........................................................................with words, with issues!!!

Mar 31, 2015

अब पनि ऐक्यबद्धता नजनाउने हो भने...

First appeared in SwasthyaKhabar  मेडिकल कलेजमा सँगै पढ्दाताका एकदमै ‘ब्राइट’ विद्यार्थीमा गनिने एकजना साथीले केहीअघि आफ्नो भावी योजना सुनायो- “अब नेपालमै ल्याङल्याङ गरिरहेर केही प्रगति हुनेवाला छैन यार् ! यता बरालिएर आफ्नो भविष्य अनिश्चित पार्नुभन्दा झट्टपट्ट ‘युएसएमएलइ’ गरेर अमेरिकाको बाटो तताउने हो ! तैंले पनि बेलैमा सोच्, नत्र पछि बेकारमा पछुताउनुपर्ला !” त्यो साथी मात्रै किन, एमबीबीएस पास गरिसक्दानसक्दै अधिकांश त्यस्ता...
Read More

Mar 13, 2015

बनाउनु नपरोस् 'नेपाल्स डटर' !

संचारमाध्यममा निरन्तर ‘इन्डिया साइनिङ’ का लोमहर्षक कथाहरु छाइरहँदा बेलाबेला प्रकाशमा आउँछन्- २०१२ को डिसेम्बरमा दिल्लीमा भएजस्ता नृशंस घटना पनि | यिनले संसारकै ठूलो लोकतन्त्रको अर्को पाटो उजागर गर्ने गरेका छन् | दिल्लीको सार्वजनिक बसमा एउटी २३ वर्षीया छात्रामाथि भएको उक्त विभत्स सामूहिक बलात्कार तथा हत्याका विषयमाथि हालै ‘इन्डियाज डटर’ नामक एउटा डकुमेन्ट्री त बन्यो तर प्रदर्शनमा नआउँदै प्रतिबन्ध झेल्न पुग्यो | भारत सरकार भन्छ- चार बलात्कारीहरु...
Read More

Mar 5, 2015

भेंडाबाख्राझैं हुलिने भविष्यका डाक्टरहरु

First published in Setopati  सेतोपाटीमा प्रकाशित गोविन्द केसी सरको लेख ‘मेडिकल शिक्षामा मनपरी, क्षमता ४० सीट, पढाउने १५० जना?’ पढिसकेपछि त्यो दिनभरजसो म आत्मविस्मृतितर्फ तानिइरहें | सानो छँदाताका मैले पढेको स्कुल, त्यसका कक्षाकोठा, गुरु-गुरुआमाहरु, साथीभाइहरु झल्झली याद आइरहे | मनमनै सोचिरहें- साँच्ची, मैले पढ्ने स्कुलमा एउटा कक्षामा अधिकतम कतिजनासम्म विद्यार्थीहरु हुन्थे ? सर र मिस/म्याडमहरुले कत्तिको लगाव र अभिरुचिका साथ पढाउनुहुन्थ्यो ? अनि फेरि मनमनै एक दशकपछिको समयमा हाम फालें र आफूले पढेको मेडिकल कलेजको...
Read More

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong