीहरुलाई त्यता सजिलो पर्छ | अप्ठ्यारो त तब शुरु हुन्छ जब त्यही सजिलो बम्बैमा ढुकेर बसेको एउटा गिरोहले बनाउन थाल्छ उनीहरुलाई मुर्गा | भएभरका चाँहिदा-नचाँहिदा जाँचहरु गराउने र कुनै एउटा मेजर/माइनर शल्यक्रिया पनि सँगै गरेर लाखौँ असुल्ने अनि बिरामीलाई ल अब तिम्रो रोग चट् भयो भनी घर पठाउने गजबको धन्दा फस्टाएको छ त्यहाँ | त्यो गिरोहको धन्दा फस्टाउँदै गर्दा यता भने कति गरिब नेपालीहरुको घरखेत सखाप भएको छ र कतिको ज्यानै गएको छ, कसैसँग हिसाबकिताब छैन |
            समाधान के त ?
प्युठान जिल्ला अस्पतालमा कार्यरत डा. समीर लामालाई हामी धेरैले चिन्छौं | उहाँले कुनै त्यस्तो गम्भीर प्रकृतिको बिरामी काठमाडौं रेफर गर्नुपर्यो भने सामाजिक संजालका माध्यमबाट स्वयंसेवा (volunteering) का लागि आह्वान गर्नुहुन्छ |  काठमाडौंको बसपार्कदेखि सो बिरामीलाई लिने, अस्पतालसम्म पुर्याउने र अस्पतालमा सम्बन्धित डाक्टरको जिम्मा लाउनेसम्मको काम त्यो स्वयंसेवकले गर्छ | डा. लामाले नै त्यो  अस्पतालका चिनजानका डाक्टरसँग पहिल्यै सम्पर्क गरी फलानो बिरामी पठाउँदैछु भनी उसको रोगको विस्तृत विवरण पनि भनिसक्नुभएको हुन्छ | खर्चका मामलामा उहाँले आफ्नै पहलमा ‘विपन्न बिरामी सहयोग कोष’ खडा गर्नुभएको छ जुन प्रयोग गर्नुहुन्छ यस्ता बिरामीहरुको हकमा | यति गरिसक्दा भने डा. लामाको बिरामीले ढुक्कका साथ ‘म बम्बै होइन, काठमाडौं जान्छु डाक्टरसाब्’ भनेर भन्नसक्छ होला | यस्तो पवित्र कार्यका लागि डा. समीर धन्यवादका पात्र हुनुहुन्छ | उहाँले थुप्रै बिरामीहरुको आशीर्वाद पाइरहनुभएको छ | तर व्यक्तिगत प्रयासका सीमितताहरु छन् | यही कुरा संस्थागत प्रयासमा ढाल्न सकियो र थिति बसालेर अघि बढियो भने झन् कति राम्रो परिणाम आउँथ्यो होला? जोकोही बिरामी ठूला अस्पतालमा रेफर हुँदा ‘म त त्यहाँ कसरी पुग्न सकुँला र, त्यहाँ मेरो पहुँच नै छैन, कुर्ने मान्छे छैनन्, त्यहाँसम्म जान लाग्ने गाडीभाडा छैन’ जस्ता प्रश्नहरु उठ्छन्; यी प्रश्नहरुको राज्यले हल खोज्नैपर्छ | बम्बैतिरको यात्रामा ब्रेक लगाउने र बिरामी ठगिने प्रक्रिया रोक्नका लागि यति नगरी धरै छैन | हुनत केही जिल्लाहरुबाट शुरु भएको स्वास्थ्य बीमा कार्यक्रमले यो मुद्दालाई सम्बोधन गरेको पनि छ केही हदसम्म |

सँगसँगै सीमाक्षेत्रमा ‘उपचारका लागि जाँदै हुनुहुन्छ? सावधान, कतै मृगौला तस्करहरुको फन्दामा पर्नुहोला’ भन्नेजस्ता सन्देश लेखिएका होर्डिंगबोर्डहरु पो लगाउने हो कि? कंचनपुर र कैलालीका जिल्ला जनस्वास्थ्य कार्यालयहरुले यो काममा तदारुकता देखाइहाल्नुपर्ने आवश्यकता देखिन्छ | स्थानीय एफएमबाट पनि अब नेपालमै हरेकजसो रोगहरुको गुणस्तरीय उपचार सम्भव छ भन्ने किसिमका सन्देश प्रशारणमा जोड दिँदा बेस | आखिर सोझासिधा नेपाली बिरामीहरुलाई कतिञ्जेल ठगहरुको हातमा सुम्पिरहने ?
Read More

Aug 3, 2016

Operation Quack

(First published in The Kathmandu Post )
The identification and arrest of 36 doctors possessing forged academic certificates, mostly of school and intermediate level, and using them to pursue their medical degree have come as a shock to many. Everyone was dismayed by the fact that people with fraudulent certificates thrive in the medical sector that has profound effects on the life and death of a person. As a result, nakkali daktar became a household phrase overnight.
This is indeed a reminder of the dishonest practices prevailing in our society. Not long ago, a professor accused of plagiarism was appointed as the vice chancellor of Tribhuvan University. And despite protests, he continues to occupy the coveted position. Doctors too are products of the same society, and one cannot expect them to be very different from the rest.
Felony or misdemeanour
The majority of the arrested doctors are found to have fake school leaving exam certificates or higher secondary level certificates. However, the surprising thing is that they have been successful in completing their MBBS or MD courses from recognised universities. On the one hand, it raises some serious questions about how they were able to get through the tough courses; on the other hand, it gives us reason to assume that they have the requisite clinical knowledge and surgical techniques to practice medicine. In fact, some of them have been practicing medicine for years and have established themselves as professionals in reputed hospitals. Contrary to the general belief, they are not even ‘quacks’ in the literal sense. But we must admit that no matter how good a clinician they may be, the moral bankruptcy demonstrated by those fake credentials makes them unfit to practice as doctors, for whom this society has the highest regards. After all, doctors are more than technical beings; they have their own set of guiding principles and moral values which they should strictly adhere to.
Worse are those who possessed fake MBBS and MD certificates, the ones practicing without licensing certificates or those who passed the licensing examination with the help of fake examinees. Such doctors pose a great threat to the public health and this amounts to a felony without a doubt.
Parents are often seen encouraging or sometimes even forcing their kids to become doctors without taking their capabilities and interests into account. Because of the supposedly rich and easy life coupled with glamour and social prestige, the profession is hard to resist. So people do get tempted and resort to foul means in order to fulfil their goal of becoming a doctor. So the Indian state of Bihar, just across the border, emerges as their favourite destination to buy all the phony documents.
One can present many such reasons behind this crime. But there should be no excuse; a crime is a crime and it should be condemned no matter what. If such misdeeds go unpunished, it will only encourage more people to follow suit and the medical field will get further polluted. As such, this is the time to set a precedent by punishing the culprits and pushing for similar reforms in other sectors.
Stained white coat
It is not the first time when questions have been raised about the country’s medical profession. Only last December, two fake examinees were found appearing in the Nepal Medical Council’s (NMC) licensing examination on behalf of others who had repeatedly failed to get through. It was in fact this incident that pushed the officials to dig deeper. A big question had arisen—why are doctors failing to clear the medical licensing examination despite repeated attempts? Officials suspected something was wrong and that was how the ‘operation quack’ started. Moreover, the exam is widely believed to be too simple by every standard. Many have even advocated a review of it as it only tests theoretical knowledge and not the skills required of a doctor.
This operation should go beyond punishing the guilty. It should help establish a mechanism by which frauds will not be able to enter this noble profession again. Why did the concerned university not bother to verify the certificates before admitting them to such a sensitive course?
Was it negligence or a deliberate act? Why was the NMC, formed with the sole objective to regulate medical education and profession, in deep slumber for so many years? And, how did the counterfeiters manage to pass the MBBS and MD exams or the licensing exams?
The credibility of the country’s medical sector is at stake. People have begun to doubt their doctors. This also does not bode well for all the honest doctors out there who have worked really hard to get where they are. Therefore, the investigation should be completed as soon as possible and the public should be assured once and for all that the medical sector is clean. From now on, each and every certificate needs to be verified before allowing people to pursue further education, especially in sensitive fields like medicine. Last but not least, the humble but spirited effort of Dr Govinda KC to bring about much-needed reform in medical education is gaining recognition, and we as citizens need to contribute from our side by supporting him.
Read More

Jul 3, 2016

DOCTORS UNDER THREAT

(First published in The Kathmandu Post )

Dr. Guna Raj Awasthi, Medical Superintendent of District hospital, Baitadi was busy with a line of patients in the hospital on June 5 when a group of women smeared black soot on his face. It was later understood that they were incited by a local Nepali Congress leader Ramesh Koli who badly wanted to settle scores with this hugely popular doctor. Several weeks down the line, Koli is still at large.

The larger story

In order to justify their inhumane act, the assailants had this to say: the hospital did not provide free ambulance service to Hira Bhul, a pregnant with triplet who was referred from there to the higher centre. In contrast, the larger story was: Hira was examined by Dr. Awasthi a couple of days before the incident and as he found out that the condition of one of the fetuses was quite abnormal, she was instantly referred to the higher centre where any ensuing complications could be managed. In fact, upon learning that the patient was poor and helpless; Dr. Awasthi even managed to collect the fund for them. He contributed Rs. 1000 from his side and Rs.1500 from the hospital committee. As for the ambulance, he had personally requested ‘Dasarath Chand Pratisthan’ to avail it as the hospital’s ambulance was out of the town.  
It goes without saying that this is a despicable act in its entirety and needs to be highly condemned. But it has also provided us an occasion to introspect: Why are doctors routinely facing threats and attacks in the workplace? Sadly, this assault is far from an isolated incident and thus this news did not come as a surprise. News of doctors being beaten, verbally abused and hospitals getting vandalized are surfacing every now and then.  Besides, Nepalese doctors are not unique in facing this situation. Even countries like China and UK are going through all this. Why?
There are reasons aplenty. Doctor-patient relationship is at an all-time low. With the mushrooming of private medical colleges, medical education has been hit hard and the crucial ‘quality factor’ in the newly produced numerous doctors is under question. The public can be blamed for their low health literacy but there have been several occasions in the recent past when the failure in effective communication with the patients has led to gross misunderstandings and subsequent unfortunate incidents. With the continued commodification of healthcare, patient satisfaction has sharply plummeted with doctors significantly losing their trust. And if the state fails to regulate the medical education and leaves it in the hands of Mafioso as in the present, one can only expect the cases of medical negligence to rise. Add these all, and you get a sense of why the incidence of violence against once highly regarded professionals is bound to increase in the days ahead.
Now the question is: Can’t this be averted?  Of course, yes. Dr. Govinda KC has been in the forefront of the campaign to reform the health sector and if the citizenry backs him up to change this ugly underside of medical education, things will definitely get better.

Omnipresent Impunity

However, if we try to construct Dr. Awasthi’s case around the argument that negligence had compelled them to do so, we are wrong. He is a doctor par excellence with stellar track records, both on technical and humanitarian grounds. This is, no doubt, a politically motivated pre-meditated attack. Unnerved about his growing popularity, local party leaders with vested interests were seeking to transfer this doctor elsewhere. It is against this backdrop that few relatives of the patient were coaxed and provoked to manhandle him.
Under the leadership of Dr. Awasthi, Baitadi has witnessed a remarkable progress in health sector. In the health ranking done by Nepal Government based on various health parameters, Baitadi was one of the 5 worst performing districts. But once he assumed the office, it has now become fourth climbing up 65 positions. Even a cursory look at the statistics will reveal how much he has worked for the overall improvement in the health care delivery system of Baitadi. For this outstanding performance, he has been already felicitated with the Health Service Award. Among health workers, he has a reputation for endless service to the people of rural areas and is thus seen as a constant source of inspiration for scores of doctors working in the hinterlands.
In a nation where the culture of impunity has been institutionalized, it is no wonder that the party hooligans who orchestrate such attacks are offered political protection. We have little hope that the culprit will be brought to book, because anyone under the garb of political party is above the law in this land.
Until and unless we end this culture of treating the politicos as more equal, medical reforms alone will not bring about the desired working environment for medics. At least this is what the Awasthi case has proved. Bringing more security guards in the hospital is not the answer, strict enforcement of the law and ending the omnipresent culture of impunity is.
Let us allow to work with only the patients’ best interests in mind. By resorting to hooliganism upon the slightest pretext, we are not only harming the health care environment but also demoralizing the bright young minds from choosing medicine as their career. We are pushing them to the folds of the U.S and Australia.


It is high time the general public understood the costs of unsafe working environment.
Read More

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong