........................................................................with words, with issues!!!

Aug 2, 2014

पाँच टाइपका ट्वीटे


‘सोसल नेटवर्क’ को जालोभित्र मेरो जीवन जेलिनु र ‘द सोसल नेटवर्क’ नामको फिल्म रिलिज हुनु संयोगले एकै समयमा भएको थियो | ट्वीटरभन्दा फेसबुक कति हो कति गुणा लोकप्रिय रहेको त्यो बेला मैले पनि फेसबुकबाटै ‘सोसल नेटवर्किङ’ थालेको थिएँ | तर पत्रपत्रिकाका समाचारमा ‘फलानो सेलिब्रेटीले यो ट्वीट गर्यो, ढिस्कानो सेलिब्रिटीले त्यो ट्वीट गर्यो, यो हिरोका यति फलोवर, त्यो हिरोइनका त्यति फलोवर’ जस्ता इतिवृतान्त पढिसकेपछि मन थाम्न सकिएन | अनि उसै त फेसबुकमा लत लागेर खेर गइरहेको समय, त्यसमाथि अरु समय खेर फाल्न अर्को नेटवर्कभित्र छिरियो- ट्वीटर ! छिर्न त छिरियो, तर मेसो पाउन नसकेर कहाँको अनकन्टार ओडारभित्र छिरिएछ जस्तो लाग्न थाल्यो | अलिक दिनपछि ‘ए टु जेड’ सम्मै नजानेपनि ‘ए-बी-सी-डी’ सम्म चाँहि छिचोलियो ! तर कहिले के, कहिले के, त्यति मन बसेन | निसास लाग्यो, र फेरि चैनको सास फेर्न फेसबुककै होलटाइमर बन्न फर्किएँ पुरानै चिरपरिचित नेटवर्कमा | पछिल्लो एक वर्ष चाँहि मन फर्कियो अनि फेसबुकजत्तिकै समय ट्वीटरमा पनि फालियो र ‘१४० क्यारेक्टर’ को आन्द्राभुँडी नजिकबाट नियाल्न पाइयो | खासमा मेरो २०७० को नयाँवर्ष ‘रिजोलुसन’ नै फेसबुकको आधा समय ट्वीटरमा बाँडफाँड गर्ने भन्ने थियो | यही मेसोमा टाइपटाइपका नेपाली ‘ट्वीपल्स’ हरुको वर्गीकरण गरी हेरुँ भन्ने लाग्यो र यो लेठोमा लागेँ !
[पुनश्च: यो कुनै ‘वैज्ञानिक रिसर्च’ गरेर पत्ता लगाएको चीज होइन, बस् एकवर्षे ट्वीटर अनुभवका क्रममा देखेको कुरा जस्ताको तस्तै उतारेको हो ]  

१.  सञ्जीव सर टाइप 
  
  बायोमै ‘I like to cook things for बुद्धिविलास’ लेखेर बुद्धिजीवीको छनक दिनुभएका सञ्जीव सरलाई डिपी हेरेरै खुङकार ‘थिंकट्यांक’ मान्ने धेरै छन् | सप्ताहन्तमा ‘फ्राइडे रिलिज’ पर्खेर बस्ने नयाँजोडीझैँ उत्कट उत्सुकता राखेर पर्खिन्छन् ट्वीटेगण ‘ट्रेन्डिङ टपिक’ मा उहाँको विचार जान्न | विरोधी विचारसित पनि खुलेर अन्तर्क्रिया गर्ने ५४०० भन्दा बढी फलोवरका धनी सञ्जीव सर पनि के कम, चोटिला टिप्पणी लिएर आइपुग्नुहुन्छ उत्नीखेरै | अझ  त्यो विषयमा  टि.एल मा बहस चर्किरहेको हुनुपर्छ- तब बुझे हुन्छ, ‘सञ्जीवको ब्लग’ले आज नयाँ इन्ट्री पायो | सुपर-डुपर हिट हुनेमा त शंकै छैन | ‘फरक मत’ राख्नमा भने उहाँका विचार-दृष्टिकोण माहिर छन् | उदाहरणका लागि धेरै पर पनि नजाउँ- भर्खरै ट्वीटेगणको एउटा ठूलो हिस्साले पशुपति शर्माको गीतमा दशहात उफ्रंदै ‘छुवाछुत अन्त्यको लागि यो गीत कोशेढुंगा सावित हुनसक्छ’ भन्यो | उहाँले ट्वीट गर्दै र ‘किन बिर्सने जातपातका कुरा ?’ शीर्षकमा ब्लग लेख्दै भन्नुभयो- “ जातपातका कुरा नगरौं, हामी सबै नेपाली हौँ, जातपात कलहको बीउ हो आदि तर्क दिएर उच्च जातका शहरीयाहरू जातपातका कुरामा विशेष वितृष्णा राख्छन् | यो भावना इमान्दार होला तर सतही र घातक छ |” चलनचल्तीका सोच-विचारलाई उहाँ आँखा चिम्लेर सकार्नुहुन्न भन्ने अर्को दशी हो- माघ १६ को उहाँको ब्लग ‘सहिद दिवसमा भ्रमको चिरफार’ | ‘नागरिक’ पत्रिकामा उहाँका लेख नियमितजसो आउँछन्, जुन धेरै ‘शेयर’ हुनेमध्येमा पर्छन् | एकाधचोटि ‘द काठमाण्डौ पोष्ट’ र ‘कान्तिपुर’मा पनि स्वाद लिइएको थियो उहाँको लेखाइको | तर्कशीलताका बेजोड नमुना हुन् उहाँका ट्वीट र ब्लगरुपी लेखाइहरु भन्नेमा अब पनि कसैलाई शंका छ र ? 
                  
समाज र संस्कृतिबारे गर्ने गम्भीर ट्वीटले मात्रै उहाँको ट्वीटर व्यक्तित्व पुरै प्रष्टिदैन | बेलाबेला ‘टुँडिखेलमा चिया पकाउने’ जस्ता हल्काफुल्का विषय पनि उठाउनुहुन्छ, तर हल्का होस् वा गह्रौं, उहाँका ट्वीटमा निहित गुरुत्वाकर्षणमा भने रत्ति फरक पर्ने होइन | यत्ति चाँहि ‘स्योर’ भए हुन्छ- खुबै सुनिने ‘वरिष्ठ ट्वीटे संघ’ यदि कतै रहेछ भने त्यसको निर्विरोध अध्यक्ष पद उहाँले जिप्ट्याउन कुनै कसरतै गर्नुपर्दैन ! 
                    
यो टाइपमा पर्नुहुने अन्य ५ ट्वीटेहरु :
केदार शर्मा, 
विनीता गुरुङ, 
अर्पण श्रेष्ठ, 
रुबिना महतो, 
चारु गजुरेल 

२. मान्ठाहजुर टाइप :

  ट्वीटर छिरेपछि सबैभन्दा पहिला मलाई कसैले प्रभाव पारेको थियो भने त्यो थियो- मान्ठा ! नामै गजब ! मध्यपश्चिम र सुदूरपश्चिममा आफ्नो बाल्यकाल गुजारेकाले होला, यस्ता शब्द मलाई मीठो लाग्छन्, आफ्नै लाग्छन् | उहाँका ट्वीटहरुमा छचल्किने ‘सेन्स अफ ह्युमर’ को फ्यान कुन ट्वीटे पो नहोला ? ‘सुभाष नेम्वाङ यस्ता शिक्षक हुन् जसको क्लासमा विद्यार्थीहरु सुत्न, हल्ला गर्न, लास्ट बेन्चमा बसेर दोहोरी गाउन र केटीलाई चकले हान्न पाउँछन्’- योभन्दा बढ्ता खिसिट्युरी अरु के हुन्छ ? बहुचर्चित बनेको यो ट्वीटलाई त कमल थापाले संसद्मै वाचन गरेर सुनाउन समेत भ्याए | व्यंग्यचेतले भरिपूर्ण उहाँका बौद्धिक खुराकहरु राजादेखि रंकसम्म सबैलाई उत्तिकै स्वादिला लाग्दा रै’छन्, प्रमाण बोल्यो !
   
डेढवर्ष जति पहिलेको एउटा रात सम्झन्छु- ‘कम्बाइन्ड स्टडी’ गर्ने भन्दै बसेको एकजना साथी र म उहाँको ट्वीट र रिप्लाई पढ्दै पेट मिचिमिची हाँस्दै र त्यसबारे गफ हान्दै पुरै ३ घण्टा बिताएका थियौं | नेपालगन्जमा छालारोग विशेषज्ञका रुपमा कार्यरत मान्ठाले आफ्नो ‘प्रोफेसनल लाइफ’ का दौरान धेरै समय मध्यपश्चिमका हिमाली भेगमा गुजारेकाले पनि होला, ट्वीटहरुमा त्यहींको आञ्चलिकता भरपुर मात्रामा झल्किन्छ | त्यहींका समस्या टकटकिन्छन् ट्वीट भएर | प्रतिक र विम्बको प्रशस्त खपत हुन्छ उहाँका ट्वीटहरुमा, अनि न प्रष्टिन्छन् चीजहरु | फेरि, डाक्टरका रुपमा उहाँको ज्ञान ‘मेडिकल साइन्स’ मा मात्रै सीमित छैन | धेरै विधामा जानकार देखिने उहाँको ज्ञानको दायरा फराकिलो छ | फाट्टफुट्ट ब्लग पनि लेखिहाल्ने उहाँको हात सामाजिक क्षेत्रमा पनि पुगेकै छ | केहीअघि सामाजिक संजालकै माध्यमबाट गएर केही थान कम्प्युटरको जोरजुलुम गर्नुभयो अनि गाउँको स्कुलमा बाँडिदिनुभयो | हुन त चिकित्सकका रुपमा दिने सेवाजत्तिको सेवा अर्को के होला र, त्यैपनि पेशागत घेराबाहिर गएर उहाँले दिएको सेवा पनि जोकोहीका लागि लोभलाग्दो छ | उहाँका उत्तम विचार र जंगी जाँगर सदैव सलामयोग्य छन् |
     
ट्वीटरमा उहाँको उपस्थितिले उहाँलाई फलिरहेका ३८०० भन्दा बढी ट्वीटेहरुका निम्ति यो ठाउँ सूचना र विचारको आदानप्रदानका साथसाथै हाँसो-ठट्टा र मनोरञ्जनको पनि गतिलो थलो भएको छ | ‘जिनियस् ट्वीटे पदक’ नामको जिनिस कतै रहेछ भने मान्ठाहजुरजत्तिको लायक त्यसका निम्ति अरु कोही छैन भन्नेमा म एकमत छु !

यो टाइपमा पर्नुहुने अन्य ५ ट्वीटेहरु :

बरुण कम्पनी, 
बाबाजी, 
कुलरिम्स, 
घिम्रेकाका भन्नुन्च:, 
काकाबा    


३. प्रमोद भगत टाइप : 

   बढीजसो अंग्रेजीमा आउने उहाँका ट्वीटहरुमा निर्धा र निर्बलियाका दमित आवाजहरु जबर्जस्त रुपमा मुखरित हुन्छन् | मधेसी-जनजाति मुद्धामा उहाँको प्रखर लेखनी कतिपयका आँखामा कशिंगर भएर बिझाउने गर्छ | अध्ययनशील अनि तर्कशील ट्वीटेको छवि छ उहाँको | ‘द काठमाण्डौ पोष्ट’ मा लेख लेख्नुहुने भगत त्यहाँबाट आजकल भने गुप्तप्राय: हुनुहुन्छ | अभिजात वर्गलाई धुजाधुजा हुने गरी कडा प्रहार गर्दै ट्वीट्नु उहाँको ट्वीटरीय विशेषता हो | लागेको कुरा सिधै लेखिदिने हक्की स्वभावका उहाँको अन्य कतिपय ट्वीटेहरुसँग विचारको –र्याङठ्याङ नमिलेर हो कि किन हो, सानोतिनो ट्वीटर-युद्ध नै पर्नेगर्छ, जसको अवतरण हुन्छ ब्लाकाब्लक गरेर | अलिक झोंकी स्वभावका लाग्ने उहाँ अहिले पनि भोटेताल्चा झुण्ड्याएर आफ्ना ट्वीटहरुको रक्षार्थ सेन्ट्री बसिरहनुभएको अवस्था छ | बेलाबेला आक्रोशयुक्त र आक्रामक ट्वीटहरु गर्ने उहाँ ‘इन्टरनेट ट्रल्स’ का प्रमुख शिकारमध्येमा पर्नुहुन्छ | अन्तर्क्रियाका लागि उहाँको आफ्नै एउटा ‘सर्कल’ छ | मन्जुश्री थापा, प्रशान्त झा, अनिल भट्टराई, उज्ज्वल प्रसाई, राकेश मिश्र, मुकेश, विनोद आचार्य यो सर्कलका स्थायी सदस्यहरु हुनुहुन्छ | सीके लालका फ्यानहरु यहाँ जतिपनि छन्, तर उहाँजस्तो ‘डाइहार्ड’ फ्यान चाँहि विरलै होलान् | लालको स्तम्भ प्रकाशित हुने दिन बिहानै ३ बजे उहाँ त्यो स्तम्भ पढीभ्याएर ‘शेयर’ गरिसक्नुहुन्छ | सीके लालको फ्यान भन्नेबित्तिकै बुझे भो- उहाँ कनकमणि दीक्षित र युशाफ्टका कट्टर आलोचक हुनुहुन्छ | ‘बौद्धिक ट्वीटे’ को उपाधि हात पार्न उहाँले कुनै थप मेहनत नगरे हुन्छ ! 

यो टाइपमा पर्नुहुने अन्य ५ ट्वीटेहरु :

प्रशान्त झा, 
उज्ज्वल प्रसाई, 
हिमा राई, 
अनिल भट्टराई, 
राकेश मिश्र  

४. शब्दचित्र टाइप : 

   छोटा वाक्यमा शब्दलाई खेलाउने शिल्प कसैले शब्दचित्रबाट सिकोस् ! आफ्नै ब्लगको नाम सापटी लिएर ट्वीटर चलाउने उहाँको भाषा अचम्मै सरल र मीठो छ ! मानवीय संवेदनालाई जीवन्तरुपमा पस्किन सक्ने र छुन सक्ने उहाँको बिछट्टै विलक्षण शैली छ | बाबुराम भट्टराई प्रधानमन्त्री नहुँदै उहाँले एउटा लेख लेख्नुभाको थियो- सपनामा आफूले बाबुराम प्रधानमन्त्री भएको देखेको अनि सबै देशवासी उमंगले फुरुङ्ग भएको- यस्तै केही थियो त्यसमा | उहाँको लेखनीसँग मलाई परिचित गराउने त्यो लेखले कालान्तरमा ‘बाबुरामले भने- ख्यालख्यालमै बिग्रिएँ’ मा पुगेर त्रासद अन्त्य बेहोर्यो |  हिमाल खबरपत्रिकामा स्तम्भ कोर्ने उहाँ फुटबल रुचाउनुहुन्न सायद, त्यसैले एकमहिने विश्वकप फुटबलको महाकुम्भभरि पुरै भूमिगत बस्नुभयो | ब्लगमा उहाँले नछोएको विषय सायदै केही होला ! टि.एल मा चाहे जे विषयमा बहस होस्, सबैका प्रिय उहाँ टुप्लुक्क आइपुग्नुहुन्छ आफ्नो ब्लगको लिंक लिएर | ‘एन्टीस्नेक भेनमको अभाव’ देखि ‘सेडाको भवन’ सम्मका हरेक विषय शब्दचित्रले छुनुभएको छ | भनिरहनु पर्दैन, विषय र शिल्प दुवै दृष्टिले उहाँका ती ब्लग अब्बल दर्जाका छन् |

‘मृदुभाषी ट्वीटे’ लाई राख्ने कुनै सिंहासन छ भने त्यो सिंहासनको एकमात्र हकदार ट्वीटे हो- शब्दचित्र ! प्रत्येक ट्वीटपिच्छे स्वर्गीय इन्द्र लोहनीको सम्झना ताजा गराइदिने उहाँको जय होस् ! 

यो टाइपमा पर्नुहुने अन्य ५ ट्वीटेहरु :

नारायण अमृत, 
बुद्धिसागर, 
रामापिथेकस, 
सबीता थापा, 
प्रमोद न्यौपाने 

५. लेन्दाइ टाइप :

    समसामयिक सवाललाई हाँस्य र व्यंग्यरसको लेपन लगाएर रिट्वीटका रिट्वीट कमाउन लेन्दाइजत्ति कसले जानेको होला र ? एउटा भद्रगोल देशमा जतिपनि पाइने ‘चार अ’- अभाव, असुरक्षा, अन्यौल र अनिश्चितता –लाई मिलाएर तीर हान्न खप्पिस भएकै कारण त लेन्दाइले पनि भ्लादमीर लेनिनले झैं सत्ताकब्जा गरेर बस्नुभएको छ- ट्वीटर र फेसबुक सत्ता ! नामले त उहाँ सदाबाहर वामपन्थी हो, तर लेन्दाइको तीर सबैभन्दा बढी कसैतिर सोझिएको छ भने त्यो पनि वामपन्थी नै हो ! आफ्नो ब्लगलाई ‘मकै’ जस्तो सुपरहिट कथा दिएका लेन्दाइले ट्वीटर हल्लाइदिने गरी दिएको सबैभन्दा कालजयी ट्वीट चाँहि सम्भवत: यही नै होला- “नेपालमा एउटा होइन, हजारौं अर्बपति छन्, जो हरेक दिन पेटको राँको बोकेर कतार एयरवेज चढ्छन् र वर्षभरि अरबको तातो ओछ्यानमा सुत्छन् ” | काठमाडौंका घरबेटी र त्यहाँका डेरावाल उहाँका ट्वीटका ‘रिकरिङ थिम’ हुन् | विजय गच्छदार उपप्रधानमन्त्री छउन्जेल उनले कति लेन्दाइ-क्षेप्यास्त्र खाएहोलान्, कुनै हिसाबकिताब छैन | ‘फर्स्ट लभ’ नामको संग्रहमा आफ्नो ‘लभस्टोरी’ छरछिट्यान पार्नुभएका उहाँले लेख्न बाँकी अब त्यही उपन्यास हो, जुन अबका केही महिना वा वर्षमा नआए अचम्म मान्नुपर्ला ! 

उहाँलाई चाँहि कुन पदवी बाँड्ने होला ? धत्, ‘लेन्दाइ’ जत्तिको अपनत्व गाँसिएको पनि अर्को कुनै पदवी छ र ?


यो टाइपमा पर्नुहुने अन्य पाँच ट्वीटेहरु :

शिवानी सिंह थारु, 
रक्स पोखरेल (रक्स, वी मिस यु, कम ब्याक सुन् ), 
दीपक भट्टराई, 
भंगेरो, 
दीपक सर   
                                                                                       
                                             
(स्पष्टीकरण: माथि उल्लेखित कुनै टाइपसँग पनि मेरो व्यक्तिगत देखभेट भएको छैन, कम्तीमा अहिलेसम्म )

Read More

Jul 27, 2014

मोदी-आगमन र प्रश्नैप्रश्नका पन्तुरो

                
(First published in Mysansar ) 

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण अनि त्यसलगत्तै हुन लागेको भारतीय प्रधानमन्त्रीको भ्रमण- ब्याक-टु-ब्याक हुने यी ‘हाईप्रोफाइल’ भ्रमणले नेपाल-भारत सम्बन्धका अनेक आयाममध्येको एक जलस्रोत सम्बन्धलाई पनि बहसको सतहमा ल्याइदिएको छ | बहसको उठान भारतले प्रस्ताव गरेको ‘नेपाल-भारत विद्युत व्यापार सम्झौता’ (पी.टी.ए) लाई उर्जामन्त्रीले लुकाउँदालुकाउँदै पनि नेपाली मिडियामा चुहिएपछि भएको थियो | ‘नेपालका जलविद्युत योजनाहरुको विकासमा शतप्रतिशत भारतीय लगानी वा भारतीय लगानीकर्तासँगको संयुक्त लगानी रहने’ उक्त भारतीय प्रस्तावले फेरि एकपटक नेपालीहरुलाई झस्काइदिएको छ | विगतमा भारतसँग जति पनि नदीनालाका सन्धि-सम्झौताहरु भए, नेपालीहरुको मनमा लागेको छ- ती पुरै एकपक्षीय भए | मतलब भारतपक्षीय भए | कोशी, गण्डकी र टनकपुर आजपर्यन्त नेपालीका मनमा बिझिराखेकै छ | भैंसालोटन, खुर्दलोटन र लक्ष्मणपुर बाँध पनि भारतीय बलमिच्याइँको साक्षीका रुपमा उभिइरहेका छन् | हो, महाशक्तिका रुपमा उदाउने महत्वाकांक्षा राखेको भारत एक विशाल भूखण्ड भएको देश हो र छिमेकमा आफ्नो प्रभुत्व जमाउन उसले राम्ररी जानेको छ | तर प्रश्न यो हो- जहिलेसुकै आफ्नो दादागिरी मात्रै लादेर नेपालमा ‘उग्रराष्ट्रवाद’ अर्थात् भारतविरोधी भावनालाई मलजल पुर्याइरहनु उसको आफ्नै स्वार्थका लागि पनि कत्तिको बुद्धिमत्ता हो ? आफ्नो दीर्घकालीन हित हेर्ने हो भने उसले आफ्नो हृदय फराकिलो पारेर आपसी सम्बन्धमा रहेको तिक्ततालाई मेट्नैपर्छ | त्यसैले प्रश्न यो हो कि- छिमेकलाई प्राथमिकतामा राखेको ठानिएको मोदी सरकार नेपालप्रति अलिकति उदारमना हुन सक्ला कि नसक्ला, ‘उदार चरितानामं तु वसुधैव कुटुम्बकम्’ मोदीको मूलमन्त्र बन्न सक्ला कि नसक्ला ? मोदीको आगमनसँगै सायद यस्ता प्रश्नहरुको उत्तर मिल्दै जानेछ | भलै भारतको उक्त प्रस्तावले संशय चाहिं उब्जाइसकेको छ कि- मोदीको उदयका बाबजुद पनि चीजहरुमा कुनै तात्विक फेरबदल नहुने पो हो कि |

हाम्रो नीति चाँहि के ?
अर्कोतर्फ, हाम्रो आफ्नै ‘भारत-नीति’ चाहिं के हो, संयोगले त्यो कतै बनेको रहेछ भने बनाउनेलाई चाँहि पक्कै थाहा होला | सत्तामा रहँदा गुलामी र दलाली गर्ने अनि सडकमा पछारिनेबित्तिकै उसैलाई नानाथरी गाली गर्ने- हामीले बुझेको हाम्रो भारत-नीति त यत्ति न हो | जब उताबाट कुनै ‘हाइप्रोफाइल भ्रमण’ हुन्छ (चाहे त्यो दश वर्षमा एकपल्ट नै किन नहोस्), द्वीपक्षीय कुराकानीका दौरान हामीले उठाउने एजेण्डाहरु के के हुन्, हाम्रा प्राथमिकताहरु के हुन्, हामीलाई कुनै भेउ हुँदैन | तँछाडमछाड गर्दै भेट्न होटेलहरुमा जाने हाम्रा नेताहरु आफ्ना तुच्छ व्यक्तिगत स्वार्थका कुरा, वा बढीमा आफ्नो पार्टीगत स्वार्थका कुरा राखेर फर्किन्छन् भन्ने एकथरिको दाबीमा दम नभएको होइन | त्यत्रो महत्वको मुलुकसँग कसरी ‘डिल’ गर्ने भन्नेमा कुनै वृहत राजनैतिक सहमति छैन हामीकहाँ, कत्रो लाजमर्दो कुरा !
नेपाललाई आर्थिक रुपले भारत-आश्रित बनाउने अनि यहाँको राजनैतिक मामिलामा पनि ‘माइक्रो-म्यानेज’ गरिरहने उसको पूर्ववत् नीतिमा बदलाव ल्याउन नेपाली पक्षको झनै महत्वपूर्ण भूमिका हुन्छ | तर उनीहरुका अगाडि पर्नेबित्तिकै ‘निउरीमुन्टी न’ हुने हाम्रा नेताहरु त्यो भूमिका निभाउन समर्थ होलान् भनेर विश्वास गर्ने अलिकति पनि ठाउँ छैन | कम्तीमा अहिले कृष्णप्रसाद भट्टराईजस्तो नेता (जसले भारतकै भूमिमा उभिएर चिनियाँ हतियार भारतको भन्दा ५ गुणा सस्तो भएकाले किनेको अडान राखे) भएको भए चाहिं त्यो आश गर्ने ठाउँ रहन्थ्यो |

विद्युत किनबेच र सार्वभौमिकताको प्रश्न
हो, भनिरहनुपर्दैन कि यहाँको जलस्रोतको विकासको निम्ति र बजारको निम्ति मुख्य विकल्प भारत नै हो | आखिर, खेर गइरहेको जलस्रोतलाई पुँजीकृत गर्नुपर्छ भन्नेमा कसको आपत्ति छ र ? आर्थिक विकासको हाम्रो कछुवा गतिलाई अलिकति भएपनि दौडाउन हामीसँग भएको एउटै मुख्य स्रोत यही त हो | लोडसेडिङको अन्धकारमा बानी परेका हामीलाई यस्ता कुरा हावा लाग्लान्, तर जलस्रोतको उपयोग गर्ने र विद्युत निर्यात गरी डरलाग्दो व्यापार असन्तुलन सुधार्ने नै हाम्रो राष्ट्रिय मिसन हुनुपर्छ | त्यसैले ऊसँग ‘विद्युत व्यापार सम्झौता’ गर्नुपर्नेमा दुइमत हुनै सक्दैन | तर त्यो स्रोतमा निर्णायक प्रभुत्व कसको रहने ? सम्झौतामा हाम्रो राष्ट्रिय हितको ख्याल राख्नुपर्ने कि नपर्ने ? यी संगीन प्रश्नलाई पनि त्यसै बेवास्ता गर्न मिल्दैन | नेपाली कांग्रेसका लक्ष्मण घिमिरेले ‘देशकै अपमान’ भनेको उक्त प्रस्तावित सम्झौतालाई हप्तौंसम्म गोप्य राख्ने उर्जामन्त्री राधा ज्ञवालीको चर्तिकलाले पर्दापछाडि कुनै राष्ट्रघाती खेल त खेलिंदैछैन भन्ने प्रश्न स्वाभाविक रुपले उब्जिएको छ | दुवै देशका ‘लेजिटिमेट इन्ट्रेस्ट’ हरुलाई केन्द्रमा राखेर मात्रै सम्झौता दीर्घकालीन बन्न सक्छ, एउटाको मात्रै हात माथि पर्नेगरी गरिने सम्झौता विग्रहको बीउ हो |

मोदी-आगमन
सत्ताको हनिमुन मनाइनसक्दै यही साउन १८ गते प्रधानमन्त्री नरेन्द्र मोदी काठमाण्डौ आउँदैछन् | राजनीतिक नेतृत्वसँग सम्बन्ध पुनस्थापित गर्ने यो अवसरलाई हाम्रो नेतृत्वले कसरी उपयोग गर्ला- मानिसहरु मिहिन ढंगले अवलोकन गर्दैछन् | त्यहाँको कर्मचारीतन्त्रको वृतमा सीमित हाम्रो सम्बन्ध र पहुँचलाई अब सिधा राजनीतिक तहसम्म विस्तारित गर्न यो भ्रमण कोशेढुंगा हुने अपेक्षा धेरैको छ | त्यसबाहेक, १९५० को असमान शान्ति तथा मैत्री सन्धि खारेजी या पुनरावलोकनको कुरा फेरि ब्युँतेला ? कि यसको उच्चारणसम्म नहोला ? कि सुस्त स्वरमा उच्चारण गरेजस्तो गर्दै बिरालो बाँधेर श्राद्ध गर्ने कर्मकाण्डमा सीमित पारिएला ? अनि ९८ प्रतिशत सीमा समस्या सकिएको गुड्डी हाँक्ने ऊसँग सुस्ता र कालापानी मात्रै होइन अतिक्रमित अरु थुप्रै भूभागबारे नेपाली पक्ष जमेर प्रस्तुत होला ? सीमाका एसएसबी जवानले नेपालीमाथि गर्ने ज्यादतीको विषय भेटवार्तामा दह्रो गरी उठ्ला कि नउठ्ला ? समग्रमा नेपाल-भारत सम्बन्धले नयाँ दिशा लेला कि नलेला ? प्रश्नैप्रश्नका पन्तुरो बोकेकाहरु व्यग्र छन् उत्तर थाहा पाउनका लागि |


Read More

Jul 6, 2014

The Tragic Tales Of Birth In Nepal


The first time I witnessed any child birth was 3 years ago. And that in my capacity as a med-student in my teaching hospital well equipped with the maternity services. Despite the optimum care, you smell anything wrong; and then emergency C-section is ready to come as your saviour! The same hospital taught me in later days: high maternal and perinatal mortality and morbidity are the burning obstetric problems grappling the developing nation like ours. But sitting in my cozy hostel room in Bhairahawa where facilities are just a stone’s throw away, I had failed to visualize the enormousness of that problem. Unless you see things with your own eyes, someone living in the ivory tower can’t be expected to grasp things fully just by simply reading or hearing it.

The day before, I watched Subina Shrestha's short documentary ‘Birth in Nepal’ and it is against this backdrop that I am writing this piece. Herself 5 months pregnant while filming it, this Al Jazeera journalist cum filmmaker sets out to Achham, one of our remotest corners and tracks some women in labor there to explore what it is like to give birth in this part of the country. In the opening scene, Subina herself has her routine ultrasonography (USG) done in one of the private hospitals in Kathmandu. In fact, she has an engaging presence throughout the docu.  And off she sets for her journey, once confirmed that everything inside her is alright. The scenes that follow are upsetting for many reasons. 




Routine USG during pregnancy to detect any complications at the earliest is but a distant dream for Achhamis. The facilities which Subina enjoys in the capital are the prerogatives of the rich. It then hardly needs reminding that what this documentary subsequently presents is more a reflection of ‘social disadvantage’ than ‘health disadvantage’.

Maternal or fetal death in the process of delivery is a tragedy for every individual woman and her society. Achham remains on the brink of this tragedy every single second. But since this tragedy is not an exception but the norm for its people, it is always in a mood to readily endure it. I don’t know how many of these people know that this tragedy is preventable. But many of them have already resigned to their fate. Yes, institutional delivery is encouraged with incentives, but the moment you see the state of road and vehicular facilities, you understand why most of them don’t make it to the health centres. Basanti Sarki and similar other Basantis thus give birth to their children in the absolutely hazardous conditions of their home.  Add to this lone battle- 18 hours a day work, lack of nutritious diet and no care at all during pregnancy and you get the perfect recipes for a disaster. Not to mention the locale’s mindset that filming Basanti will destroy her home. This docu’s 31 year old Basanti, who has already 5 children, luckily survives the ordeal and so does her new-born daughter. But to be brutally frank, this newborn has her destiny already predetermined. The same cycle is going to repeat itself if these same conditions continue to prevail. Because that crucial ‘EDUCATION’ factor is missing from the scene.

The tale becomes even more horrifying when their darlings who had gone to India in search of bread and butter return; for they don’t return empty-handed, they bring with them a deadly virus and transmit it to their wives. The resulting menace of HIV/AIDS has compounded the problem manifold. Forget about family planning, parenthood, adolescent health and so and so stuffs; we have not been able to even save our mothers, instead have conveniently left them to their fate.

But not everything is gloomy indeed. I have read reports on how our maternal health statistics have improved and how Nepal’s success story in maternal health has become an international best-seller. I have read on internet about Nyaya health’s laudable jobs in the Far-Western hinterlands.  So things have certainly changed for the better in the aftermath of this docu. However, despite these good news, what keep me from celebration are the stories of several other Basantis who are not as fortunate as the one in this docu. After all, even if those pregnant mothers manage to make their way to hospitals combating all the odds, what they find is ‘no doctors’ and ‘no facilities’ to deal with complications.


Achham’s story has now got all that publicity it deserved. There is nothing more to talk about. Now is the time to act. It’s time to ensure a safer delivery by getting everything that it takes to birth in hospitals fixed. Or is it really too much to even ask for 24 hours birthing centres in every PHCs ?
Read More

May 31, 2014

भगवानसँग एउटा स्काइप-वार्ता



पशुपतिनाथबारेको समाचारले गिदी रन्थन्याएपछि शंकर भोलेजीसँग केही अन्तरंग कुराकानी नगरी नहुने निष्कर्षमा पुगियो | ल्याप्पी खोलीवरी स्काइप थिचियो र सदाबहार अनलाइन नै देखिने शंकरजीसँग अघाउन्जी बात मारियो | उही आफ्नो ट्रेडमार्क आउटफिटमा सजिएका यी देउताका पनि देउता मुडमा थिए, र नै त सम्भव भयो हाम्रो हार्ट-टु-हार्ट टक !
Excerpts:
सामुन्नेको ग्लोब हातले फनफनी घुमाउँदै
भोलेजी : अँ, तिमी कैलाश पर्वततिरको बालक पर्यौ क्यार..सुनाउ के छ ?

: सुनाउन पनि उदेक लाग्छ परमपिता परमात्मा शंकरजी, तर नसुनाइ पनि भएन | हुन त तपाईंजस्तो Tech-savvy creature पक्कै पनि अपडेटेड नै हुनुहुन्छ होला |

भोलेजी: जे भन्नुछ सिधासिधा भन् बालक | मलाई लोलोपोतो घसेर बाह्र-सत्ताइस कुरा गरेको मन पर्दैन |
(मुडमा छन् भनेको त रौद्र-रुप धारण गर्लान् झैँ पो भो बा, मनमा डर पस्यो | तैपनि बेलिविस्तार लगाएँ )

: चुक्ली लाएको नठान्नुहोला प्रभो, तर आराध्यदेव श्री पशुपतिनाथमा पूजारीहरुले अचाक्ली गरे | यो देशाँ कसैको नभाको अढाई-तीन लाख तलब थाप्ने उनै भट्टहरु, अब भएन भनेर विशेष पूजामा पूजाआजा गरेवाफत २५% कमिशन पनि चाहियो रे ! नदिँदासम्म हड्ताल ! विशेष पूजाजति जम्मै बन्द, प्रभो | पूजारी भैकन उनीहरु धर्म गरिरहेछन् कि पाप ? मेरो सोच्ने-बिचार्ने मेसिनले बुझ्न सकेन प्रभो, तपाईंले बुझाइदिनुभए म धन्य हुन्थें |

भोलेजी: यार, हड्ताल टुंगिसक्यो, समस्या सुल्टिसक्यो भन्थ्यो त मेरो कैलाशको राजदूतले ! कि फेरि अर्को बबाल सुरु भयो ?

: अब मूल भट्टले १० लाख महिनावारी पाउने भएपछि त जतिसुकै उल्टो कुरो पनि सुल्टीहाल्छ नि प्रभो ! डाक्टरले समेत जेनतेन ३०-३५ हजार पाउने देशमा एउटा पुजारीको आय १० लाख !

भोलेजी: बालक, भो छाडिदेउ! मोराहरु आफैंले आफैलाई शिवजी ठाने हुनन् ! अहिले चलिरहेको socio-political discourse तिर पनि तिम्रो अलिकति ध्यान गएको छ भने, थाहा पाएकै हौला, नेपाली समाजको चरित्र बदलिएको छ र यो पूंजीवादतिर छिरिसक्यो रे !
              जब पूरा समाजै पूंजीवादी बनिसक्यो भने त्यसकै अभिन्न अंगका रुपमा रहेको श्री पशुपतिनाथ त्यसबाट अछुतो रहने कुरा पनि भएन | अध्यात्मवादबाट पुँजीवादतर्फको यो संक्रमणमा यस्ता छिटपुट घटनाहरु घट्छन्, who cares !  फेरि पूजा र पुँजीको सम्बन्ध भनेको तिमीले स्कूलमा पढेको नङ र मासुको सम्बन्धझैँ हो के लाटा !  त्यो अर्कै कुरा हो कि, पशुपतिनाथले आर्जेको त्यत्रो पुँजी भएर पनि पशुपति स्वयम् चैं भिखमंगा नै छ, शंकर आफैं पनि मगन्ते छ |
              तर बालक, स्कूलमा तिमीले पौड्यालबाजेको कविता पनि पढ्यौ होला:
                     बडाले जो गर्यो काम हुन्छ त्यो सर्वसम्मत
                     छैन शंकरको नङ्गा मगन्ते भेष निन्दित |

: त्यो होइन त कसले भनेको छ र शंकरजी ! तर, पशुपतिका नाममा भैराखेको यो ब्रह्मलुट टुलुटुलु हेर्न नसकेर मात्रै !
     थाहा छ तपाईंलाई, गएको वर्ष मात्रै पशुपतिले कति आम्दानी गर्यो ?

भोलेजी: त्यस्तै चानचुन गरेर ३२ करोड सम्थिंग, एम आइ राइट, जर्नलिस्ट ?

 (छेवैको पत्रिका कटिंगसँग भेरिफाई गर्दै): आइ एम एन्भियस अफ योर जी.के, मिस्टर गड अफ द गड्स !

भोलेजी: तर पशुपतिले आम्दानी गर्यो भनेर के को डंका पिट्नु यार, पशुपति त निरन्तर उँधो लागिरहेछ | पैसा जति जम्मै भट्ट र भण्डारीहरुले ममका डल्ला निलेझै क्वाप्लाक्कै निल्दिन्छन् |

म: क्वाप्लाक्कै निल्न पनि कति सकेका  प्रभो, के  त्यहाँका बहुमूल्य रत्न, जवाहरात, मणिमाणिक्य पनि त्यसैगरी क्वाप्लाक्कै निलिएहोलान् त गाँठे ?

भोलेजी: भगवान हुँ बालक, Mr. Know-All होइन ! यो थाहा पाउने काम तिमीजस्ता Investigative Journalists को हो !

म: प्रभो, भट्टहरु तपाईंले भने त मान्थे होलान् ! यसरी पशुपतिको ढुकुटीमा र्याल नकाढ़ भनेर सम्झाउनु पर्यो यार !

भोलेजी: हेर् भाइ, ती भट्टहरु न मेरा आमापट्टिका, न बापट्टिका ! न तिनीहरुसित मेरो कुनै अफिसियल सम्बन्ध नै छ | बरु राँगो ब्याउला, तर दैवले सम्झाएर कलियुगका मनुष्यहरु सप्रिदैनन्, बुझिस् ?

म: बुझें प्रभो !

भोलेजी: उसोभए सुन | मिडियासँग असीमित शक्ति हुन्छ | यो शक्ति पशुपतिको ढुकुटी के कति छ, यसको आम्दानी कति हुन्छ, सबै आर्थिक हिसाबकिताब पारदर्शी बनाउन उपयोग गर त, क्या दाम्मी हुन्छ ! जम्मा भएको पैसाले पशुपति क्षेत्रको सर्वांगीण विकास गर्नसके, त्यसलाई सफा-सुग्घर राख्नसके अनि पर्यटकका निम्ति सेवा-सुविधाहरु थप्ने काम हुनसके कति जाती हुँदो हो यार् ! 'पशुपतिनाथले रक्षा गरुन्' भनेर तिमेरुले युगौंदेखि प्रार्थाना गर्दैआएका छौ, अब पशुपतिले 'मेरो रक्षा गर' भनेर गुहार्दैछे | यो आर्तनाद सुनिदेउ जर्नलिस्ट ! ल जर्नलिस्ट ! हुन्न भने हुन्न भन क्यारे जर्नलिस्ट !

: म जाबोले शंकरजीको कुरामा हुन्न भन्ने ! यस्तो पनि कहीं होला प्रभो ?
     बरु एउटा कुरा नि प्रभो | यो नेपालको मन्दिरमा भारतको भट्ट किन राख्नुपर्या होला ? यहाँकाको qualification नपुगेर हो कि ?

भोलेजी: तेरै लंठू नेताहरुलाई सोध यो प्रश्न त ! थाहा पाइनस्, प्रचण्डको पालामा त्यसलाई हटाएर नेपालीलाई राख्नखोज्दा क्या लफडा भयो !
 तेरो southern neighbour सँग धेरै निहुँ खोज्ने काम नगरेस् जर्नलिस्ट ! तेरो के.टि.एम  र के.टि.म का                पावर-हंग्री शासकहरु दक्षिणको ब्लेसिंगबिना टिक्न सक्दैनन्, बुझिराखेस् !

यत्तिकैमा ल्याप्पी बन्द, लोडसेडिङको नियमित आकस्मिकता ! 'बाइ, सी यु अगेन् ' पनि भन्न नपाई शंकरजीसंगको अन्तरंग वार्ता भंग भएकोमा थकथकी लागिरह्यो !



   

         
    
Read More

Jan 22, 2014

Entrenched Mafia and KC Sir's Crusade


Finally, unable to make the revered Govinda KC sir to budge an inch, the tainted TU officials had to sack their fellow-tainted Dean Dr. Shashi Sharma. Upon hearing this, many heaved a sigh of relief feeling that finally justice prevailed and KC sir saved as well. But let's be clear, this has come merely as a desperate move intended to calm the public fury for the time being, plus as a well-calculated one. Else, why did Dr. Sharma not resign voluntarily after the TU chancellor himself ordered to revoke the appointment? Why did the TU Executive Council not convince its appointee to tender resignation instead of expelling? Well, the answer lies in its ulterior motive: to leave enough space for the sacked Dean to get reinstated by the court and thus reverse the gains of KC sir's crusade. Hence it's clear, until the former Dean is brought back, the determined medical fraternity is not going to back down.

Source: South Asia and Beyond
In the meantime, the public needs to understand that this crusade is precisely for them in the long run. Blatant political interference in IOM by placing their puppets in its top positions thereby allowing to operate the 'mafia-politician' nexus with impunity had almost cleared the road for mushrooming of medical colleges in the capital and its outskirts. What's wrong with this, one may ask. Much has been already exposed to the public about how these mafia-operated unregulated or dysregulated colleges and their products are going to literally kill patients in the future with their zero skills and expertise. 6 years into these colleges and then you get that much-touted title of Dr.!  But take it- whether this title will save you or in the process of saving kill you, is largely determined by the type of academic environment he enjoyed in his institute. The entrance and selection criteria of its students is no less important. And you can very well imagine the quality of academic environment and the selection criteria in these colleges whose only motive is to make fast money. Their products will be in a similar drive to recover their millions they invested. So while on the one hand, doctors produced will be of very low-grade in their skills and knowledge; on the other,whatsoever little attributes of a doctor they possess will be negated by the lure to make fast bucks in order to earn back the huge amount they invested during their 'becoming of a doctor'. In the process, public health be damned!

The undergraduate medical education is only part of the story. Postgraduate education too has suffered in the hands of this criminal nexus as the right to run PG and superspecialisation programmes are also being granted haphazardly to the same mafioso. After all, it's the money, stupid! Who cares its ramifications? Not even the medical fraternity. It was only after KC sir started his fast-unto-death that the medicos nationwide became vocal and agitated. And now, once we have come this far, it's unwise to leave it half-way, that too when chances of easy reversal of the gains are imminent.

It has long been understood that the TU officials, who enjoy widespread support from their political masters, feel secured and insured no matter what. They are not easily giving up, because giving up is tantamount to closure of their lucrative business. They are not bothered at all with the quality of education such colleges will impart. The only thing that concerns them is the money. So this is the time not to backtrack, but to take the protests to newer heights. We have no other options left to bring these TU crooks to book. The towering moral force we have with us in the form of Dr. Govinda KC sir will surely lead us to victory.

Finally,
In case Dr. Sharma goes to the court (which is very likely), there is very little chance that our judges won't disappoint us. Call it an unsolicited advice, but situations should sometimes be judged by reading the spirit and not the letters of law. Else, how can the Janaandolan of 2062/063 prove its legality? To which clauses of our law can its products viz. republicanism and secularism conform? None, but it was the Janaandolan so no questions were entertained. In the same vein, the current 'medical-aandolan' is the equivalent to its political counterpart of 2062-063. While the latter's mandate was abolition of monarchy, the current aandolan has it in the form of abolition of 'mafiyatantra' that is at the helm of medical education in Nepal today. The judiciary would do well to understand the gravity of this situation and act judiciously to diffuse the situation (which is of course very unlikely).  
Read More

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong