[First published in Yougbodh ]
गाउँभरि लोके दाइ एकाएक ‘सेलिब्रेटी’ भएका
थिए | हरेकका मुखमा लोके दाइ नै झुन्डिएका हुन्थे | चौतारोमा गएर नेताजी स्टाइलमा
गफ छाँट्नु लोके दाइको दैनिकी जस्तै भएको थियो | बाफरे बाफ, तिनलाई सुन्ने भीड पनि
कत्रो हो ! लंगौटिया यार नरेसँगै भीडको रमिते बन्न म पनि चौतारोमै कैयौंपटक हाजिर
भएँ | हुन पनि चिनिंदै नचिनिने भएर फर्केका थिए लाहुरबाट | टाउकामा क्यापटोपी, जीउमा
जिन्सको पाइन्ट र लाम्बाहुले रातो सर्ट, काँधमा गीत बज्ने रेडियो, नाडीमा सिको
फाइब अनि गोडामा गोल्डस्टार ! उनलाई देख्नेमध्ये छक...
Dec 24, 2014
Dec 5, 2014
बरियापुरमाथि एउटा अर्को बकवास
[सौरभ भर्सेज संजीव: एक प्यारोडी]
१८ मङ्सिरको अंकमा पंक्तिकारले ‘बरियापुर:
पश्चिमाको बकवास’ लेखेलगत्तै ट्वीटर संसारका स्वघोषित एक विद्वतशिरोमणिले ‘बकवास-
तर कसको’ शीर्षकमा रिज्वाइन्डर ठेलेकाले आवश्यकताको सिद्धान्तले उत्प्रेरित हुँदै
यो टिपोट लेख्ने कष्ट गर्नुपरेको हो |
ट्वेल्भ इयर्स अ स्लेभ
यो नाम २०१३ को एउटा पश्चिमा सिनेमाको हो
| यसमा छ- सोलोमन नर्थअप नाम गरेको एउटा मुक्त कालेको सत्यकथा | मुक्त भएर पनि ऊ
अपहरित हुन्छ र १२ वर्षसम्म एकपछि अर्को मालिककोमा कमारा बनेर दासताको चक्रमा
फनफनी घुमिरहन्छ | नभन्दै १२...
Dec 3, 2014
True religion
First appeared in The Kathmandu Post, 2009-03-17
At a time when the original meanings and significance of things are eroding at an ever increasing pace, the fate of religion has been no different. Observe closely around you and you'll have to wait for no Sunday to find the self-styled religious men and women. Yes, they wake up early in the morning, take baths, go to temples, perform prayers and meditation, but my question is: Do these alone suffice for one to be an truly religious person? Are karmakandas and rituals...
Nov 27, 2014
मोदीको गोप्य काठमाण्डौं डायरी

उसो त प्रधानसेवकका हैसियतमा यो मेरो
दोश्रो नेपाल भ्रमण हो | ४ महिनाअघि पनि यहाँ आएर जादुमयी रुपमा सबैलाई
मन्त्रमुग्ध पार्देको थिएँ | संसद भवनमा दिएको भाषणमा बजेको तालीको गड्गडाहट त
मैले अहिलेसम्म पनि अनुभव गर्दैछु | तर
मेरो पूजा हुन थालेको चाँहि म प्रधानसेवकमा नियुक्त भएदेखि नै हो | भन्ने नै हो
भने मेरो अन्तस्करणमा लाग्छ, यो मेरो आफ्नै गुजरात राज्य हो | यहाँबाट मैले चुनाव
लडें भने शतप्रतिशत मत पाउनेमा म शतप्रतिशत ढुक्क छु | बरु...
Nov 11, 2014
ढुक्कले दिनूस् गढीमाईमा बलि
राँगाको
नेतृत्वमा बोका, सुँगुर, हाँस, परेवा र कुखुरालाई पछि लगाएर काठमाण्डौस्थित पशुहरुको
एउटा प्रतिनिधिमण्डल सिंहदरबार छिर्यो |
नाइके
राँगाले कड्किंदै भन्यो- अबको केही दिनमै बाराको बरियापुरमा गढीमाई मेला हुँदैछ, दुई
दिनमै हाम्रा पाँच लाख दाजुभाइ दिदीबहिनीहरु रेटिदैछन्, रगतको नदी बग्दैछ ! यस्तो
अवस्थामा हामीलाई थाहा चाहियो- सरकार के हेर्दैछ ?
सरकार-
हाम्रो जातै केही नसुन्ने र केही नदेख्ने हुन्छ |
नाइके- उसोभए
अब हामी धमाका देखाइदिन्छौं |
[पछाडिपट्टिबाट
एक बथान सुँगुरले डाँको छाडे- हो, हो, धमाका देखाइदिन्छौं...
Oct 26, 2014
आइसीयुबाट स्वास्थ्यक्षेत्रको चिठी- भगवान कोइराला कि अमितकुमार ?
First appeared in South Asia and Beyond
प्यारा साथीभाइहरु,
तपाईंहरुको अमूल्य जीवनको ठेक्का लिएर बसेको मैले सधैं तपाईंहरुको हालखबर सोधेर पत्रको सुरुवात गर्थें | आज चाँहि आफ्नै बेहाल सुनाएर गर्न चाहन्छु | उसै त पोहोर-परारदेखि अनेकन् रोगव्याधिले गाँजेर थलिएको थिएँ, त्यसमाथि मन्त्रालयको घुम्ने मेचमा अहिलेका मन्त्री आएदेखि स्थिति गम्भीर भएर गएको छ | बाढीले बढार्नै लागेको आँगन भएको छु म | भर्खरै आइसीयुमा ‘सिफ्ट’ गरेको छ | अनुहार कच्याककुचुक र जीउ लल्याकलुलुक भइसकेको छ | एकदमै हतास र निराश छु, भाइबहिनी हो |...
Oct 17, 2014
रुदाने र बिर्सिइएका नायकहरु

First Published in Mysansar
रुदाने अर्थात् रुपचन्द्र विष्ट ! जसलाई पुरानो पुस्ताले चटक्कै
बिर्सिसक्यो, नयाँ पुस्ताले चिनेकै छैन | इतिहासको अँध्यारो गर्तमा धकेलिएर
बिर्सिएका एक होइन, अनेकौं रुदानेहरु छन् यो मुलुकमा | तिनलाई स्कुलका
पाठ्यपुस्तकमा अनि पत्रिकाका पानाहरुमा कुनै ठाउँ छैन | हाम्रो इतिहासै यस्तो छ-
कति रुदानेहरु गुमनाम पारिएका छन्, कति ऐरेगैरेहरु चाँहि ख्यातिको
चुलीमा छन् | यो इतिहासको अब वृहत उत्खनन गर्दै तिनीहरुलाई...
Oct 10, 2014
कायाकल्प
First Published in Setopati
आकाशमा काला बादलहरु देखिंदै थिए | साँझ ढल्किसकेको थियो | जूनको टहटह
उज्यालोमा हामी चाँहि अविराम अघि बढ्दै थियौं | यो घनघोर जङ्गल कतिबेला सक्केला र
मान्छेको वस्ती आइपुग्ला, फगत यत्ति सोच्दै लमकलमक हाम्रा पाइला चलिरहेका थिए, यन्त्रवत
| बिहान सखारै हिंडेका थियौं हामी आमैका औंला समाउँदै | आमै, दुइटी दिदी अनि हामी
तीन भाइ कम्ता आत्तिएका थिएनौं घर छोड्दै हिंडेको त्योबेला | बलिन्द्रधारा आँसु
बगाएकी थिइन् आमैले | भाइहरु बालखै भएपनि दिदीहरु अनि म चाँहि बुझ्ने भइसकेका
थियौं | टाँकघर उध्रिएको...
Oct 5, 2014
जातभात छुट्याउनेलाई हो यो प्रश्न- तिमी को हो, म चाँहि नेपाली !
पहिलेपहिले मिडियाका विचार-पृष्ठमा एकथरि समुदायको मात्र वर्चश्व
रहन्थ्यो | र स्वाभाविक थियो- पहाडी समुदायका लेखक-विचारकहरुबाट पहाडकै कुराहरु
बढी आउँथे | यसप्रकार तराई-मधेशका बारे हामी झन्डैझन्डै बेखबर रहन्थ्यौं | यो
पृष्ठभूमिमा दीपक रौनियारजीले सेतोपाटीमा मधेशका कुराहरु निरन्तर लेखिरहेर
पाठकहरुका निम्ति मधेशका जनताको हृदयसम्म पुग्ने बाटो कोरिदिनुभएको छ | उसो त मधेशका
प्रवृति र विम्बहरुको छाप हाम्रो साहित्यमा पनि उतिसारो परेको छैन | स्थापित
साहित्यकारहरुमध्ये नयनराज पाण्डे र धच गोतामेबाहेक सबैजनाले आफ्ना
कथा-उपन्यासहरुमा...
Sep 19, 2014
‘प्रि-फेसबुक एरा’ लाई मिस गर्नुपर्ने टप टेन कारणहरु

[First published in Mysansar ]
कति वर्ष वा दशक मिलेर ‘एरा’ बन्छ, म जान्दिन, तर हामी बाँचिरहेको
अहिलेको समयलाई सूचना-प्रविधिका मर्मज्ञहरु ‘फेसबुक एरा’ भन्छन् | ठ्याक्कै कुन
साललाई ‘डिमार्केसन लाइन’ मान्ने भन्नेमा मतैक्य नभएपनि सोसल मिडियाका अधिकांश
चल्तापुर्जा इतिहासविद्हरु सन् २००८ पूर्वको समयलाई ‘प्रि-फेसबुक एरा’ एवं रीतले
२००८ पछिको समयलाई ‘फेसबुक एरा’ का रुपमा वर्गीकरण गर्नुपर्ने बताउँछन् | हाल चालू
‘जुकर्बर्गीयन फेसबुक...
Subscribe to:
Posts (Atom)