First published in Setopati
सेतोपाटीमा प्रकाशित गोविन्द केसी सरको लेख ‘मेडिकल शिक्षामा मनपरी, क्षमता ४० सीट, पढाउने १५० जना?’ पढिसकेपछि त्यो दिनभरजसो म आत्मविस्मृतितर्फ तानिइरहें | सानो छँदाताका मैले पढेको स्कुल, त्यसका कक्षाकोठा, गुरु-गुरुआमाहरु, साथीभाइहरु झल्झली याद आइरहे | मनमनै सोचिरहें- साँच्ची, मैले पढ्ने स्कुलमा एउटा कक्षामा अधिकतम कतिजनासम्म विद्यार्थीहरु हुन्थे ? सर र मिस/म्याडमहरुले कत्तिको लगाव र अभिरुचिका साथ पढाउनुहुन्थ्यो ? अनि फेरि मनमनै एक दशकपछिको समयमा हाम फालें र आफूले पढेको मेडिकल कलेजको कक्षासँग त्यो कक्षा दाँज्न पुगें | अहो, कत्रो गहिरो खाडल, जसलाई अनुभव मात्र गर्दा पनि बडो अनौठो लागिरह्यो |
सेतोपाटीमा प्रकाशित गोविन्द केसी सरको लेख ‘मेडिकल शिक्षामा मनपरी, क्षमता ४० सीट, पढाउने १५० जना?’ पढिसकेपछि त्यो दिनभरजसो म आत्मविस्मृतितर्फ तानिइरहें | सानो छँदाताका मैले पढेको स्कुल, त्यसका कक्षाकोठा, गुरु-गुरुआमाहरु, साथीभाइहरु झल्झली याद आइरहे | मनमनै सोचिरहें- साँच्ची, मैले पढ्ने स्कुलमा एउटा कक्षामा अधिकतम कतिजनासम्म विद्यार्थीहरु हुन्थे ? सर र मिस/म्याडमहरुले कत्तिको लगाव र अभिरुचिका साथ पढाउनुहुन्थ्यो ? अनि फेरि मनमनै एक दशकपछिको समयमा हाम फालें र आफूले पढेको मेडिकल कलेजको कक्षासँग त्यो कक्षा दाँज्न पुगें | अहो, कत्रो गहिरो खाडल, जसलाई अनुभव मात्र गर्दा पनि बडो अनौठो लागिरह्यो |
त्यो स्कुले
कक्षामा जम्माजम्मी ८० जना विद्यार्थी हुन्थ्यौं | एउटा कक्षामा बढीमा ४० जनाको
मान्यताअनुसार दुइटा सेक्सनमा बाँडिएका थियौं हामी | हरेक विषयका निम्ति उत्तिकै
दक्ष र अनुभवी गुरुहरु हुनुहुन्थ्यो | हामीले बुझ्यौं/बुझेनौं, जान्यौं/जानेनौं,
सोधखोज गर्नुहुन्थ्यो अनि बुझेको रहेछौं भने मात्रै अगाडिको पाठमा बढ्नुहुन्थ्यो |
कुनै पिरियड पनि सर नभएर वा सर नआइदिएर खाली जाँदैनथ्यो | समयमै पाठ्यक्रम पढाएर
सक्काइन्थ्यो | बरु भौतिक पूर्वाधार राम्रो थिएन | स्कुलको आफ्नै भवनसम्म थिएन,
बाल मन्दिरको भवनलाई भाडामा लिएर चलाइरहेको थियो | तर पठनपाठनमा कुनै सम्झौता थिएन
| र पो पढाइ प्रभावकारी हुन्थ्यो | हुनत मैले मीनबहादुर विष्टको कवितामा वर्णित
‘गाउँको पाठशाला’ पनि देखेको छैन, राजधानीको ग्यालेक्सी र रातो बंगाला पनि भोगेको छैन
| यसकारण मेरो स्कुलको अनुभवसँग अरु धेरैका अनुभव नमिल्लान् | तर एउटा औसत
मध्यमवर्गीय परिवारको सन्तानले पढ्ने स्कुलबाट आएकाहरुको कक्षाको चित्र मोटामोटी
यस्तै हो | सबै ८० जना विद्यार्थीहरु एउटै कक्षामा हुलेको भए चाँहि के हुँदो हो;
मैले कल्पना पनि गरेको थिइन | तर त्यही कल्पना पनि नगरेको कुरा कालान्तरमा भोग्नु
रहेछ |
मेडिकल
कलेजको ‘लेक्चर हल’ छिरेको पहिलो दिन यो कुन सेक्सन होला भनेर ठूलै असमन्जसमा
परेको थिएँ म | सुनेको थिएँ, एउटा ब्याचमा जम्मा विद्यार्थीको संख्या १५० हुनेछ | यसैअनुसार
स्कुल र प्लस टु बेलाकै हिसाबले पनि कम्तीमा ३ वटा सेक्सन त जरुर हुनेछ भनेर मनमनै
हिसाब लगाएको थिएँ | आफू कुन सेक्सनमा परिएछ भनेर मनमा कौतुहलता थियो | तर त्यही
दिन नै थाहा भयो- मेडिकल कलेज भनेको कुनै स्कुल-प्लस टु होइन रहेछ, जहाँ निश्चित
संख्याभन्दा बढी विद्यार्थी भए सेक्सन छुट्याइयोस् | एउटा बडेमाको हल बनाइदिएको छ,
सबैजना त्यसमै अटाउने अनि पढ्न मन भए पढ्ने नभए नपढ्ने- त्यो रहेछ त्यहाँको पवित्र
संहिता | अरे बाबा, १५० जनाको भीड एउटै हलमा कोच्चिंदा त्यहाँ कसरी पढाई होला,
कसरी अन्तर्क्रिया होला, बुझ्न नसकेर पहिलो दिन नै मेरो दिमाग अन्यौल र बेचैनीको
कुहिरोमा हराएको थियो | हुनत कहाँ कखरा पढाउने त्यो स्कुल, कहाँ डाक्टर उत्पादन
गर्ने यो मेडिकल कलेज ! तर पनि भेंडाबाख्रालाई झैं हुलेको देख्दा त्यही कखरा
सिकाउने स्कुल नै मेरा निम्ति प्रिय भयो | त्यो सानो स्कुल सम्झेर नै गौरव लाग्यो
जबकि यी भयानक भवनहरु देख्दा टिठ मात्रै |
अहिले
सम्झेर ल्याउँदा लाग्छ, त्यत्रो हुलमुलमा पढाएको कुरा कसरी सुन्यौं र बुझ्यौं होला
? एक दिन बिराएर बिग्रिरहने माइकका त कुरै नगरौं | अनि केहीगरी सुनिहालेछौं भने पनि नबुझेको कुरा कसरी सोध्यौं होला ? पछाडिका बेन्चमा बस्नेमाथि सरका
आँखाहरु कसोगरी परे होलान् ? प्राक्टिकल कक्षाहरुमा त्यत्रो हुललाई कसले कसरी
सिकायो होला ? हुनपनि लावालस्करै लिएर प्राक्टिकल कक्षा छिर्थ्यौं हामी | साइडमा
उभिएर रमिता हेर्थ्यौं वा प्राक्टिकल गर्थ्यौं, मैले भुलिसकें | भनिरहनु पर्दैन,
नजानेको, नबुझेको कुरा त्यतिबेलै सोध्न सकिएन भने के हुन्छ | अनि एकचोटि पछि परियो
भने झन् पछि पर्दै गइन्छ र कतै शुन्यमा हराइन्छ |
अहिले त्रिवीअन्तर्गतका
कलेजहरुमा एमबीबीएस अन्तिम वर्षको प्राक्टिकल परीक्षा चल्दैछ | एउटा कलेजमा १९० जना
सम्म विद्यार्थीहरु सम्मिलित छन् | त्यत्रा विद्यार्थीका लागि कहाँबाट बिरामी
जुटाउने, सम्बन्धित विषयका सम्बन्धित सरहरुलाई अहिले चिन्ताले पिरोलेको छ | उसो त
मान्छे खेर्ने आइडिया फुराउनु खासै गाह्रो काम होइन | फ्री ओपिडी र फ्री
बेडचार्जजस्ता उपहार-योजनाहरु खोलिएका छन् | यतिले नपुगेर गाउँगाउँमा सर्वत्र
प्रचारप्रसार गरिएको छ- सबै कुराहरु निशुल्क छ | निशुल्कभित्र कति शुल्क पर्छ
भन्ने कुरो त हप्तौंपछि डिस्चार्ज हुनेबेला मात्रै त्यो विचरो बिरामीले बुझ्ला |
यसरी ‘खडेबाबा’ भन्ने शब्दले बजार पिटेको यो बेला कतिपय मेडिकल कलेजहरुमा ‘खडेबिरामी’
हरुको पनि बिगबिगी नै छ | न त मेडिकल काउन्सिल यसबाट अनभिज्ञ छ, न त विश्वविद्यालय
नै | तर ‘काले काले मिलेर खाउँ भाले’ नै सबैको मार्गनिर्देशक सिद्धान्त भएपछि
अनुगमन नामका नौटंकीहरुको कुनै अर्थ रहँदैन | यसमा प्राइभेट मेडिकल कलेजका
मालिकलाई दोष लाउने ठाउँ पनि कमै छ | किनकि निजी क्षेत्रलाई बेलगाम खुला छोड्दिँदा
निस्कने परिणति यस्तै हो | आफूले झ्यालढोका चाँहि खुलै छोड्दिने, अनि चोर पस्यो
भनेर कराएर हुन्छ ? चोरको धर्मै चोर्नु हो, उसले चोर्यो त के बिरायो ? ढोका थुन्नुपर्दैन
? उसलाई त सिर्फ बढीभन्दा बढी नाफा कमाउनु छ; आफ्ना प्रोडक्टहरु राम्रा डाक्टर बनेर
निस्कून्/ ननिस्कून् उसलाई यत्रैसित्ति |
त्यसैले
मेडिकल कलेजका भवनमाथि भवन ठड्याउन लागिपरेका छन् उनीहरु | हरेकजसोले ‘एमडी/ एमएस’
कार्यक्रम चलाइरहेका छन्, तर पूरै हचुवाका भरमा | प्राध्यापकहरु कति छन्,
उनीहरुलाई टिकाइराख्न दिनुपर्ने सेवासुविधाहरु केकति हुन्, विद्यार्थीका चासोहरू
केके हुन्, रत्ति मतलब छैन | पूर्वजानकारी दिएर आउने ‘अनुगमन’ का बेला प्रोफेसरका
नाममा खडेबाबा देखाउन पाए पुगिगो | प्राक्टिकलको जाँच लिन काठमाण्डौंदेखि आउनुभएका
एकजना सरले सुनाउनु भएथ्यो- “कति मेडिकल कलेजहरु यस्ता पनि छन् जहाँ पढाउनका लागि
एउटा पनि ‘फ्याकल्टी’ छैन | जबजब प्राक्टिकलको जाँच लिन काठमाण्डौबाट उहाँहरु
त्यहाँ पुग्नुहुन्छ, बर्डरपारिबाट खडेबाबाहरु पनि टुप्लुक्क आइपुग्छन् ! जसै
उहाँहरु काठमाण्डौ फर्कनुहुन्छ, उनीहरुले चाँहि बर्डर क्रस गरिसकेका हुन्छन् |” केही
साताअघि मात्रै ६ महिनासम्म अस्पताल बन्द तथा पढाइ अवरुद्द भएपछि जानकी मेडिकल
कलेजका विद्यार्थीहरु विचल्लीमा परेको खबर छापाहरुमै आएको थियो | “पहिलो वर्षमा
तीन महिना अध्ययन गर्न पाएका थियौं, दोश्रो वर्ष झन् दुई महिना | तेश्रो वर्ष त एक
महिना पनि पढाइ भएन | तेश्रो वर्षमा अस्पताल पोस्टिंग हुनुपर्ने, त्यो पनि
हुनसकेको छैन |” यस्तो भयावह अवस्थाको जानकारी गराएका थिए, जानकी मेडिकल कलेजमा
अध्ययनरत एक विद्यार्थीले एउटा स्वास्थ्य खबरपत्रिकामार्फत | के यस्तो अवस्थामा तिनलाई
परीक्षामा बसाएपछि पास हुनलाई चिट चोर्नेबाहेक अर्को कुनै बाटो छ ?
हाल
चलिरहेका अधिकांश निजी मेडिकल कलेजहरुको यो दुर्गति आँखैसामुन्ने देखिरहेको
विश्वविद्यालयलाई भने यिनमा कसरी सुधार ल्याउने भन्नेतिर अलिकति पनि चासो छैन |
बरु यति दुर्गतिले नपुगेर थप दुर्गतिका निम्ति नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन
दिन ऊ आतुर छ | तर श्रद्धेय गुरु डा. केसीले ‘म चुप लागेर बस्दिन’ भनेर भन्नुभएझैं
हामी पनि चुप लागेर नबस्ने हो भने चाँहि थप दुर्गति निम्त्याउन चाहनेहरु अवश्यै
पराजित हुनेछन् भनेर आश गर्न सकिन्छ |
0 comments:
Post a Comment