‘सोसल नेटवर्क’ को जालोभित्र मेरो जीवन जेलिनु र ‘द सोसल नेटवर्क’ नामको फिल्म रिलिज हुनु संयोगले एकै समयमा भएको थियो | ट्वीटरभन्दा फेसबुक कति हो कति गुणा लोकप्रिय रहेको त्यो बेला मैले पनि फेसबुकबाटै ‘सोसल नेटवर्किङ’ थालेको थिएँ | तर पत्रपत्रिकाका समाचारमा ‘फलानो सेलिब्रेटीले यो ट्वीट गर्यो, ढिस्कानो सेलिब्रिटीले त्यो ट्वीट गर्यो, यो हिरोका यति फलोवर, त्यो हिरोइनका त्यति फलोवर’ जस्ता इतिवृतान्त पढिसकेपछि मन थाम्न सकिएन | अनि उसै त फेसबुकमा लत लागेर खेर गइरहेको समय, त्यसमाथि अरु समय खेर फाल्न अर्को नेटवर्कभित्र छिरियो- ट्वीटर ! छिर्न त छिरियो, तर मेसो पाउन नसकेर कहाँको अनकन्टार ओडारभित्र छिरिएछ जस्तो लाग्न थाल्यो | अलिक दिनपछि ‘ए टु जेड’ सम्मै नजानेपनि ‘ए-बी-सी-डी’ सम्म चाँहि छिचोलियो ! तर कहिले के, कहिले के, त्यति मन बसेन | निसास लाग्यो, र फेरि चैनको सास फेर्न फेसबुककै होलटाइमर बन्न फर्किएँ पुरानै चिरपरिचित नेटवर्कमा | पछिल्लो एक वर्ष चाँहि मन फर्कियो अनि फेसबुकजत्तिकै समय ट्वीटरमा पनि फालियो र ‘१४० क्यारेक्टर’ को आन्द्राभुँडी नजिकबाट नियाल्न पाइयो | खासमा मेरो २०७० को नयाँवर्ष ‘रिजोलुसन’ नै फेसबुकको आधा समय ट्वीटरमा बाँडफाँड गर्ने भन्ने थियो | यही मेसोमा टाइपटाइपका नेपाली ‘ट्वीपल्स’ हरुको वर्गीकरण गरी हेरुँ भन्ने लाग्यो र यो लेठोमा लागेँ !
[पुनश्च: यो कुनै ‘वैज्ञानिक रिसर्च’ गरेर पत्ता लगाएको चीज होइन, बस् एकवर्षे ट्वीटर अनुभवका क्रममा देखेको कुरा जस्ताको तस्तै उतारेको हो ]
१. सञ्जीव सर टाइप :
बायोमै ‘I like to cook things for बुद्धिविलास’ लेखेर बुद्धिजीवीको छनक दिनुभएका सञ्जीव सरलाई डिपी हेरेरै खुङकार ‘थिंकट्यांक’ मान्ने धेरै छन् | सप्ताहन्तमा ‘फ्राइडे रिलिज’ पर्खेर बस्ने नयाँजोडीझैँ उत्कट उत्सुकता राखेर पर्खिन्छन् ट्वीटेगण ‘ट्रेन्डिङ टपिक’ मा उहाँको विचार जान्न | विरोधी विचारसित पनि खुलेर अन्तर्क्रिया गर्ने ५४०० भन्दा बढी फलोवरका धनी सञ्जीव सर पनि के कम, चोटिला टिप्पणी लिएर आइपुग्नुहुन्छ उत्नीखेरै | अझ त्यो विषयमा टि.एल मा बहस चर्किरहेको हुनुपर्छ- तब बुझे हुन्छ, ‘सञ्जीवको ब्लग’ले आज नयाँ इन्ट्री पायो | सुपर-डुपर हिट हुनेमा त शंकै छैन | ‘फरक मत’ राख्नमा भने उहाँका विचार-दृष्टिकोण माहिर छन् | उदाहरणका लागि धेरै पर पनि नजाउँ- भर्खरै ट्वीटेगणको एउटा ठूलो हिस्साले पशुपति शर्माको गीतमा दशहात उफ्रंदै ‘छुवाछुत अन्त्यको लागि यो गीत कोशेढुंगा सावित हुनसक्छ’ भन्यो | उहाँले ट्वीट गर्दै र ‘किन बिर्सने जातपातका कुरा ?’ शीर्षकमा ब्लग लेख्दै भन्नुभयो- “ जातपातका कुरा नगरौं, हामी सबै नेपाली हौँ, जातपात कलहको बीउ हो आदि तर्क दिएर उच्च जातका शहरीयाहरू जातपातका कुरामा विशेष वितृष्णा राख्छन् | यो भावना इमान्दार होला तर सतही र घातक छ |” चलनचल्तीका सोच-विचारलाई उहाँ आँखा चिम्लेर सकार्नुहुन्न भन्ने अर्को दशी हो- माघ १६ को उहाँको ब्लग ‘सहिद दिवसमा भ्रमको चिरफार’ | ‘नागरिक’ पत्रिकामा उहाँका लेख नियमितजसो आउँछन्, जुन धेरै ‘शेयर’ हुनेमध्येमा पर्छन् | एकाधचोटि ‘द काठमाण्डौ पोष्ट’ र ‘कान्तिपुर’मा पनि स्वाद लिइएको थियो उहाँको लेखाइको | तर्कशीलताका बेजोड नमुना हुन् उहाँका ट्वीट र ब्लगरुपी लेखाइहरु भन्नेमा अब पनि कसैलाई शंका छ र ?
समाज र संस्कृतिबारे गर्ने गम्भीर ट्वीटले मात्रै उहाँको ट्वीटर व्यक्तित्व पुरै प्रष्टिदैन | बेलाबेला ‘टुँडिखेलमा चिया पकाउने’ जस्ता हल्काफुल्का विषय पनि उठाउनुहुन्छ, तर हल्का होस् वा गह्रौं, उहाँका ट्वीटमा निहित गुरुत्वाकर्षणमा भने रत्ति फरक पर्ने होइन | यत्ति चाँहि ‘स्योर’ भए हुन्छ- खुबै सुनिने ‘वरिष्ठ ट्वीटे संघ’ यदि कतै रहेछ भने त्यसको निर्विरोध अध्यक्ष पद उहाँले जिप्ट्याउन कुनै कसरतै गर्नुपर्दैन !
यो टाइपमा पर्नुहुने अन्य ५ ट्वीटेहरु :
केदार शर्मा,
विनीता गुरुङ,
अर्पण श्रेष्ठ,
रुबिना महतो,
चारु गजुरेल
२. मान्ठाहजुर टाइप :
ट्वीटर छिरेपछि सबैभन्दा पहिला मलाई कसैले प्रभाव पारेको थियो भने त्यो थियो- मान्ठा ! नामै गजब ! मध्यपश्चिम र सुदूरपश्चिममा आफ्नो बाल्यकाल गुजारेकाले होला, यस्ता शब्द मलाई मीठो लाग्छन्, आफ्नै लाग्छन् | उहाँका ट्वीटहरुमा छचल्किने ‘सेन्स अफ ह्युमर’ को फ्यान कुन ट्वीटे पो नहोला ? ‘सुभाष नेम्वाङ यस्ता शिक्षक हुन् जसको क्लासमा विद्यार्थीहरु सुत्न, हल्ला गर्न, लास्ट बेन्चमा बसेर दोहोरी गाउन र केटीलाई चकले हान्न पाउँछन्’- योभन्दा बढ्ता खिसिट्युरी अरु के हुन्छ ? बहुचर्चित बनेको यो ट्वीटलाई त कमल थापाले संसद्मै वाचन गरेर सुनाउन समेत भ्याए | व्यंग्यचेतले भरिपूर्ण उहाँका बौद्धिक खुराकहरु राजादेखि रंकसम्म सबैलाई उत्तिकै स्वादिला लाग्दा रै’छन्, प्रमाण बोल्यो !
डेढवर्ष जति पहिलेको एउटा रात सम्झन्छु- ‘कम्बाइन्ड स्टडी’ गर्ने भन्दै बसेको एकजना साथी र म उहाँको ट्वीट र रिप्लाई पढ्दै पेट मिचिमिची हाँस्दै र त्यसबारे गफ हान्दै पुरै ३ घण्टा बिताएका थियौं | नेपालगन्जमा छालारोग विशेषज्ञका रुपमा कार्यरत मान्ठाले आफ्नो ‘प्रोफेसनल लाइफ’ का दौरान धेरै समय मध्यपश्चिमका हिमाली भेगमा गुजारेकाले पनि होला, ट्वीटहरुमा त्यहींको आञ्चलिकता भरपुर मात्रामा झल्किन्छ | त्यहींका समस्या टकटकिन्छन् ट्वीट भएर | प्रतिक र विम्बको प्रशस्त खपत हुन्छ उहाँका ट्वीटहरुमा, अनि न प्रष्टिन्छन् चीजहरु | फेरि, डाक्टरका रुपमा उहाँको ज्ञान ‘मेडिकल साइन्स’ मा मात्रै सीमित छैन | धेरै विधामा जानकार देखिने उहाँको ज्ञानको दायरा फराकिलो छ | फाट्टफुट्ट ब्लग पनि लेखिहाल्ने उहाँको हात सामाजिक क्षेत्रमा पनि पुगेकै छ | केहीअघि सामाजिक संजालकै माध्यमबाट गएर केही थान कम्प्युटरको जोरजुलुम गर्नुभयो अनि गाउँको स्कुलमा बाँडिदिनुभयो | हुन त चिकित्सकका रुपमा दिने सेवाजत्तिको सेवा अर्को के होला र, त्यैपनि पेशागत घेराबाहिर गएर उहाँले दिएको सेवा पनि जोकोहीका लागि लोभलाग्दो छ | उहाँका उत्तम विचार र जंगी जाँगर सदैव सलामयोग्य छन् |
ट्वीटरमा उहाँको उपस्थितिले उहाँलाई फलिरहेका ३८०० भन्दा बढी ट्वीटेहरुका निम्ति यो ठाउँ सूचना र विचारको आदानप्रदानका साथसाथै हाँसो-ठट्टा र मनोरञ्जनको पनि गतिलो थलो भएको छ | ‘जिनियस् ट्वीटे पदक’ नामको जिनिस कतै रहेछ भने मान्ठाहजुरजत्तिको लायक त्यसका निम्ति अरु कोही छैन भन्नेमा म एकमत छु !
यो टाइपमा पर्नुहुने अन्य ५ ट्वीटेहरु :
बरुण कम्पनी,
बाबाजी,
कुलरिम्स,
घिम्रेकाका भन्नुन्च:,
काकाबा
३. प्रमोद भगत टाइप :
बढीजसो अंग्रेजीमा आउने उहाँका ट्वीटहरुमा निर्धा र निर्बलियाका दमित आवाजहरु जबर्जस्त रुपमा मुखरित हुन्छन् | मधेसी-जनजाति मुद्धामा उहाँको प्रखर लेखनी कतिपयका आँखामा कशिंगर भएर बिझाउने गर्छ | अध्ययनशील अनि तर्कशील ट्वीटेको छवि छ उहाँको | ‘द काठमाण्डौ पोष्ट’ मा लेख लेख्नुहुने भगत त्यहाँबाट आजकल भने गुप्तप्राय: हुनुहुन्छ | अभिजात वर्गलाई धुजाधुजा हुने गरी कडा प्रहार गर्दै ट्वीट्नु उहाँको ट्वीटरीय विशेषता हो | लागेको कुरा सिधै लेखिदिने हक्की स्वभावका उहाँको अन्य कतिपय ट्वीटेहरुसँग विचारको –र्याङठ्याङ नमिलेर हो कि किन हो, सानोतिनो ट्वीटर-युद्ध नै पर्नेगर्छ, जसको अवतरण हुन्छ ब्लाकाब्लक गरेर | अलिक झोंकी स्वभावका लाग्ने उहाँ अहिले पनि भोटेताल्चा झुण्ड्याएर आफ्ना ट्वीटहरुको रक्षार्थ सेन्ट्री बसिरहनुभएको अवस्था छ | बेलाबेला आक्रोशयुक्त र आक्रामक ट्वीटहरु गर्ने उहाँ ‘इन्टरनेट ट्रल्स’ का प्रमुख शिकारमध्येमा पर्नुहुन्छ | अन्तर्क्रियाका लागि उहाँको आफ्नै एउटा ‘सर्कल’ छ | मन्जुश्री थापा, प्रशान्त झा, अनिल भट्टराई, उज्ज्वल प्रसाई, राकेश मिश्र, मुकेश, विनोद आचार्य यो सर्कलका स्थायी सदस्यहरु हुनुहुन्छ | सीके लालका फ्यानहरु यहाँ जतिपनि छन्, तर उहाँजस्तो ‘डाइहार्ड’ फ्यान चाँहि विरलै होलान् | लालको स्तम्भ प्रकाशित हुने दिन बिहानै ३ बजे उहाँ त्यो स्तम्भ पढीभ्याएर ‘शेयर’ गरिसक्नुहुन्छ | सीके लालको फ्यान भन्नेबित्तिकै बुझे भो- उहाँ कनकमणि दीक्षित र युशाफ्टका कट्टर आलोचक हुनुहुन्छ | ‘बौद्धिक ट्वीटे’ को उपाधि हात पार्न उहाँले कुनै थप मेहनत नगरे हुन्छ !
यो टाइपमा पर्नुहुने अन्य ५ ट्वीटेहरु :
प्रशान्त झा,
उज्ज्वल प्रसाई,
हिमा राई,
अनिल भट्टराई,
राकेश मिश्र
४. शब्दचित्र टाइप :
छोटा वाक्यमा शब्दलाई खेलाउने शिल्प कसैले शब्दचित्रबाट सिकोस् ! आफ्नै ब्लगको नाम सापटी लिएर ट्वीटर चलाउने उहाँको भाषा अचम्मै सरल र मीठो छ ! मानवीय संवेदनालाई जीवन्तरुपमा पस्किन सक्ने र छुन सक्ने उहाँको बिछट्टै विलक्षण शैली छ | बाबुराम भट्टराई प्रधानमन्त्री नहुँदै उहाँले एउटा लेख लेख्नुभाको थियो- सपनामा आफूले बाबुराम प्रधानमन्त्री भएको देखेको अनि सबै देशवासी उमंगले फुरुङ्ग भएको- यस्तै केही थियो त्यसमा | उहाँको लेखनीसँग मलाई परिचित गराउने त्यो लेखले कालान्तरमा ‘बाबुरामले भने- ख्यालख्यालमै बिग्रिएँ’ मा पुगेर त्रासद अन्त्य बेहोर्यो | हिमाल खबरपत्रिकामा स्तम्भ कोर्ने उहाँ फुटबल रुचाउनुहुन्न सायद, त्यसैले एकमहिने विश्वकप फुटबलको महाकुम्भभरि पुरै भूमिगत बस्नुभयो | ब्लगमा उहाँले नछोएको विषय सायदै केही होला ! टि.एल मा चाहे जे विषयमा बहस होस्, सबैका प्रिय उहाँ टुप्लुक्क आइपुग्नुहुन्छ आफ्नो ब्लगको लिंक लिएर | ‘एन्टीस्नेक भेनमको अभाव’ देखि ‘सेडाको भवन’ सम्मका हरेक विषय शब्दचित्रले छुनुभएको छ | भनिरहनु पर्दैन, विषय र शिल्प दुवै दृष्टिले उहाँका ती ब्लग अब्बल दर्जाका छन् |
‘मृदुभाषी ट्वीटे’ लाई राख्ने कुनै सिंहासन छ भने त्यो सिंहासनको एकमात्र हकदार ट्वीटे हो- शब्दचित्र ! प्रत्येक ट्वीटपिच्छे स्वर्गीय इन्द्र लोहनीको सम्झना ताजा गराइदिने उहाँको जय होस् !
यो टाइपमा पर्नुहुने अन्य ५ ट्वीटेहरु :
नारायण अमृत,
बुद्धिसागर,
रामापिथेकस,
सबीता थापा,
प्रमोद न्यौपाने
५. लेन्दाइ टाइप :
समसामयिक सवाललाई हाँस्य र व्यंग्यरसको लेपन लगाएर रिट्वीटका रिट्वीट कमाउन लेन्दाइजत्ति कसले जानेको होला र ? एउटा भद्रगोल देशमा जतिपनि पाइने ‘चार अ’- अभाव, असुरक्षा, अन्यौल र अनिश्चितता –लाई मिलाएर तीर हान्न खप्पिस भएकै कारण त लेन्दाइले पनि भ्लादमीर लेनिनले झैं सत्ताकब्जा गरेर बस्नुभएको छ- ट्वीटर र फेसबुक सत्ता ! नामले त उहाँ सदाबाहर वामपन्थी हो, तर लेन्दाइको तीर सबैभन्दा बढी कसैतिर सोझिएको छ भने त्यो पनि वामपन्थी नै हो ! आफ्नो ब्लगलाई ‘मकै’ जस्तो सुपरहिट कथा दिएका लेन्दाइले ट्वीटर हल्लाइदिने गरी दिएको सबैभन्दा कालजयी ट्वीट चाँहि सम्भवत: यही नै होला- “नेपालमा एउटा होइन, हजारौं अर्बपति छन्, जो हरेक दिन पेटको राँको बोकेर कतार एयरवेज चढ्छन् र वर्षभरि अरबको तातो ओछ्यानमा सुत्छन् ” | काठमाडौंका घरबेटी र त्यहाँका डेरावाल उहाँका ट्वीटका ‘रिकरिङ थिम’ हुन् | विजय गच्छदार उपप्रधानमन्त्री छउन्जेल उनले कति लेन्दाइ-क्षेप्यास्त्र खाएहोलान्, कुनै हिसाबकिताब छैन | ‘फर्स्ट लभ’ नामको संग्रहमा आफ्नो ‘लभस्टोरी’ छरछिट्यान पार्नुभएका उहाँले लेख्न बाँकी अब त्यही उपन्यास हो, जुन अबका केही महिना वा वर्षमा नआए अचम्म मान्नुपर्ला !
उहाँलाई चाँहि कुन पदवी बाँड्ने होला ? धत्, ‘लेन्दाइ’ जत्तिको अपनत्व गाँसिएको पनि अर्को कुनै पदवी छ र ?
यो टाइपमा पर्नुहुने अन्य पाँच ट्वीटेहरु :
शिवानी सिंह थारु,
रक्स पोखरेल (रक्स, वी मिस यु, कम ब्याक सुन् ),
दीपक भट्टराई,
भंगेरो,
दीपक सर
(स्पष्टीकरण: माथि उल्लेखित कुनै टाइपसँग पनि मेरो व्यक्तिगत देखभेट भएको छैन, कम्तीमा अहिलेसम्म )