(First published in सेतोपाटी )
जब म घुम्दै गाउँको पाठशालामा पुगें
त्यहाँ देखें घामले पोलेर
छहारी खोज्दै
पाठशालाभित्र पसेर
मौनवाचन गरिरहेका गाई-बाख्रा र गोठालाहरु
र पाठशालाका कोठाभित्र बस्न नसकेर
बाहिर रुखको सियालमुनि
चर्न लागेका मास्टर र विद्यार्थीहरु।
‘साला पहाडमे क्या है’ जस्तो चर्चित कविता
लेखेका शिक्षाविद् मीनबहादुर विष्टको उस्तै दमदार कविता ‘गाउँको स्कुल’ का हरफहरु
हुन् यी। तर वर्षौंअघि लेखिएका यी हरफहरुबाट
पाठशालालाई हटाएर स्वास्थ्यकेन्द्र अनि मास्टर र विद्यार्थीलाई हटाएर
स्वास्थ्यकर्मी र...
Dec 30, 2015
Sep 19, 2015
माथेमा प्रतिवेदन कार्यान्वयन गर !
First published in Nagarik
करिब एक महिनाअघि उपत्यकाबाहिरको एउटा
निजी मेडिकल कलेजमा मेडिकल काउन्सिलको अनुगमन टोली आउन लागेको हल्ला चल्यो | हल्लाको
स्रोत के थियो, कहाँ थियो, कलेज व्यवस्थापनलाई बाहेक कसैलाई पनि थाहा थिएन | तर
त्यहाँका डाक्टर, नर्सलगायत सबैजसो स्टाफहरुलाई ‘स्ट्याण्ड बाइ’ बस्न निर्देशन आइसकेको
थियो | रातारात सीमापारिबाट ‘खडेबाबा’ भनिने डाक्टरहरु झिकाइसकिएका थिए | सुन्दा
अतिरन्जित सुनिएला, तर ठीक त्यहीबेला मेरो दिमागमा चाँहि बलिउड फिल्म ‘मुन्नाभाइ
एमबीबीएस’ को एउटा कमेडी दृश्य फनफनी घुमिरहेको थियो...
Sep 6, 2015
गोविन्द सरको सत्याग्रह: पहिलोदेखि छैठौंसम्म, एक तुलनात्मक अध्ययन !

पहिलो आमरण अनशन:
२१ असार, २०६९ देखि २४
असार २०६९ सम्म
पृष्ठभूमि:
तत्कालिन डीन डा. अरुण सायमीको
पदावधि सकिएको तर त्रिविले भने भ्रष्टाचारमा मुछिएका उनै अरुण सायमीलाई निमित्तको
जिम्मेवारी दिइरहेको ! जेठ ११ मा डा. केसीबाट अनशनको चेतावनी आएपछि सोही दिन अरुण
पदमुक्त भइ डा. रतीन्द्र श्रेष्ठ नयाँ डीन नियुक्त तथा असार २० भित्र पदाधिकारी
नियुक्तिको प्रतिबद्धता ! प्रतिबद्धता लागू नभएपछि २१ असार देखि अनशन शुरु !
माग:
राजनीतिक...
Aug 11, 2015
दुई पोका खुन
First published in Setopati
‘जल्दी से
जल्दी दुई पोका खुनके व्यवस्था करिए, नही तो आपके पत्नी और बच्चाके ज्यानको भी गम्भीर खतरा हे ! समझ्गए
कि नही ?’ प्रसुति वार्डको सिस्टरबाट हकिउल्लाह खानले दिउँसै कडा चेतावनी पाइसकेको
थियो | रेडक्रसको भवनबाहिर ठिंग उभिइरहेको उसलाई अहिले पनि सिस्टरको त्यही
चेतावनीले लखेटिरहेको छ | लखेटिदा लखेटिदै ऊ कहिले कुन अस्पतालको ब्लड ब्यांक
पुग्छ, कहिले कुन ठाउँको रेडक्रस ! जहाँ पुग्छ, देख्छ सिर्फ घारहरु जहाँ मौरीहरु
झुम्मिइरहेका छन् | सबै मौरीका हातमा एउटा एउटा कागज छन् र त्यही कागजले...
Jul 2, 2015
भतिज दीपेन्द्र ! मलाई माफ गर

- खगेन्द्र संग्रौला
युवराज दीपेन्द्र बाँचिबर्ती रहँदा उनी
मेरा कोही थिएनन् र म उनको कोही थिइनँ | उनी श्री ५ थिए, म थिएँ श्री एक | उनी
धकलाग्दो गगनचुम्बी पर्खालले घेरिएको नारायणहिटी राजदरबारको चक्रव्यूहको एक टापूमा
कतै...
Subscribe to:
Posts (Atom)